जेनजी आन्दोलन समिति संयोजकमा मिरज ढुंगाना, सरकारले मर्म अनुसार काम नगरेको भन्दै सर्वपक्षीय सरकारको योजना


काठमाडौं

जेनजी आन्दोलनलाई संस्थागत गर्न भन्दै विभिन्न ३० भन्दा बढी जेनजी समूहको संयुक्त बैठकले मिरज ढुङ्गानालाई संयोजक तोकेको छ ।
ललितपुरको झम्सिखेलमा बसेको बैठकमा १०० जना भन्दा बढी जेनजी र आन्दोलनमा सहभागी घाइते ,सहिद परिवार सहितको उपस्थिति थियो। बैठकले कार्यकारी समिति बिस्तारको लागि मिरज ढुगांना ,अजय सोडारी र सुनिल सिंहलाई जिम्मेवारी दिएको छ । यसैगरी सल्लाहकार संयोजकमा हरिश भट्ट चयन भएका छन् ।

वर्तमान सरकारले आन्दोलनको भावना अनुरूप काम नगरेको उनीहरूको आरोप छ । जेनजी आन्दोलन विरुद्धमा षडयन्त्र गर्न उद्धत भएकाले भन्दै उनीहरूले वर्तमान सरकार अपदस्थ गर्ने बताएका छन् ।

सर्वपक्षीय सहमति , सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन्संशोधनको निम्ति संयुक्त जेन्जि आन्दोलन समितिले भोलि दिउँसो १ बजे काठमाडौँको डिल्लीबजारस्थित भोजन गृहमा बृहत् पत्रकार सम्मेलन आयोजना समेत गरेको छ। सडकमा रहेका सबै जेनजी घाइते सहिद परिवार समेटेर लैजाने योजनाका साथ संयुक्त आन्दोलनका आगामी कार्यक्रमहरू सार्वजनिक गरिने उनीहरूले बताएका छन् ।

छुटाउनुभयो कि ?

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

३० पुस, काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित ...
कांग्रेसको आठ दशकमा तीन फुट : दुई विभाजनका मूल पात्र देउवा

कांग्रेसको आठ दशकमा तीन फुट : दुई विभाजनका मूल पात्र देउवा

३० पुस, काठमाडौं । झण्डै आठ दशक लामो इतिहास बोकेको दल नेपाली कांग्रेस तेस्रोपटक विभाजित भएको छ । नेतृत्वको कार्य शैलीका कार...
नेप्सेको पुनर्संरचना प्रतिवेदनसँग अर्थमन्त्री खनाल रुष्ट

नेप्सेको पुनर्संरचना प्रतिवेदनसँग अर्थमन्त्री खनाल रुष्ट

नेप्सेको पुनर्संरचना प्रतिवेदनसँग अर्थमन्त्री रुष्टकाठमाडौंनेपाल स्टक एक्सचेन्जको पुनर्संरचनाको लागि भन्दै बनेको अध्ययन समिति...
कांग्रेसमा विद्रोह

कांग्रेसमा विद्रोह

काठमाडौंभदौ २३ र २४ मा जेनजीले गरेको विद्रोहको मुख्य निशानामा दुई राजनीतिक पात्र थिए- तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्...