जेनजी आन्दोलन समिति संयोजकमा मिरज ढुंगाना, सरकारले मर्म अनुसार काम नगरेको भन्दै सर्वपक्षीय सरकारको योजना


काठमाडौं

जेनजी आन्दोलनलाई संस्थागत गर्न भन्दै विभिन्न ३० भन्दा बढी जेनजी समूहको संयुक्त बैठकले मिरज ढुङ्गानालाई संयोजक तोकेको छ ।
ललितपुरको झम्सिखेलमा बसेको बैठकमा १०० जना भन्दा बढी जेनजी र आन्दोलनमा सहभागी घाइते ,सहिद परिवार सहितको उपस्थिति थियो। बैठकले कार्यकारी समिति बिस्तारको लागि मिरज ढुगांना ,अजय सोडारी र सुनिल सिंहलाई जिम्मेवारी दिएको छ । यसैगरी सल्लाहकार संयोजकमा हरिश भट्ट चयन भएका छन् ।

वर्तमान सरकारले आन्दोलनको भावना अनुरूप काम नगरेको उनीहरूको आरोप छ । जेनजी आन्दोलन विरुद्धमा षडयन्त्र गर्न उद्धत भएकाले भन्दै उनीहरूले वर्तमान सरकार अपदस्थ गर्ने बताएका छन् ।

सर्वपक्षीय सहमति , सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन्संशोधनको निम्ति संयुक्त जेन्जि आन्दोलन समितिले भोलि दिउँसो १ बजे काठमाडौँको डिल्लीबजारस्थित भोजन गृहमा बृहत् पत्रकार सम्मेलन आयोजना समेत गरेको छ। सडकमा रहेका सबै जेनजी घाइते सहिद परिवार समेटेर लैजाने योजनाका साथ संयुक्त आन्दोलनका आगामी कार्यक्रमहरू सार्वजनिक गरिने उनीहरूले बताएका छन् ।

छुटाउनुभयो कि ?

सफल क्याम्पस प्रमुख कहलिएका प्रधानाध्यापक ज्ञवाली सर्वोत्कृष्ट कालिका मावि उँचो राख्ने योजनामा

सफल क्याम्पस प्रमुख कहलिएका प्रधानाध्यापक ज्ञवाली सर्वोत्कृष्ट कालिका मावि उँचो राख्ने योजनामा

बुटवलवि.सं.२०२६ सालमा गुल्मीको रुरुक्षेत्र ५ वम्घामा जन्मिएका विष्णुहरी ज्ञवालीले ०५२ सालमा श्री जनबोध उच्च माविबाट शिक्षक से...
डा.न्यौपानेद्वारा लिखित बुद्धकालीन देवदह पुस्तकको परिचर्चा

डा.न्यौपानेद्वारा लिखित बुद्धकालीन देवदह पुस्तकको परिचर्चा

बुटवलडाक्टर कृष्ण न्यौपानेद्वारा लिखित बुद्धकालीन देवदह नामक पुस्तकको परिचर्चा सम्पन्न भएको छ।शनिबार रुपन्देहीको तिलोत्तमा स्...
भोटेकोशी बाढीबाट ४०८ अर्बको क्षति, पुनर्निर्माणमा ७२३ अर्ब लाग्ने

भोटेकोशी बाढीबाट ४०८ अर्बको क्षति, पुनर्निर्माणमा ७२३ अर्ब लाग्ने

काठमाडौंरसुवा–भोटेकोशी बाढीबाट ४०८ अर्ब २९ करोड रुपैयाँ बराबरको क्षति तथा आर्थिक नोक्सान भएको सरकारी अध्ययनले देखाएको छ। राष्...
नेपाली सेनासँग मिल्दोजुल्दो पोसाक प्रयोग गरेको आरोपमा ‘ग्रिन आर्मी नेपाल’विरुद्ध सर्वोच्चमा रिट

नेपाली सेनासँग मिल्दोजुल्दो पोसाक प्रयोग गरेको आरोपमा ‘ग्रिन आर्मी नेपाल’विरुद्ध सर्वोच्चमा रिट

काठमाडौंरसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीका क्रममा नेपाली सेनासँग मिल्दोजुल्दो पोसाक, दर्जा र चिह्न प्रयोग गरी उद्धार तथा ...