समाचार

गौतमबुद्ध मुटु अस्पतालले १२औं वार्षिकोत्सव मनाउँदै, भारतबाट समेत विरामी आउने गरेको सामुदायिक अस्पतालमा आर्थिक अभाव

गौतमबुद्ध मुटु अस्पतालले १२औं वार्षिकोत्सव मनाउँदै, भारतबाट समेत विरामी आउने गरेको सामुदायिक अस्पतालमा आर्थिक अभाव

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलरुपन्देहीको बुटवलमा रहेको गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्था द्वारा सञ्चालित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको १२औं वार्षिकोत्सव विहिबार बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सम्पन्न हुंदै छ ।भने लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम बहादुर सारुले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। विषेशत मुटु र मृगौलाको उपचार गर्दै आएको सामुदायिक अस्पतालले नेपाल मात्र नभएर भारतीय नागरिक समेत उपचारका लागि आउने गरेका छन्। विरामी हरुको चाप अत्यधिक हुने र सामुदायिक अस्पताल भएकाले सरकारले सञ्चालन गरेको विपन्न नागरिक औषधि उपचार कार्यक्रमको भुक्तानी स्वास्थ्य विभाग र विमा बोर्डबाट आउने गरेको र मुटु र मृगौलाका विरामीको अस्पतालमा लागेको लगानी यस आर्थिक वर्षमा आईपुग्दा २० करोड ३९लाख ३१हजार ८७९ मा जम्मा २करोड५८लाख२२हजार ५सय मात्र सरकारबाट भुक्तानी पाएको गुनासो अस्पतालको छ। बिहीबार पत्रकार सम...
औद्योगिक प्रदर्शनीमा बहस: अनियन्त्रित विषादी प्रयोगले उपभोक्ताको थाली जोखिममा

औद्योगिक प्रदर्शनीमा बहस: अनियन्त्रित विषादी प्रयोगले उपभोक्ताको थाली जोखिममा

Breaking news 3, खेलकुद, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, मनोरञ्जन, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलफलफूल र तरकारीमा बढ्दो तथा अनियन्त्रित किटनाशक विषादी प्रयोगका कारण नेपाली उपभोक्ताको स्वास्थ्य गम्भीर जोखिममा परेको सरोकारवालाले चेतावनी दिएका छन् । नियामक निकाय कमजोर हुँदा विषादीको मनपरी प्रयोग बढ्दै गएको र यसको प्रत्यक्ष असर मानव स्वास्थ्य, वातावरण र कृषि प्रणालीमै देखिन थालेको उनीहरूको निष्कर्ष छ । रुपन्देही उद्योग संघको आयोजनामा बुटवलमा सञ्चालन भइरहेको १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०८२ अन्तर्गत आयोजित कार्यशाला गोष्ठीमा विज्ञहरूले यस्तो चिन्ता व्यक्त गरेका हुन् । उनीहरूका अनुसार तत्काल उत्पादन बढाउने नाममा गरिएको विषादी प्रयोगले दीर्घकालमा गम्भीर रोग, वातावरणीय असन्तुलन र किसानलाई रसायनमै निर्भर बनाउने खतरनाक अवस्था सिर्जना गरिरहेको छ ।कार्यक्रममा प्रस्तुत कार्यपत्रहरूमा किसानले पर्याप्त जानकारी बिना किटनाशकलाई औषधि ठानी प्रयोग गर्द...
प्रतिनिधि सभा निर्वाचनलाई कम्तीमा २७ अर्ब बजेट माग

प्रतिनिधि सभा निर्वाचनलाई कम्तीमा २७ अर्ब बजेट माग

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँआसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन व्यवस्थापन र सुरक्षाका लागि करिब २७ अर्ब रुपैयाँ खर्च हुने भएको छ । २१ फागुनका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई निर्वाचन आयोग, रक्षा मन्त्रालय, गृह मन्त्रालय तथा अन्तर्गतका सुरक्षा निकायका लागि चालु र पुँजीगत खर्चअन्तर्गत उक्त बजेट व्यवस्थापन गर्न लागिएको हो ।यसमध्ये आयोगका लागि अर्थ मन्त्रालयले ६ अर्ब ७३ करोड ६६ लाख ९० हजार रुपैयाँको स्रोत सुनिश्चित गरिसकेको छ । गृह र रक्षा मन्त्रालयले निर्वाचन सुरक्षाका लागि करिब साढे २० अर्ब रुपैयाँको स्रोत व्यवस्थापन गर्न अर्थ मन्त्रालयमा प्रस्ताव गरेका छन् । दुवै मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल (एपीएफ), राष्ट्रिय अनुसन्धान विभाग र निर्वाचन प्रहरीका लागि आवश्यक पर्ने खर्चको प्रस्ताव अर्थ मन्त्रालयमा पेस भएको हो । प्रस्तावित बजेटका सम्बन्धमा छलफल जारी रहेको अर्थ मन्त्रालयल...
तराईमा बाक्लो हुस्सु र कुहिरो,अझै केही दिन कायम रहने

तराईमा बाक्लो हुस्सु र कुहिरो,अझै केही दिन कायम रहने

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौँजल तथा मौसम विज्ञान विभागले देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ भने हाल तराईका धेरै स्थानहरूमा हुस्सु्-कुहिरो लागेको जानकारी दिएको छ । देशका तराई भू-भागमा हुस्सु-कुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्ने देखिएको छ ।आज दिउँसो कोशी प्रदेशका तराई भू-भागमा मध्यान्न सम्म तथा बाँकी तराई भू-भागमा दिनभर हुस्सु/कुहिरो रहनेछ भने पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहने छ । त्यस्तै आज राती तराई भू-भागमा हुस्सु/कुहिरो रहनेछ भने पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ । ...
प्रतिनिधि सभा निर्वाचनको सुरक्षा योजना तयार

प्रतिनिधि सभा निर्वाचनको सुरक्षा योजना तयार

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँ आगामी फागुन २१ का लागि तय भएको प्रतिनिधि सभा निर्वाचनको सुरक्षार्थ एक लाख ३६ हजार म्यादी (अस्थायी) प्रहरी भर्ना गरिने भएको छ ।‘प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ कार्ययोजना’ अनुसार प्रहरी प्रधान कार्यालयले निर्वाचन सुरक्षार्थ आवश्यक जनशक्ति पदपूर्तिका लागि म्यादी प्रहरी भर्ना कार्यविधि तयार गरी स्वीकृतिका लागि गृह मन्त्रालयसमक्ष पेस गर्ने तयारी गरेको छ । कार्यविधिको मसौदामा निर्वाचन सुरक्षार्थ ४० दिनका लागि एक लाख ३६ हजार ८११ जना म्यादी प्रहरी भर्ना गर्ने तयारी गरिएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अबिनारायण काफ्लेले निर्वाचन सुरक्षार्थ नेपाल प्रहरीबाट ७७ हजार ७७ जना प्रत्यक्ष रूपमा परिचालन हुने र थप अपुग जनशक्ति एक लाख ३६ हजार म्यादी प्रहरी भर्ना गर्ने गरी गृहकार्य भइरहेको बताउनुभयो । निर्वाचन अघि, निर्वाचनको अवधि र निर्वाचनपछि गरी परिचालन हुने म्यादी प्रहरीक...
बुटवलको स्कलर्स होम वोर्डिङ स्कुले ३४औं बार्षिकोत्सवमा रनिङ शिल्ड प्रतियोगिता गर्ने

बुटवलको स्कलर्स होम वोर्डिङ स्कुले ३४औं बार्षिकोत्सवमा रनिङ शिल्ड प्रतियोगिता गर्ने

Breaking news 3, खेलकुद, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, मनोरञ्जन, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलबुटवलको स्कलर्स होम बोर्डिङ सेकेण्डरी स्कुलले विद्यालयको ३४औं बार्षिकोत्सवमा १२औं संस्करणको जिल्ला स्तरिय रनिङ शिल्ड हाजिर जवाफ प्रतियोगिता गर्ने भएको छ।पुस १० मा जिल्लाका संस्थागत तथा सामुदायिक ५० विद्यालयको सहभागिता रहने रनिङ शिल्ड प्रतियोगिता हुने र पुस ११गते विद्यालयले भव्यताका साथ वार्षिकोत्सव मनाउन लागेको मंगलबार पत्रकार सम्मेलन मार्फत विद्यालयका प्राचार्य बाबुराम बञ्जाडेले जानकारी गराए।उक्त विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरु देश र विदेशमा समेत छात्रवृत्तिमा नाम निकाली अध्यायन गरी राम्रो नतिजा हासिल गरेका र निजामती सेवामा पनि नाम निकाल्न सफल भई उत्कृष्ट हुंदै आएका उदाहरण दिएका थिए।हाजिरी जवाफको विजेताले नगद १० हजार रुपैया, शिल्ड, मेडल, प्रमाणपत्र, दोस्रोलाई ७५००, तृतिय ४५०० रुपैयाबाट पुरस्कृत गरिने उनले बताए। `अहिलेसम्म ४० विधालय दर्ता भएको छ।´- उनले भने । प्रतियोगितामा ...
राष्ट्रपति र प्रधानमन्त्रीको तीन दलका शीर्ष नेतासँग छलफल,निर्वाचनको वातावरण बनाउन समझदारी

राष्ट्रपति र प्रधानमन्त्रीको तीन दलका शीर्ष नेतासँग छलफल,निर्वाचनको वातावरण बनाउन समझदारी

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँ राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्की र ३ ठूला दलका शीर्ष नेताबीच भएको छलफलमा फागुन २१ गते तोकिएको चुनावका लागि वातावरण बनाउने समझदारी भएको छ।राष्ट्रपति भवन शीतल निवासमा मंगलबार अपरान्ह प्रधानमन्त्री कार्कीसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको छलफलमा यस्तो सहमति भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए। उनका अनुसार यसका लागि चुनावको वातावरण बनाउन विस्तृत छलफल बालुवाटारमा गर्ने समझदारी पनि बनेको छ। ‘देशको परिस्थिति गम्भीर र संवेदनशील भएको अवस्थामा निकास दिनका लागि चुनावको घोषण भएको हो, यो गम्भीरतालाई ध्यानमा राखेर निर्वाचन सफल बनाउन लाग्नु हामी सबैको एक मात्र दायित्व हो’, राष्ट्रपति पौडेलले छलफल भनेका थिए। राष्ट...
शेयर बजारमा सामान्य करेक्सन, कारोबार रकम घट्यो

शेयर बजारमा सामान्य करेक्सन, कारोबार रकम घट्यो

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, विविध, शिक्षा, समाचार
काठमाडौँनेप्सेमा आज सामान्य करेक्सन भएको छ । मंगलबार नेप्से ३.२७ अंकले बढेर २५८४.४९ विन्दुमा पुगेर रोकिएको छ । आज ३२८ कम्पनिका ७६ लाख ६८ हजार ९१५ कित्ता शेयर ३ अर्ब ४२ करोड ९८ लाख ९३ हजार ९४२ मा कारोबार भएको थियो । आज विकास बैंक, लगानी, जीवन वीमा, म्युचुअल फण्ड, निर्जीव वीमा र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।आज एसवाई प्यानलको शेयर मुल्य सर्बाधिक ७.०१ प्रतिशतले बढेको छ भने गुराँस लघुवित्तको शेयर ६.०१ प्रतिशतले बढेको छ । त्यस्तै आज सबैभन्दा बढी सिटिजन लाइफ इन्सुरेन्सको ५.९७ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी एसवाई प्यानलको ३० करोड ९८ लाख कारोबार भएको छ भने सागर डिस्टिलरीको ८५ लाखको कारोबार भएको छ । ...
एमसीसी अन्तर्गतका २३ दशमलव ६६ मिलियन डलरका दुई ठेक्का सम्झौता

एमसीसी अन्तर्गतका २३ दशमलव ६६ मिलियन डलरका दुई ठेक्का सम्झौता

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, राजनीति, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौँएमसीए–नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट अन्तर्गत सडक मर्मतसम्भारका लागि कुल २३ दशमलव ६६ मिलियन अमेरिकी डलर बराबरका दुई महत्वपूर्ण सम्झौता भएको छ ।यी नयाँ सम्झौताले नेपालको सडक पूर्वाधारलाई बलियो बनाउने र दीर्घकालीन आर्थिक वृद्धिलाई अगाडि बढाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ ।यी सम्झौतामध्ये लुम्बिनी प्रदेशको दाङ जिल्लामा पर्ने पूर्व–पश्चिम राजमार्गको धनखोला–लमही खण्डमा फुल–डेप्थ रिक्लेमेसन र सुपरपेभ प्रविधि प्रयोग गरी सडक पुनःस्थापनाका लागि शर्मा–कुमार संयुक्त उपक्रमसँग २० मिलियन अमेरिकी डलरको सम्झौता गरिएको छ । साथै, उक्त कार्यको सुपरिवेक्षण तथा नारायणघाट–मुग्लिन सडक खण्डको आवधिक मर्मतसम्भारका लागि इन्टरकन्टिनेन्टल कन्सल्टेन्ट्स एण्ड टेक्नोक्र्याट्स प्रा.लि. (आईसीटी) सँग ३ दशमलव ६६ मिलियन अमेरिकी डलरको सम्झौता गरिएको छ ।सम्झौ...
राष्ट्रपति पौडेलले ओली, देउवा र प्रचण्डसँगछलफल गर्दै

राष्ट्रपति पौडेलले ओली, देउवा र प्रचण्डसँगछलफल गर्दै

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंराष्ट्रपति रामचन्द्र पौडेल विघटित प्रतिनिधिसभाका प्रमुख तीन दलका शीर्ष नेताहरूसँग छलफल गर्ने भएका छन् । उनी मंगलबार नेपाली कांग्रेस, नेकपा एमाले र नवगठित नेपाली कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूसँग छलफल गर्न लागेका हुन् ।राष्ट्रपतिको कार्यालयले मंगलबार आज दिउँसो ३ बजे कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल हुने जनाएको छ ।तर, राष्ट्रपति कार्यालयले पूर्वप्रधानमन्त्रीत्रयसँग हुन लागेको छलफलको एजेन्डाबारे भने केही खुलाएको छैन । ...