राष्ट्रपति र प्रधानमन्त्रीको तीन दलका शीर्ष नेतासँग छलफल,निर्वाचनको वातावरण बनाउन समझदारी


काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्की र ३ ठूला दलका शीर्ष नेताबीच भएको छलफलमा फागुन २१ गते तोकिएको चुनावका लागि वातावरण बनाउने समझदारी भएको छ।
राष्ट्रपति भवन शीतल निवासमा मंगलबार अपरान्ह प्रधानमन्त्री कार्कीसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको छलफलमा यस्तो सहमति भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

उनका अनुसार यसका लागि चुनावको वातावरण बनाउन विस्तृत छलफल बालुवाटारमा गर्ने समझदारी पनि बनेको छ।

‘देशको परिस्थिति गम्भीर र संवेदनशील भएको अवस्थामा निकास दिनका लागि चुनावको घोषण भएको हो, यो गम्भीरतालाई ध्यानमा राखेर निर्वाचन सफल बनाउन लाग्नु हामी सबैको एक मात्र दायित्व हो’, राष्ट्रपति पौडेलले छलफल भनेका थिए।

राष्ट्रपति पौडेलले देशको वर्तमान जटिल अवस्थाको निकासका लागि निर्वाचन नै उपयुक्त विकल्प भएको बताउँदै आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन प्रधानमन्त्रीसहित मुख्य ३ राजनीतिक दलका शीर्ष नेताहरुलाई आग्रह गरेको बताइएको छ।

छुटाउनुभयो कि ?

पत्रकारको वित्तीय जिवनशैली

पत्रकारको वित्तीय जिवनशैली

श्रीराम ज्ञवालीनेपाल र सामान्यतया विश्वभरिका पत्रकारहरूको आर्थिक जीवनशैली निकै चुनौतीपूर्ण, उतारचढावपूर्ण र श्रमको तुलनामा न्...
कपिलवस्तुमा चार भरुवा बन्दुक बरामद

कपिलवस्तुमा चार भरुवा बन्दुक बरामद

बुटवलकपिलवस्तुको सामुदायिक वनबाट बेवारिसे अवस्थामा चार नाल भरुवा बन्दुक बरामद गरिएको छ । वाणगंगा नगरपालिका९९ स्थित बन्दुक बरा...
पहिरोले विभिन्न राजमार्ग अवरुद्ध, सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह

पहिरोले विभिन्न राजमार्ग अवरुद्ध, सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह

काठमाडौंलगातारको वर्षाका कारण बाढी, पहिरो र लेदो खस्दा देशका विभिन्न राजमार्ग तथा सडक खण्ड अवरुद्ध भएका छन्। सडक अवरुद्ध हुँद...
बडीमालिका हिमपात: एक जनाको उद्धार, एकको खोजी जारी

बडीमालिका हिमपात: एक जनाको उद्धार, एकको खोजी जारी

काठमाडौंधार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिकामा हिमपातपछि फसेका दुईमध्ये एक जना पर्यटकको नेपाली सेनाको हेलिकप्टर...