बुटवलको स्कलर्स होम वोर्डिङ स्कुले ३४औं बार्षिकोत्सवमा रनिङ शिल्ड प्रतियोगिता गर्ने


बुटवल
बुटवलको स्कलर्स होम बोर्डिङ सेकेण्डरी स्कुलले विद्यालयको ३४औं बार्षिकोत्सवमा १२औं संस्करणको जिल्ला स्तरिय रनिङ शिल्ड हाजिर जवाफ प्रतियोगिता गर्ने भएको छ।
पुस १० मा जिल्लाका संस्थागत तथा सामुदायिक ५० विद्यालयको सहभागिता रहने रनिङ शिल्ड प्रतियोगिता हुने र पुस ११गते विद्यालयले भव्यताका साथ वार्षिकोत्सव मनाउन लागेको मंगलबार पत्रकार सम्मेलन मार्फत विद्यालयका प्राचार्य बाबुराम बञ्जाडेले जानकारी गराए।
उक्त विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरु देश र विदेशमा समेत छात्रवृत्तिमा नाम निकाली अध्यायन गरी राम्रो नतिजा हासिल गरेका र निजामती सेवामा पनि नाम निकाल्न सफल भई उत्कृष्ट हुंदै आएका उदाहरण दिएका थिए।
हाजिरी जवाफको विजेताले नगद १० हजार रुपैया, शिल्ड, मेडल, प्रमाणपत्र, दोस्रोलाई ७५००, तृतिय ४५०० रुपैयाबाट पुरस्कृत गरिने उनले बताए। `अहिलेसम्म ४० विधालय दर्ता भएको छ।´- उनले भने । प्रतियोगितामा कक्षा १० सम्म र एक जना छात्रा अनिवार्य हुनुपर्ने प्रावधान छ ।
कक्षा नर्सरी देखि +२सम्म १५सय विद्यार्थी र स्नातक तहमा वाणिज्य संकायमा १ सय ५० जना विद्यार्थी रहेको स्कलर्स होमले अध्ययनसँगै अतिरिक्त कृयाकलाप हरूमा समेत उत्कृष्ट नतिजा हासिल गर्दै आएको विद्यालयका वि.व्य.स.अध्यक्ष मनोहारी वस्यालले जानकारी दिए।
कार्यक्रममा संस्थापक ईन्जिनियर शिव गुरुङ, सह प्राचार्य टिकाराम गौतमलगायतले वोल्दै विद्यालयलाई नमुना वनाउन विद्यालय परिवार अहोरात्र खटिरहेको र सम्पूर्ण विद्यार्थी, अभिभावक र सरोकारवाला सवैको साथ रहनेमा विश्वस्त रहेको धारणा राखेका थिए।

छुटाउनुभयो कि ?

सफल क्याम्पस प्रमुख कहलिएका प्रधानाध्यापक ज्ञवाली सर्वोत्कृष्ट कालिका मावि उँचो राख्ने योजनामा

सफल क्याम्पस प्रमुख कहलिएका प्रधानाध्यापक ज्ञवाली सर्वोत्कृष्ट कालिका मावि उँचो राख्ने योजनामा

बुटवलवि.सं.२०२६ सालमा गुल्मीको रुरुक्षेत्र ५ वम्घामा जन्मिएका विष्णुहरी ज्ञवालीले ०५२ सालमा श्री जनबोध उच्च माविबाट शिक्षक से...
डा.न्यौपानेद्वारा लिखित बुद्धकालीन देवदह पुस्तकको परिचर्चा

डा.न्यौपानेद्वारा लिखित बुद्धकालीन देवदह पुस्तकको परिचर्चा

बुटवलडाक्टर कृष्ण न्यौपानेद्वारा लिखित बुद्धकालीन देवदह नामक पुस्तकको परिचर्चा सम्पन्न भएको छ।शनिबार रुपन्देहीको तिलोत्तमा स्...
भोटेकोशी बाढीबाट ४०८ अर्बको क्षति, पुनर्निर्माणमा ७२३ अर्ब लाग्ने

भोटेकोशी बाढीबाट ४०८ अर्बको क्षति, पुनर्निर्माणमा ७२३ अर्ब लाग्ने

काठमाडौंरसुवा–भोटेकोशी बाढीबाट ४०८ अर्ब २९ करोड रुपैयाँ बराबरको क्षति तथा आर्थिक नोक्सान भएको सरकारी अध्ययनले देखाएको छ। राष्...
नेपाली सेनासँग मिल्दोजुल्दो पोसाक प्रयोग गरेको आरोपमा ‘ग्रिन आर्मी नेपाल’विरुद्ध सर्वोच्चमा रिट

नेपाली सेनासँग मिल्दोजुल्दो पोसाक प्रयोग गरेको आरोपमा ‘ग्रिन आर्मी नेपाल’विरुद्ध सर्वोच्चमा रिट

काठमाडौंरसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीका क्रममा नेपाली सेनासँग मिल्दोजुल्दो पोसाक, दर्जा र चिह्न प्रयोग गरी उद्धार तथा ...