बुटवलको स्कलर्स होम वोर्डिङ स्कुले ३४औं बार्षिकोत्सवमा रनिङ शिल्ड प्रतियोगिता गर्ने


बुटवल
बुटवलको स्कलर्स होम बोर्डिङ सेकेण्डरी स्कुलले विद्यालयको ३४औं बार्षिकोत्सवमा १२औं संस्करणको जिल्ला स्तरिय रनिङ शिल्ड हाजिर जवाफ प्रतियोगिता गर्ने भएको छ।
पुस १० मा जिल्लाका संस्थागत तथा सामुदायिक ५० विद्यालयको सहभागिता रहने रनिङ शिल्ड प्रतियोगिता हुने र पुस ११गते विद्यालयले भव्यताका साथ वार्षिकोत्सव मनाउन लागेको मंगलबार पत्रकार सम्मेलन मार्फत विद्यालयका प्राचार्य बाबुराम बञ्जाडेले जानकारी गराए।
उक्त विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरु देश र विदेशमा समेत छात्रवृत्तिमा नाम निकाली अध्यायन गरी राम्रो नतिजा हासिल गरेका र निजामती सेवामा पनि नाम निकाल्न सफल भई उत्कृष्ट हुंदै आएका उदाहरण दिएका थिए।
हाजिरी जवाफको विजेताले नगद १० हजार रुपैया, शिल्ड, मेडल, प्रमाणपत्र, दोस्रोलाई ७५००, तृतिय ४५०० रुपैयाबाट पुरस्कृत गरिने उनले बताए। `अहिलेसम्म ४० विधालय दर्ता भएको छ।´- उनले भने । प्रतियोगितामा कक्षा १० सम्म र एक जना छात्रा अनिवार्य हुनुपर्ने प्रावधान छ ।
कक्षा नर्सरी देखि +२सम्म १५सय विद्यार्थी र स्नातक तहमा वाणिज्य संकायमा १ सय ५० जना विद्यार्थी रहेको स्कलर्स होमले अध्ययनसँगै अतिरिक्त कृयाकलाप हरूमा समेत उत्कृष्ट नतिजा हासिल गर्दै आएको विद्यालयका वि.व्य.स.अध्यक्ष मनोहारी वस्यालले जानकारी दिए।
कार्यक्रममा संस्थापक ईन्जिनियर शिव गुरुङ, सह प्राचार्य टिकाराम गौतमलगायतले वोल्दै विद्यालयलाई नमुना वनाउन विद्यालय परिवार अहोरात्र खटिरहेको र सम्पूर्ण विद्यार्थी, अभिभावक र सरोकारवाला सवैको साथ रहनेमा विश्वस्त रहेको धारणा राखेका थिए।

छुटाउनुभयो कि ?

पत्रकारको वित्तीय जिवनशैली

पत्रकारको वित्तीय जिवनशैली

श्रीराम ज्ञवालीनेपाल र सामान्यतया विश्वभरिका पत्रकारहरूको आर्थिक जीवनशैली निकै चुनौतीपूर्ण, उतारचढावपूर्ण र श्रमको तुलनामा न्...
कपिलवस्तुमा चार भरुवा बन्दुक बरामद

कपिलवस्तुमा चार भरुवा बन्दुक बरामद

बुटवलकपिलवस्तुको सामुदायिक वनबाट बेवारिसे अवस्थामा चार नाल भरुवा बन्दुक बरामद गरिएको छ । वाणगंगा नगरपालिका९९ स्थित बन्दुक बरा...
पहिरोले विभिन्न राजमार्ग अवरुद्ध, सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह

पहिरोले विभिन्न राजमार्ग अवरुद्ध, सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह

काठमाडौंलगातारको वर्षाका कारण बाढी, पहिरो र लेदो खस्दा देशका विभिन्न राजमार्ग तथा सडक खण्ड अवरुद्ध भएका छन्। सडक अवरुद्ध हुँद...
बडीमालिका हिमपात: एक जनाको उद्धार, एकको खोजी जारी

बडीमालिका हिमपात: एक जनाको उद्धार, एकको खोजी जारी

काठमाडौंधार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिकामा हिमपातपछि फसेका दुईमध्ये एक जना पर्यटकको नेपाली सेनाको हेलिकप्टर...