एमसीसी अन्तर्गतका २३ दशमलव ६६ मिलियन डलरका दुई ठेक्का सम्झौता


काठमाडौँ
एमसीए–नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट अन्तर्गत सडक मर्मतसम्भारका लागि कुल २३ दशमलव ६६ मिलियन अमेरिकी डलर बराबरका दुई महत्वपूर्ण सम्झौता भएको छ ।
यी नयाँ सम्झौताले नेपालको सडक पूर्वाधारलाई बलियो बनाउने र दीर्घकालीन आर्थिक वृद्धिलाई अगाडि बढाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ ।
यी सम्झौतामध्ये लुम्बिनी प्रदेशको दाङ जिल्लामा पर्ने पूर्व–पश्चिम राजमार्गको धनखोला–लमही खण्डमा फुल–डेप्थ रिक्लेमेसन र सुपरपेभ प्रविधि प्रयोग गरी सडक पुनःस्थापनाका लागि शर्मा–कुमार संयुक्त उपक्रमसँग २० मिलियन अमेरिकी डलरको सम्झौता गरिएको छ । साथै, उक्त कार्यको सुपरिवेक्षण तथा नारायणघाट–मुग्लिन सडक खण्डको आवधिक मर्मतसम्भारका लागि इन्टरकन्टिनेन्टल कन्सल्टेन्ट्स एण्ड टेक्नोक्र्याट्स प्रा.लि. (आईसीटी) सँग ३ दशमलव ६६ मिलियन अमेरिकी डलरको सम्झौता गरिएको छ ।
सम्झौता हस्ताक्षर समारोहमा नेपाल सरकारका वरिष्ठ अधिकारीहरू, राजदूत थम्पसन, एमसीए–नेपालका कार्यकारी निर्देशक खड्ग बिष्ट, एमसीसीका उप–देश निर्देशक सञ्जय पौड्याल, तथा एमसीए–नेपाल बोर्डका सदस्यहरूको उपस्थिति रहेको थियो ।

राजदूत थम्पसनले यस उपलब्धिमा संलग्न सबैलाई बधाई दिँदै यो परियोजना एउटा मात्र लगानी नभई अझ धेरै अर्थ राख्ने रहेको उल्लेख गरे । उनले यसले अमेरिका–नेपाल साझेदारीको मजबुती, एमसीसी नेपाल कम्प्याक्टको निरन्तर प्रगति, र नेपाली जनता तथा नेपालमा रहेका अमेरिकी व्यवसायका लागि समयमै देखिने र व्यवहारिक परिणामहरू सुनिश्चित गर्ने साझा प्रतिबद्धता प्रतिबिम्बित गर्ने बताए ।

छुटाउनुभयो कि ?

भोटेकोशी बाढी : अहिलेसम्म १ हजार ३९५ शव भेटिए, ५ हजार १३० जना सम्पर्कविहीन

भोटेकोशी बाढी : अहिलेसम्म १ हजार ३९५ शव भेटिए, ५ हजार १३० जना सम्पर्कविहीन

काठमाण्डौ – रसुवाको भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीको आज तीन हप्ता भएको छ । अहिलेसम्म १ हजार ३९५ जनाको श...
कम्युनिटि राईड भएको टिभिएसको गोल्डेन कि जित्ने अफर सार्बजनिक

कम्युनिटि राईड भएको टिभिएसको गोल्डेन कि जित्ने अफर सार्बजनिक

बुटवलनेपालमा टीभीएसका दुईपांग्रे सवारीसाधनको आधिकारिक वितरक जगदम्बा मोटर्सले यस वर्षको पर्व लक्षित नयाँ फेस्टिभ क्याम्पेन टिभ...
३३ होल्डिङ सेन्टरमा २४ सय १८ बाढीपीडित : खानेपानी मुख्य समस्या, महामारीको जोखिम

३३ होल्डिङ सेन्टरमा २४ सय १८ बाढीपीडित : खानेपानी मुख्य समस्या, महामारीको जोखिम

काठमाडौँबिदुर नगरपालिकास्थित पीपलटारको होल्डिङ सेन्टरमा ५ वर्षीया योबिसा श्रेष्ठ २३ भदौको दिउँसोसम्म खेलिरहेकी थिइन् । तर रात...
नेपाललाई दैनिक १८ घण्टासम्म विद्युत् निर्यात गर्न भारतको स्वीकृति

नेपाललाई दैनिक १८ घण्टासम्म विद्युत् निर्यात गर्न भारतको स्वीकृति

काठमाडौँभारतको विद्युत् मन्त्रालयले नेपाललाई आगामी डिसेम्बर ३१ सम्म दैनिक १८ घण्टासम्म विद्युत् निर्यात गर्न स्वीकृति दिएको छ...