गौतमबुद्ध मुटु अस्पतालले १२औं वार्षिकोत्सव मनाउँदै, भारतबाट समेत विरामी आउने गरेको सामुदायिक अस्पतालमा आर्थिक अभाव


बुटवल
रुपन्देहीको बुटवलमा रहेको गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्था द्वारा सञ्चालित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको १२औं वार्षिकोत्सव विहिबार बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सम्पन्न हुंदै छ ।भने लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम बहादुर सारुले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।

विषेशत मुटु र मृगौलाको उपचार गर्दै आएको सामुदायिक अस्पतालले नेपाल मात्र नभएर भारतीय नागरिक समेत उपचारका लागि आउने गरेका छन्। विरामी हरुको चाप अत्यधिक हुने र सामुदायिक अस्पताल भएकाले सरकारले सञ्चालन गरेको विपन्न नागरिक औषधि उपचार कार्यक्रमको भुक्तानी स्वास्थ्य विभाग र विमा बोर्डबाट आउने गरेको र मुटु र मृगौलाका विरामीको अस्पतालमा लागेको लगानी यस आर्थिक वर्षमा आईपुग्दा २० करोड ३९लाख ३१हजार ८७९ मा जम्मा २करोड५८लाख२२हजार ५सय मात्र सरकारबाट भुक्तानी पाएको गुनासो अस्पतालको छ।

बिहीबार पत्रकार सम्मेलन मार्फत अस्पतालका अध्यक्ष एजाज आलमले अस्पताल वन्द गर्नु पर्ने अवस्थामा पुगेको गुनासो पोखे।
आलमले बुटवलसंगै अन्य ६ स्थानबाट सेवा दिंदै आएको अस्पताल गैर नाफामुखी रहेको र यस अस्पताल रुपन्देही उद्योग संघको संयोजकत्वमा, रुपन्देहीका उद्योगी व्यवसायी, विभिन्न रोटरी र रोट्रयाक्ट क्लब, समाजसेवी हरुको भौतिक तथा नैतिक सहयोग मा सञ्चालित छ र उक्त सहयोगबाट मात्र अव निरन्तर सञ्चालन गर्न नसकिने र सरकारका स्वास्थ्य सम्वद्ध निकायले गम्भीर रुपमा लिन आव्हान गरे।

हालसम्म भाडामा रहेको अस्पतालले सरकार , अस्पतालमा आवद्ध सवै महानुभावहरु र सरोकारवाला सवैको सहयोगमा आफ्नै भवनबाट सेवा दिन चाहेको र केही प्रकृया अगाडि वढेको जानकारी दिए।
५८ करोडको हाराहारीमा वार्षिक कारोवार हुने अस्पतालमा ३सय ३० जना कर्मचारी रहेका छन्।

छुटाउनुभयो कि ?

आईसीसी क्रिकेट विश्वकप: बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का

आईसीसी क्रिकेट विश्वकप: बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का

बुटवलबलिङमा शानदार पुनरागमन गर्दै नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ को अन्तिम खेलमा ओमानलाई पराजित गर्दै लिग २ मा छैटौं स्...
दसैँ–तिहारमा पनि होल्डिङ सेन्टरमै सुकुम्वासी

दसैँ–तिहारमा पनि होल्डिङ सेन्टरमै सुकुम्वासी

काठमाडौंकाठमाडौंको थापाथलीको सुकुम्वासी बस्तीबाट विस्थापित हरिमाया जिम्बा गत वैशाख १२ यता होल्डिङ सेन्टरमा छिन् । अस्थायी बास...
बडादशैं : आज महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

बडादशैं : आज महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

बुटवलनेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा तिथि वृद्धि भई दुई दिन अष्टमी परेकाले दुवै दिन महाअष्टमीको कर्...
देशभर पश्चिमी वायुको प्रभाव : पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

देशभर पश्चिमी वायुको प्रभाव : पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

बुटवलहाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली भएको मौसम पूर्व...