गौतमबुद्ध मुटु अस्पतालले १२औं वार्षिकोत्सव मनाउँदै, भारतबाट समेत विरामी आउने गरेको सामुदायिक अस्पतालमा आर्थिक अभाव


बुटवल
रुपन्देहीको बुटवलमा रहेको गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्था द्वारा सञ्चालित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको १२औं वार्षिकोत्सव विहिबार बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सम्पन्न हुंदै छ ।भने लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम बहादुर सारुले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।

विषेशत मुटु र मृगौलाको उपचार गर्दै आएको सामुदायिक अस्पतालले नेपाल मात्र नभएर भारतीय नागरिक समेत उपचारका लागि आउने गरेका छन्। विरामी हरुको चाप अत्यधिक हुने र सामुदायिक अस्पताल भएकाले सरकारले सञ्चालन गरेको विपन्न नागरिक औषधि उपचार कार्यक्रमको भुक्तानी स्वास्थ्य विभाग र विमा बोर्डबाट आउने गरेको र मुटु र मृगौलाका विरामीको अस्पतालमा लागेको लगानी यस आर्थिक वर्षमा आईपुग्दा २० करोड ३९लाख ३१हजार ८७९ मा जम्मा २करोड५८लाख२२हजार ५सय मात्र सरकारबाट भुक्तानी पाएको गुनासो अस्पतालको छ।

बिहीबार पत्रकार सम्मेलन मार्फत अस्पतालका अध्यक्ष एजाज आलमले अस्पताल वन्द गर्नु पर्ने अवस्थामा पुगेको गुनासो पोखे।
आलमले बुटवलसंगै अन्य ६ स्थानबाट सेवा दिंदै आएको अस्पताल गैर नाफामुखी रहेको र यस अस्पताल रुपन्देही उद्योग संघको संयोजकत्वमा, रुपन्देहीका उद्योगी व्यवसायी, विभिन्न रोटरी र रोट्रयाक्ट क्लब, समाजसेवी हरुको भौतिक तथा नैतिक सहयोग मा सञ्चालित छ र उक्त सहयोगबाट मात्र अव निरन्तर सञ्चालन गर्न नसकिने र सरकारका स्वास्थ्य सम्वद्ध निकायले गम्भीर रुपमा लिन आव्हान गरे।

हालसम्म भाडामा रहेको अस्पतालले सरकार , अस्पतालमा आवद्ध सवै महानुभावहरु र सरोकारवाला सवैको सहयोगमा आफ्नै भवनबाट सेवा दिन चाहेको र केही प्रकृया अगाडि वढेको जानकारी दिए।
५८ करोडको हाराहारीमा वार्षिक कारोवार हुने अस्पतालमा ३सय ३० जना कर्मचारी रहेका छन्।

छुटाउनुभयो कि ?

संकटको यो घडीमा देशको नेतृत्वले आँसु होइन, भरोसा दिनुपर्छ : प्रधानमन्त्री

संकटको यो घडीमा देशको नेतृत्वले आँसु होइन, भरोसा दिनुपर्छ : प्रधानमन्त्री

काठमाडौँप्रधानमन्त्री वालेन्द्र शाहले मुलुकमा संकट परेको बेलामा देशको नेतृत्वले हिम्मत, आड र भरोसा दिनुपर्ने बताए । उनले भोटे...
शेयर बजारमा १५ दशमलव ४४ अंकको वृद्धि, २ अर्ब ९४ करोडको कारोबार

शेयर बजारमा १५ दशमलव ४४ अंकको वृद्धि, २ अर्ब ९४ करोडको कारोबार

काठमाडौँनेप्सेमा आज वृद्धि आएको छ । आज बुधबार नेप्से १५ दशमलव ४४ अंकले बढेर २५३८ दशमलव ११ विन्दुमा पुगेर रोकिएको छ ।आज ३५४ कम...
बुटवलको रेसुङ्गा स्वास्थ्य क्लिनिक प्रालिमा क्यान्सरको उपचार

बुटवलको रेसुङ्गा स्वास्थ्य क्लिनिक प्रालिमा क्यान्सरको उपचार

बुटवलबुटवलको रेसुङ्गा स्वास्थ्य क्लिनिक प्रालिमा हरेक महिनाको पहिलो शनिबार क्यान्सर रोगको परीक्षण तथा उपचार हुने गर्दछ।नेपालक...
कान्ति माविका प्राचार्य ज्ञवाली भन्छन् ‘चाहे जस्तो परिणामका लागि अहोरात्र लागेका छौं’

कान्ति माविका प्राचार्य ज्ञवाली भन्छन् ‘चाहे जस्तो परिणामका लागि अहोरात्र लागेका छौं’

बुटवलबुटवलको कान्ति माध्यमिक विद्यालयका प्राचार्य गोविन्द ज्ञवालीले विद्यालय सरकारको मुल्यांकनमा उत्कृष्ट भएपनि आफुहरुले चाहे...