गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई ‘अपरेटिङ बेस’ बनाउँदै निगम, पाइलट प्रशिक्षण उडान सुरु
Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
रुपन्देहीराष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई आफ्नो वायुयानको अपरेटिङ बेस बनाउने तयारी अघि बढाएको छ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्देशनअनुसार निगमले विमानस्थललाई अपरेटिङ बेसका रूपमा विकास गर्ने तयारीस्वरूप मंगलबारदेखि प्रशिक्षण उडान सुरु गरेको हो ।
निगमका अनुसार आफ्ना फर्स्ट अफिसर (पाइलट)हरूलाई एयरबस ए–३२० जहाजमार्फत बेस ट्रेनिङ फ्लाइट गराइँदैछ । प्रशिक्षण कार्यक्रम साउन २७ गतेदेखि भदौ ३ गतेसम्म सञ्चालन हुनेछ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रवक्ता इन्जिनियर कुमार सुजखुले विज्ञप्ति जारी गर्दै विमानस्थलमा भइरहेको प्रशिक्षण उडानबारे सरोकारवाला सबैलाई जानकारी गराएका छन् ।
नेपाल वायुसेवा निगमले यसअघि नै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई आफ्ना अन्तर्राष्ट्रिय उडानका ला...








