नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनको लागि शुल्क लागु



काठमाडौं
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले आइतबार (कात्तिक १५)देखि सडक उपभोग दस्तुर (टोल शुल्क) तिर्नुपर्ने भएको छ । नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले गत कात्तिक १२ मा सार्वजनिक सूचना जारी गर्दै सवारीसाधनानुसार शुल्क निर्धारण गरेको हो ।
सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट शुल्क संकलन गर्न लागिएको आयोजनाले जनाएको छ । नेपाल राजपत्रमा ०८२ चैत २६ गते प्रकाशित सूचनाबमोजिम शुल्क निर्धारण गरिएको हो ।

आयोजनाले सार्वजनिक गरेको शुल्कदरअनुसार काठमाडौं प्रवेश गर्ने र यहाँबाट बाहिरिने सवारीसाधनका निम्ति फरक–फरक दर तोकिएको छ ।
कार, भ्यान, पिकअप, ट्र्याक्टर, माइक्रोबस तथा अरू हलुका सवारीसाधनले काठमाडौं प्रवेश गर्दा ६५ र यहाँबाट प्रस्थान गर्दा ६० रुपैयाँ तिर्नुपर्नेछ ।

मिनिबस तथा मिनिटिपर/ट्रकले काठमाडौं प्रवेश गर्दा ११५ र बाहिरिँदा ८० रुपैयाँ शुल्क तिर्नुपर्नेछ । बस तथा सिंगल रियर एक्सल भएका ट्रकका निम्ति काठमाडौं प्रवेश गर्दा २६० र बाहिरिँदा २०० रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

मल्टी एक्सल ट्रक तथा सवारीसाधन र भारी उपकरणले काठमाडौं प्रवेश गर्दा ६०० र यहाँबाट बाहिरिँदा २५० रुपैयाँ तिर्नुपर्नेछ ।

छुटाउनुभयो कि ?

नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनको लागि शुल्क लागु

नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनको लागि शुल्क लागु

काठमाडौंनागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले आइतबार (कात्तिक १५)देखि सडक उपभोग दस्तुर (टोल शुल्क) तिर्नुपर...
हिमपात: डोल्पामा ६ भारतीय पर्यटक सम्पर्कविहीन, उद्धारका लागि हेलिकप्टर माग

हिमपात: डोल्पामा ६ भारतीय पर्यटक सम्पर्कविहीन, उद्धारका लागि हेलिकप्टर माग

काठमाडौंडोल्पाको डाेल्पाे बुद्व गाउँपालिकाबाट शे फाेक्सुण्डाे ताल तर्फ आउँदै गर्दा दुई महिलासहित ६ जना भारतीय पर्यटक अत्यधिक ...
मौसम: क्रमिक रूपमा सुधार हुँदै जाने, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

मौसम: क्रमिक रूपमा सुधार हुँदै जाने, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

बुटवलपश्चिम नेपाल आसपास विकसित न्यून चापीय क्षेत्रको प्रभाव कमजोर बन्दै गएसँगै देशभरको मौसम क्रमिक रूपमा सुधार हुँदै जाने मौस...
एनपीएल: विराटनगरले सुदूरपश्चिमलाई हरायो, आज जनकपुर र पोखरा भिड्दै

एनपीएल: विराटनगरले सुदूरपश्चिमलाई हरायो, आज जनकपुर र पोखरा भिड्दै

काठमाडौंआन्द्रे रसेल ब्याटिङ, बलिङ र फिल्डिङमा अलराण्ड प्रदर्शन गरेपछि नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको ५ ओभर...