भोलिदेखि सरकारी कार्यालय समय बिहान ९ देखि दिउँसो ४ बजेसम्म



बुटवल
भोलि सोमबार अर्थात् १६ गते देखि देशभरका सरकारी कार्यालयमा जाडोयामको समयतालिका लागू हुने भएको छ। कात्तिक १६ गतेदेखि सरकारी कार्यालय बिहान ९ बजे खुल्ने र अपराह्न ४ बजे बन्द हुनेछन्।

नेपाल राजपत्रमा यसअघि प्रकाशित गृह मन्त्रालयको सूचनाअनुसार कात्तिक १६ देखि माघ १५ गतेसम्म सरकारी कार्यालय तथा सम्बन्धित सार्वजनिक निकायमा जाडोयामको कार्यालय समय लागू हुनेछ।

नयाँ समयतालिका अनुसार यसअघि बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म सञ्चालन हुँदै आएका कार्यालय अब अपराह्न ४ बजेसम्म मात्रै खुल्नेछन्। यससँगै दैनिक कार्यालय समय एक घण्टा घट्नेछ।

यो व्यवस्था शैक्षिक संस्थाबाहेकका सम्बन्धित सरकारी कार्यालय तथा सार्वजनिक निकायमा लागू हुनेछ।

सरकारले हरेक वर्ष जाडोयाममा कार्यालय सञ्चालनको समय समायोजन गर्दै आएको छ। सोही व्यवस्था अनुसार यस वर्ष पनि कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म परिवर्तित समयतालिका कायम रहनेछ।

छुटाउनुभयो कि ?

भोलिदेखि सरकारी कार्यालय समय बिहान ९ देखि दिउँसो ४ बजेसम्म

भोलिदेखि सरकारी कार्यालय समय बिहान ९ देखि दिउँसो ४ बजेसम्म

बुटवलभोलि सोमबार अर्थात् १६ गते देखि देशभरका सरकारी कार्यालयमा जाडोयामको समयतालिका लागू हुने भएको छ। कात्तिक १६ गतेदेखि सरकार...
नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनको लागि शुल्क लागु

नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनको लागि शुल्क लागु

काठमाडौंनागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले आइतबार (कात्तिक १५)देखि सडक उपभोग दस्तुर (टोल शुल्क) तिर्नुपर...
हिमपात: डोल्पामा ६ भारतीय पर्यटक सम्पर्कविहीन, उद्धारका लागि हेलिकप्टर माग

हिमपात: डोल्पामा ६ भारतीय पर्यटक सम्पर्कविहीन, उद्धारका लागि हेलिकप्टर माग

काठमाडौंडोल्पाको डाेल्पाे बुद्व गाउँपालिकाबाट शे फाेक्सुण्डाे ताल तर्फ आउँदै गर्दा दुई महिलासहित ६ जना भारतीय पर्यटक अत्यधिक ...
मौसम: क्रमिक रूपमा सुधार हुँदै जाने, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

मौसम: क्रमिक रूपमा सुधार हुँदै जाने, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

बुटवलपश्चिम नेपाल आसपास विकसित न्यून चापीय क्षेत्रको प्रभाव कमजोर बन्दै गएसँगै देशभरको मौसम क्रमिक रूपमा सुधार हुँदै जाने मौस...