अस्पताललाई भरोसा र पुर्ण सेवा योग्य वनाउने योजना छ ,साथ दिनुहोस् : मेसु डा. गौतम
बुटवललुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर विष्णु गौतमले अस्पताललाई सवै नागरिकले भरोसा गर्न सक्ने र आवस्यक रहेका सेवा विस्तार गर्ने योजना रहेकोले सरोकारवाला सवैले साथ दिन आग्रह गरेका छन्।नेपाल नियमित रक्तदाता संघ बुटवलको आयोजनामा रहेको रक्तदान कार्यक्रममा वोल्दै डाक्टर गौतमले आफु सम्पूर्ण मापदण्ड पुरा गरि योग्य भई मेडिकल सुपरिटेन्डेन्ट पद पाएपछि पनि पदमा वस्न नदिई अवरोध हुंदै आएको र नियुक्ति पश्चात् न्याय मिलेको वताएका छन्।उनले अस्पताल भित्र रहेको रक्तसञ्चार केन्द्रलाई आवस्यक पर्ने व्यवस्थापकीय पक्षलाई मजबुत वनाई सरोकारवाला सवैको सहयोगवाट रगतको अभाव हुन नदिने गरी काम गर्न चाहेको वताएका छन्।अहिलेको सरकारले शुशासन,दुर्त सेवा प्रवाह, प्रविधिमैत्री सेवा, विश्वासयोग्य सेवा,योग्य व्यक्तिलाई जिम्मेवारी लगायतका विषयमा प्राथमिकता दिएको र निर्देश गरेकोले आफुले सोही अनु...








