विगतका सरकार तथा राजनीतिक दलहरूको योगदान अवमुल्यन नगरौं: काङ्ग्रेस उपसभापति डा. भण्डारी



बुटवल
नेपाली कांग्रेसका उपसभापति डा चन्द्र भण्डारीले लोकतान्त्रिक व्यवस्था र पूर्वाधार निर्माणमा विगतका सरकार तथा राजनीतिक दलहरूको योगदान रहेको उल्लेख गर्दै उनले नयाँ नेतृत्वले विगतको योगदानलाई अवमुल्यन नगरी स्वीकार गर्नुपर्ने वताएका छन् ।

नेपाली कांग्रेस रूपन्देही क्षेत्र नम्बर–२ ले शनिबार बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले अहिलेको सरकारले विगत ३५ वर्षमा केही भएन भन्ने भाष्य निर्माण गर्न नहुने बताएका हुन् । उनले लोकतान्त्रिक व्यवस्था र पूर्वाधार निर्माणमा विगतका सरकार तथा राजनीतिक दलहरूको योगदान रहेको उल्लेख गर्दै उनले नयाँ नेतृत्वले विगतको योगदानलाई पनि स्वीकार गर्नुपर्ने धारणा राखे ।


‘हामीले बनाएको घरभित्र बालेन आएका हुन् । यो घर बनाउन हजारौँको रगत र बलिदान परेको छ । केपी ओलीले कीर्तिपुरको स्टेडियम बनाउन मिहिनेत गर्नुभयो, त्यसको उद्घाटन बालेनजीले गर्नुभयो । आफूले टुँडिखेलमा लगाएको दुबो मात्रै देख्ने प्रवृत्ति राम्रो होइन,’ उनले भने ।
सामाजिक सञ्जालमा दर्शक र समर्थक बढाएर मात्रै सरकार नचल्ने भन्दै भण्डारीले जनताको काम गरेर जनमत आर्जन गर्नुपर्ने बताए । सरकारलाई काममा केन्द्रित हुन आग्रह गर्दै उनले युवाको ऊर्जा र क्षमतालाई विकासमा प्रयोग गर्नुपर्ने धारणा राखे ।
उनले वर्तमान सरकार पाँच वर्ष चलोस् भन्ने नेपाली कांग्रेसको चाहना रहेको पनि बताए । सरकारलाई अस्थिर बनाउनेभन्दा पनि आवश्यक सहयोग गरेर काम गर्न दिनुपर्ने उनको भनाइ थियो ।
‘हाम्रो पार्टीले र पार्टी सभापतिले यो सरकार पाँच वर्ष चलोस् भन्ने चाहेका छौँ । हामीले सहयोग गर्छौँ,’ उनले भने, ‘यो देश पाँच–छ वर्षमा समृद्ध बन्न सक्छ । युवालाई नेपालमै राख्ने, सीप र तालिम दिने तथा जनतालाई विकाससँग जोड्ने हो भने सम्भावना धेरै छन् ।’
भण्डारीले सरकारको आलोचना र अनावश्यक विवादमा अल्झिनुभन्दा काम गरेर देखाउनुपर्ने बताए । सरकारका गतिविधिमा गल्ती भएको भए कानुनी प्रक्रियाबाट कारबाही गर्नुपर्ने भन्दै उनले काम रोक्ने गरी आरोप–प्रत्यारोपमा नलाग्न आग्रह गरे ।


‘यदि गगन थापाले वा नेपाली कांग्रेसको कुनै व्यक्तिले कारबाही गर्नुपर्ने काम गरेको छ भने कारबाही गरेर देखाउनुस् । होइन भने काम गर्न छोडेर नचाहिने काम किन गर्दै हिँडेको ? काम गर्नुस् । यत्रो युवा शक्ति छ, यसको प्रयोग गर्नुपर्दैन ?’ उनले प्रश्न गरे ।
तत्कालीन सरकार र राजनीतिक दलहरूले बालेनको आग्रहलाई बेवास्ता गर्दा त्यसको परिणाम अहिले भोग्नुपरेको र यो विषय तत्कालीन समयमै आफूले एमाले–कांग्रेस–माओवादीका शीर्ष नेताहरुलाई सुनाएको बताए ।
तत्कालीन समयमा बालेनले आफूलाई अधिकृत पठाइदिन आग्रह गरेको र आफूले शीर्ष नेताहरूसँग समेत कुरा गरेको बताए ।
‘बालेनजी र मेरोबीच नेपालको राजनीतिको बारेमा लामो कुरा भयो । उहाँले मलाई अधिकृत पठाइदिन भन्नुभयो । मैले सबै नेता, मुख्यसचिवदेखि सचिवसम्मलाई भनेँ । केपी ओली र शेरबहादुर दाइलाई पनि भनेँ । तर आफ्नो महत्त्वाकांक्षाले कसैले मानेनन् । आज त्यो कुरा मानेको भए बालेन दोस्रोपटक मेयर उठ्थे,’ उनले भने ।
पद र व्यक्तिगत महत्त्वाकांक्षाका कारण नेतृत्वले आवश्यक निर्णय गर्न नसक्दा त्यसको परिणाम देशले भोग्नुपरेको उनले बताए । ‘पदका सामुन्ने कसैले मानेनन्, जसको प्रतिफल जेनजी आन्दोलन भयो । अब विगतबाट सिकेर मेहनत गर्नुपर्ने अवस्था आएको छ,’ उनले बताए ।
भण्डारीले राजनीति गर्नेहरु ले आफ्नो व्यक्तिगत लाभ भन्दा माथि उठेर देश र जनताका विषयमा योगदान दिनुपर्ने वताए।
उनले राजनीतिकर्मी व्यक्तिगत लाभमा लागेका कारण देशमा विभिन्न अभियोजनमा द्वन्द्व निम्तिने गरेको समेत उल्लेख गरेका थिए ।

छुटाउनुभयो कि ?

महाकवि लक्ष्मी प्रसाद देवकोटाको जन्मजयन्तीमा स्मरण

महाकवि लक्ष्मी प्रसाद देवकोटाको जन्मजयन्तीमा स्मरण

श्रीराम ज्ञवालीमहाकवि लक्ष्मीप्रसाद देवकोटा नेपाली साहित्यका आकाशका सबैभन्दा चम्किला नक्षत्र हुन्। उनलाई नेपाली साहित्यका 'मह...
बुटवलमा जारी दीपावली सडक खाना महोत्सवमा देउसीभैलो प्रतियोगिता : रागश्री प्रथम

बुटवलमा जारी दीपावली सडक खाना महोत्सवमा देउसीभैलो प्रतियोगिता : रागश्री प्रथम

बुटवलबुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीले आयोजना गरेको दीपावली सडक खाना महोत्सवमा आयोजित देउसीभैलो प्रतियोगितामा रागश्री संग...
बुटवलमा ६ करोड लगानीको ड्याडिज केक शुभारम्भ: ‘कायापलट ल्याउछौं स्वदेशमै’ भन्ने उदेश्य रहेको सञ्चालक कुंवर भनाई

बुटवलमा ६ करोड लगानीको ड्याडिज केक शुभारम्भ: ‘कायापलट ल्याउछौं स्वदेशमै’ भन्ने उदेश्य रहेको सञ्चालक कुंवर भनाई

बुटवलकरिब ६ करोड रुपैयाँको कुल लगानीमा बुटवलमा ड्याडिज केक शुभारम्भ भएको छ । "कायापलट ल्याउछौं स्वदेशमै" भन्ने मुल नारा लिएर ...
राति १० बजेपछि रुपन्देहीमा देउसीभैलो खेल्न नपाइने

राति १० बजेपछि रुपन्देहीमा देउसीभैलो खेल्न नपाइने

बुटवलतिहारको अवसरमा रुपन्देहीमा देउसीभैलो राति १० बजेसम्म मात्र खेल्न पाइने भएको छ। जिल्ला प्रशासन कार्यालय रुपन्देहीले चाडपर...