
बुटवल
रुपन्देहीमा पटका पड्काएर अतिशबाजी गर्ने ७ जनालाप्रहरीका अनुसार कात्तिक २३ गते बेलुकी पौने ७ बजे रुपन्देहीको कञ्चन गाउँपालिका वडा नं। १ स्थित हात्तिबजार चोकमा लालिगुँरास युवा क्लबले भैलो खेलिरहेको अवस्थामा पटका पड्काउँदा एक जना घाइते भएका थिए।
उक्त घट्नामा संलग्न कपिलवस्तु बाणगंगा नगरपालिका वडा नं. २ बस्ने कृष्ण परियार र आर्यन परियारलाई प्रहरीले तत्काल नियन्त्रणमा लिएको छ। घाइतेको हाल उपचार भइरहेको प्रहरीले जनाएको छ।
त्यस्तै, जिल्लाका विभिन्न स्थानमा अवैध रूपमा पटका पड्काई आतिशबाजी गरिरहेको अवस्थामा अन्य ५ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेहरूमा कृष्ण परियार (बाणगंगा न.पा.-२, कपिलवस्तु),आर्यन परियार (बाणगंगा न.पा.-२, कपिलवस्तु), किसन मिश्र (रोहिणी गा.पा.-३ धकधई, रुपन्देही), पञ्चम हरिजन (रोहिणी गा.पा.-४, रुपन्देही), अंगत कुमार कहार (रोहिणी गा.पा.-१, रुपन्देही), हेमसल बरई (सिद्धार्थनगर न.पा.-४, रुपन्देही), सन्देश परियार (बुटवल उप-महानगरपालिका-११ बुद्धनगर, रुपन्देही) रहेका छन् ।
पक्राउ परेका सबैजनामाथि थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक कृष्ण कुमार चन्दले जनाएका छन् ।