बुटवलमा ६ करोड लगानीको ड्याडिज केक शुभारम्भ: ‘कायापलट ल्याउछौं स्वदेशमै’ भन्ने उदेश्य रहेको सञ्चालक कुंवर भनाई



बुटवल
करिब ६ करोड रुपैयाँको कुल लगानीमा बुटवलमा ड्याडिज केक शुभारम्भ भएको छ । “कायापलट ल्याउछौं स्वदेशमै” भन्ने मुल नारा लिएर व्यवसायको विस्तार गरेको सञ्चालक कमलजंग कुंवरले जानकारी दिए।
नेपाली बेकरी तथा खाद्य उद्योगमा गुणस्तर, आधुनिक प्रविधि र नयाँ मापदण्ड स्थापित गर्ने उद्देश्यका साथ ड्याडिज ग्रुपले बुटवलबाट ‘ड्याडिज केक ‘प्रिमियम बेकरी’को सफ्ट ओपनिङ गरेको छ। करिब ६ करोड रुपैयाँको कुल लगानीमा स्थापना गरिएको यस प्रिमियम बेकरी ब्राण्डले फ्रेन्च बेकरी परम्परा, आर्टिजन बेकिङ र आधुनिक प्रविधिको संयोजनमार्फत बेकरी उत्पादनहरू प्रस्तुत गर्ने दाबी गरिएको छ ।
ड्याडिज केकले आफ्ना उत्पादनहरूमा उच्च गुणस्तर कायम राख्न आधुनिक इटालियन बेकरी मेसिनरी तथा उपकरणहरू प्रयोगमा ल्याएको छ भने फ्रेन्च बेकरीमा प्रयोग हुने विशेष टी ४५ र टी ५५ ग्रेडको पीठो तथा रे–फ्लवर जस्ता कच्चा पदार्थ प्रयोग गरिने ड्याडिज किचेनका सञ्चालक कुंवरले जानकारी गराए । उनका अनुसार उत्पादनहरूमा अनावश्यक कृत्रिम सामग्रीको प्रयोग नगरी, दूधबाट बनेको वास्तविक बटर, प्राकृतिक फलफूल, नट्स तथा प्राकृतिक रङ र ग्लेजिङको प्रयोगलाई प्राथमिकता दिइएको छ। बेकरी र क्याफे संस्कृतिलाई एकीकृत गर्दै यस संस्थाले बुलान्जरी, भिएनोइजेरी, विभिन्न पेस्ट्री, चेसकेक, सिग्नेचर केक तथा कफी, मोकटेल लगायतका विशेष पेय पदार्थहरू बजारमा ल्याएको छ।

यस परियोजनामार्फत हाल ६० भन्दा बढी व्यक्तिहरूले प्रत्यक्ष रोजगारी पाएका छन्। यसका साथै स्थानीय बेकर तथा प्रतिभाहरूलाई प्रोत्साहन गर्दै आफ्नै अनुसन्धान र विकास टोलीमार्फत स्वाद र बनावटमा निरन्तर परिमार्जन गरिने सञ्चालक कुंवरले बताए । आगामी रणनीतिअनुसार कम्पनीले रुपन्देही जिल्लाभित्र १ वर्षमै १८ वटा मिनी आउटलेटहरू सञ्चालनमा ल्याउने, पोखरा र काठमाडौंमा आउटलेट विस्तार गर्ने तथा निकट भविष्यमै २४ सै घण्टा सेवा दिने योजना राखेको छ।
ड्याडिज ग्रुपले नेपालका विभिन्न क्षेत्रहरू जस्तै रेस्टुरेन्ट, अटोमोबाइल, रियल स्टेट लगायतमा लगानी गर्दै हालसम्म १२ सय भन्दा बढीलाई प्रत्यक्ष रोजगार प्रदान गर्दै आएको छ ।
ड्याडिजले नितिगत वाधा सहज भएमा भारतमा समेत विस्तार गर्ने उदेश्य रहेको सञ्चालक कुंवरको भनाई छ।

छुटाउनुभयो कि ?

महाकवि लक्ष्मी प्रसाद देवकोटाको जन्मजयन्तीमा स्मरण

महाकवि लक्ष्मी प्रसाद देवकोटाको जन्मजयन्तीमा स्मरण

श्रीराम ज्ञवालीमहाकवि लक्ष्मीप्रसाद देवकोटा नेपाली साहित्यका आकाशका सबैभन्दा चम्किला नक्षत्र हुन्। उनलाई नेपाली साहित्यका 'मह...
बुटवलमा जारी दीपावली सडक खाना महोत्सवमा देउसीभैलो प्रतियोगिता : रागश्री प्रथम

बुटवलमा जारी दीपावली सडक खाना महोत्सवमा देउसीभैलो प्रतियोगिता : रागश्री प्रथम

बुटवलबुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीले आयोजना गरेको दीपावली सडक खाना महोत्सवमा आयोजित देउसीभैलो प्रतियोगितामा रागश्री संग...
बुटवलमा ६ करोड लगानीको ड्याडिज केक शुभारम्भ: ‘कायापलट ल्याउछौं स्वदेशमै’ भन्ने उदेश्य रहेको सञ्चालक कुंवर भनाई

बुटवलमा ६ करोड लगानीको ड्याडिज केक शुभारम्भ: ‘कायापलट ल्याउछौं स्वदेशमै’ भन्ने उदेश्य रहेको सञ्चालक कुंवर भनाई

बुटवलकरिब ६ करोड रुपैयाँको कुल लगानीमा बुटवलमा ड्याडिज केक शुभारम्भ भएको छ । "कायापलट ल्याउछौं स्वदेशमै" भन्ने मुल नारा लिएर ...
राति १० बजेपछि रुपन्देहीमा देउसीभैलो खेल्न नपाइने

राति १० बजेपछि रुपन्देहीमा देउसीभैलो खेल्न नपाइने

बुटवलतिहारको अवसरमा रुपन्देहीमा देउसीभैलो राति १० बजेसम्म मात्र खेल्न पाइने भएको छ। जिल्ला प्रशासन कार्यालय रुपन्देहीले चाडपर...