राति १० बजेपछि रुपन्देहीमा देउसीभैलो खेल्न नपाइने



बुटवल
तिहारको अवसरमा रुपन्देहीमा देउसीभैलो राति १० बजेसम्म मात्र खेल्न पाइने भएको छ। जिल्ला प्रशासन कार्यालय रुपन्देहीले चाडपर्वलाई शान्तिपूर्ण, सुरक्षित र मर्यादित बनाउन देउसीभैलोलगायत सांस्कृतिक कार्यक्रम सञ्चालनका लागि समयसीमा तोकेको हो।
प्रशासनले सूचना जारी गर्दै परम्परागत रूपमा खेलिने देउसीभैलो राति १० बजेभित्र सम्पन्न गर्न जिल्लावासीलाई आग्रह गरेको छ। चाडपर्वका बेला हुन सक्ने अवाञ्छित गतिविधि नियन्त्रण गर्दै सामाजिक सद्भाव र शान्ति सुरक्षा कायम राख्न यस्तो व्यवस्था गरिएको कार्यालयले जनाएको छ।

प्रशासनले तिहारका बेला सर्वसाधारणलाई असर पर्ने गरी ठूलो आवाजमा साउन्ड सिस्टम तथा डिजे नबजाउन पनि आग्रह गरेको छ। ध्वनि प्रदूषण हुने गतिविधि नगर्न तथा भुइँचम्पा, पटका, आतसबाजीलगायत विस्फोटक पदार्थको ओसारपसार, बिक्रीवितरण र प्रयोग नगर्न सूचनामार्फत सचेत गराइएको छ।

त्यस्तै, चाडपर्वका अवसरमा मेला तथा महोत्सव आयोजना गर्नुअघि स्थानीय प्रशासनबाट अनुमति लिनुपर्ने जनाइएको छ। प्रचलित कानुनविपरीत मदिराको बिक्रीवितरण नगर्न र सार्वजनिक शान्ति सुरक्षामा असर पर्ने कुनै पनि गतिविधिमा संलग्न नहुन प्रशासनले अनुरोध गरेको छ।
तिहारका बेला जुवातास खेल्ने, खेलाउने तथा अन्य जुवाजन्य गतिविधि नगर्न पनि प्रशासनले सचेत गराएको छ।

रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी लेखनाथ न्यौपानेका अनुसार प्रशासनको सूचनाविपरीत गतिविधि गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिनेछ।

उनले चाडपर्वका समयमा चोरी तथा लुटपाटका घटना हुन सक्ने भएकाले घर, पसल तथा व्यावसायिक प्रतिष्ठानको सुरक्षामा विशेष ध्यान दिन जिल्लावासीलाई आग्रह गरेका छन्।

घर तथा पसलको भरपर्दो सुरक्षा व्यवस्था मिलाउन र शंकास्पद गतिविधि देखिए सम्बन्धित सुरक्षा निकायलाई जानकारी गराउनसमेत प्रशासनले अनुरोध गरेको छ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले दीपावली, नेपाल संवत् र छठ पर्वका अवसरमा सम्पूर्ण जिल्लावासीलाई शुभकामना दिँदै चाडपर्व आपसी सद्भाव, उल्लास र सुरक्षित वातावरणमा मनाउन आग्रह गरेको छ।

छुटाउनुभयो कि ?

महाकवि लक्ष्मी प्रसाद देवकोटाको जन्मजयन्तीमा स्मरण

महाकवि लक्ष्मी प्रसाद देवकोटाको जन्मजयन्तीमा स्मरण

श्रीराम ज्ञवालीमहाकवि लक्ष्मीप्रसाद देवकोटा नेपाली साहित्यका आकाशका सबैभन्दा चम्किला नक्षत्र हुन्। उनलाई नेपाली साहित्यका 'मह...
बुटवलमा जारी दीपावली सडक खाना महोत्सवमा देउसीभैलो प्रतियोगिता : रागश्री प्रथम

बुटवलमा जारी दीपावली सडक खाना महोत्सवमा देउसीभैलो प्रतियोगिता : रागश्री प्रथम

बुटवलबुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीले आयोजना गरेको दीपावली सडक खाना महोत्सवमा आयोजित देउसीभैलो प्रतियोगितामा रागश्री संग...
बुटवलमा ६ करोड लगानीको ड्याडिज केक शुभारम्भ: ‘कायापलट ल्याउछौं स्वदेशमै’ भन्ने उदेश्य रहेको सञ्चालक कुंवर भनाई

बुटवलमा ६ करोड लगानीको ड्याडिज केक शुभारम्भ: ‘कायापलट ल्याउछौं स्वदेशमै’ भन्ने उदेश्य रहेको सञ्चालक कुंवर भनाई

बुटवलकरिब ६ करोड रुपैयाँको कुल लगानीमा बुटवलमा ड्याडिज केक शुभारम्भ भएको छ । "कायापलट ल्याउछौं स्वदेशमै" भन्ने मुल नारा लिएर ...
राति १० बजेपछि रुपन्देहीमा देउसीभैलो खेल्न नपाइने

राति १० बजेपछि रुपन्देहीमा देउसीभैलो खेल्न नपाइने

बुटवलतिहारको अवसरमा रुपन्देहीमा देउसीभैलो राति १० बजेसम्म मात्र खेल्न पाइने भएको छ। जिल्ला प्रशासन कार्यालय रुपन्देहीले चाडपर...