Author: संचार पत्र

९ दल मिलेर बन्ने पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी, चुनाव चिह्न तारा ,एकता राष्ट्रिय सम्मेलन आज

९ दल मिलेर बन्ने पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी, चुनाव चिह्न तारा ,एकता राष्ट्रिय सम्मेलन आज

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौँनेकपा (माओवाद केन्द्र) र नेकपा एकीकृत समाजवादीसहित ९ दलबीच एकतापछि बन्ने एकीकृत पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी रहने भएको छ ।प्रज्ञा भवनमा बसेको महाधिवेशन आयोजक समितिको बैठकमा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ पार्टीको नामबारे जानकारी गराएका हुन् ।उनका अनुसार चिह्न पाँचकुने तारा रहनेछ ।यसअघि ८ दलका शीर्ष नेताहरूले कात्तिक १९ गते औपचारिक रूपमा पार्टी एकता गर्ने घोषणा गर्ने निर्णय गर्दै १८ बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका थिए । त्यसपछि गोपाल किराती नेतृत्वको देशभक्त समाजवादी मोर्चा माओवादी केन्द्रमा औपचारिक रूपमा समाहित भएको थियो । सहमति पत्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादव, जनसमाजवादी पार्टीका अध्यक्ष सुमनराज काफ्ले, नेकपा समाजवादीका अध्यक्ष ...
आन्दोलनमा मृत्यु भएका मजदुर नेता स्व.कमल गौतमको परिवारलाई उद्योगीहरुको सहयोग

आन्दोलनमा मृत्यु भएका मजदुर नेता स्व.कमल गौतमको परिवारलाई उद्योगीहरुको सहयोग

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
रुपन्देहीरुपन्देहीका उद्योगीहरुले आन्दोलनका क्रममा मृत्यु भएका नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का केन्द्रीय उपाध्यक्ष स्वर्गीय कमल गौतमको परिवारलाई आर्थिक सहयोग गरेको छ। गौतमको गएको बिहीबार बिद्युत प्राधिकरणले उद्योगहरुमा बिद्युत लाईन काटेको बिरोधमा उद्योगमा कार्यरत मजदुरहरुले आयोजना गरेको बिरोध कार्यक्रमलाई सम्वोधन गर्दा गर्दै आकस्मिक निधन भएको थियो।आफुहरु माथी भएको अन्यायका बिरुद्ध आवाज उठाउदा उठाउदै निधन भएको भन्दै स्वर्गीय गौतमको परिवारलाई रुपन्देहीका उद्योगीहरुको तर्फबाट राहत स्वरुप सहयोग प्रदान गरिएको जगदम्वा सेन्थेटिक्सका रतन आचार्यले बताए। पञ्चकन्या समुह,जगदम्वा सेन्थेटिक्स र अर्घाखांची सिमेन्टको तर्फबाट संकलित रकम तिन लाख १३ हजार रुपैया आजै स्वर्गीय गौतमको निवासमा लगेर हस्तान्तरण गरिएको आचार्यले बताए। सिद्धार्थनगर उद्योग बाणिज्य संघका अध्यक्ष नेत्र आचार्यले उक्त रकम ...
प्रतिष्ठानको कल्याणकारी कोषका लागि देउसी भैलो

प्रतिष्ठानको कल्याणकारी कोषका लागि देउसी भैलो

Breaking news 3, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज
मिलन गाहा बुटवललोक दोहोरी प्रतिष्ठान नेपाल रुपन्देहीले संस्कृतीको संरक्षणमा कलाकार कल्याणकारी कोषका लागी देउसी भैलो समपन्न गरेको छ । कलाकारको बिभीन्न समस्या समाधान गर्ने उदेश्य का साथ रास्ट्रिय लोक तथा दोहोरी गित प्रतिस्ठान नेपाल जिल्ला कार्यसमिति रुपन्देही को आयोजनामा आयोजित कार्यक्रममा अध्यक्ष बिजय सापकोटाको नेतृत्वमा भएको हो । देउसी भैलो कार्यक्रममा सस्था का पुर्व केन्द्रिय सचिव प्रचण्ड जिसि केन्द्रिय सदस्य पुरुर्र्षेोतम भण्डारी पुर्खे बा, केन्द्रिय सदस्य सुशील गौतम, सस्थाका लुम्बिनी प्रदेश कमिटि बरिस्ठ उपाध्याक्ष दामोदर बस्याल,प्रदेश सचीव योगराज पोख्रेल ,गुल्मि जिल्ला अध्यक्ष चर्चित गाइका शिलु भट्टराई लगाएत प्रदेश कमिटि र रुपन्देही जिल्ला का सम्पुर्ण पदाधिकारी तथा सदस्य सस्थाका आजिवन सदस्य साधारण सदस्य हरूको उपस्थीती रहेको सचीब बिधान कार्कीले बताए ।कल्याण्कारी कोष जस्तो...
सवारी दुर्घटनाको डरलाग्दो रुप : एक महिनामै २ हजार ७ सय ५७ दुर्घटना, गुमाए २४७ जनाले ज्यान

सवारी दुर्घटनाको डरलाग्दो रुप : एक महिनामै २ हजार ७ सय ५७ दुर्घटना, गुमाए २४७ जनाले ज्यान

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौंगत असोज महिनामा मात्रै देशभर २ हजार ७५७ दुर्घटना भएका छन् । नेपाल प्रहरीले सार्बजनिक गरेको तथ्यांक अनुसार २ हजार ७५७ वटा दुर्घटनामा ३ हजार ९४७ सवारी साधन संलग्न रहेका छन् ।ती दुर्घटनामा २४७ जनाले ज्यान गुमाएका छन् भने ८४८ जना गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ । त्यस्तै दुर्घटनामा परी ४ हजार ३७ जना साधारण घाइते भएका छन् । मृत्यु हुनेमा १७७ पुरुष, ५८ महिला, ९ बालक र ३ बालिका रहेका छन् । दुर्घटनामा परेका सवारी साधनमध्ये बढी मोटरसाइकल रहेको छ र २ हजार ४६७ मोटरसाइकल दुर्घटनामा परेका छन् ।सबैभन्दा बढी तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । तीव्र गतिमा सवारी चलाउँदा १ हजार ५३८ दुर्घटना भएका छन् । त्यसपछि चालकको असक्षमतामा २२५, मापसेबाट २०७, हतारमा बाटो काट्दा १३५ र अनावश्यक ओभरटेक गर्दा ५४ दुर्घटना भएका छन् । त्यस्तै गरि असोज महिनामा ट्राफिक प्रहरीले कुल ३३ हजार ...
अध्यक्षको जन्मदिनमा गुल्मी बलेटक्सार रूपन्देही सम्पर्क समाजले गर्यो रक्तदान कार्यक्रम

अध्यक्षको जन्मदिनमा गुल्मी बलेटक्सार रूपन्देही सम्पर्क समाजले गर्यो रक्तदान कार्यक्रम

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलगुल्मी बलेटक्सार रुपन्देही सम्पर्क समाजले अध्यक्ष बुद्धि प्रसाद ज्ञवालीको जन्मदिनमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।अध्यक्ष ज्ञवालीले फजुल खर्चलाई कम गरी मानवीय सेवा र धर्मको लागि सक्रियतापूर्वक आफ्नै खर्चद्वारा रक्तदान कार्यक्रमको आयोजना गरेका हुन्। मंगलबार बुटवल रक्तसञ्चार केन्द्रमा गरिएको रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरेका हुन्।कार्यक्रममा सम्पर्क समाज को तर्फबाट सल्लाहकार बिन्दु गौतम, पुर्व अध्यक्ष बिर बहादुर क्षेत्री ,उपाध्यक्ष गिरिराज पन्त , हरि गौतम ,रामप्रसाद ज्ञवाली र नेपाल नियमित रक्तदाता संघको तर्फबाट केन्द्रीय उपाध्यक्ष लेखनाथ भण्डारी ,महासचिव दीपक अधिकारी, सचिव मञ्जु गिरी ,सदस्य गंगा विश्वकर्मा, तिलोत्तमा शाखाका अध्यक्ष लक्ष्मण पन्त, नेपाल औषधि थोक व्यवसायि सङ्घको तर्फबाट जिल्ला अध्यक्ष कृष्ण जिसी , सचिव मणि तिवारी ,कोषाध्यक्ष महेश पन्थी ,साथै नेपाल आयुर...
शोकलाई शक्तिमा बदल्नुको विकल्प छैन: एमाले उपाध्यक्ष पौडेल

शोकलाई शक्तिमा बदल्नुको विकल्प छैन: एमाले उपाध्यक्ष पौडेल

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
बुटवलनेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेलले अहिलेको प्रतिकुलतामा कमजोरीबाट पाठ सिकेर शोकलाई शक्तिमा बदल्दै अगाडि बढ्न आवस्यक रहेको वताएका छन्।मंगलबार बुटवलमा सम्पन्न नेकपा एमाले रुपन्देहीको विस्तारित वैठकमा वोल्दै पौडेलले एमाले पछि नहट्ने र थप शसक्त रुपमा अंगाडी वढ्ने वताएका हुन्।उनले जनताको मर्म अनुसार देखिएका समस्या समाधान गर्ने र अंगाडी वढ्ने धारणा राखेका छन्।एमालेले एमालेका नेता कार्यकर्ताको क्षति मात्र नभयर सम्पूर्ण देश र नागरिकको क्षतीपुर्तीको निम्ति अग्रसरता लिने वताए।अहिले देश तरङ्गित छ, विश्वका अन्य मुलुकमा पनि यस प्रकारका परिघटना देखा परेको र नेपालमा विधिमा रहेर संलग्न दोषीलाई कारबाही गर्नु पर्ने र सवै मिलेर समाधान गर्नु पर्ने वताएका छन्।पुर्व अर्थमन्त्री समेत रहेका पौडेलले सामाजिक सञ्जालको नियमनका क्रममा नयाँ पुस्ताले गरेको आन्दोलनमा घुसपैठले जन , धनको क्षति र नेपालम...
भैरहवाको एक होटलमा गोली चल्यो

भैरहवाको एक होटलमा गोली चल्यो

Breaking news 1, अपराध, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
बुटवलरुपन्देहीको भैरहवास्थित होटल निर्वाणा लक्जरी इन्टरनेशनलको गेट अगाडि गएराती गोली चलेको छ । रातको करिब १ बजे गोली चल्दा एकजना घाइते भएको रुपन्देही प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक सुरज कार्कीले होटलमा कार्यरत सुरक्षा गार्ड मीन बहादुर परियारमाथि गोली प्रहार भएको जानकारी दिए । डीएसपी कार्कीका अनुसार गोली लागेर बुटवल उपमहानगरपालिका-१५ निवासी २७ वर्षीय मीन बहादुर सामान्य घाइते भएका छन् । भैरहवास्थित भीम अस्पतालमा उपचार पश्चात उनको डिस्चार्ज भएको छ ।प्राप्त सीसी टिभी फुटेजको विश्लेषणसहित घटना बारे थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । ...
रुपन्देहीको ४ उद्योगले तिरे विद्युत महसुल बक्यौताको किस्ता, काटिएको लाइन जोडियो

रुपन्देहीको ४ उद्योगले तिरे विद्युत महसुल बक्यौताको किस्ता, काटिएको लाइन जोडियो

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, शिक्षा, समाचार, समाज
काठमाडौंडेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेको रुपन्देहीमा सञ्चालित चार उद्योगले प्रिमियम महसुलको बक्यौता रकम नेपाल विद्युत प्राधिकरणलाई तिरेका छन् ।भैरहवा क्षेत्रमा सञ्चालित पञ्चकन्या प्लाष्टिक उद्योग, पञ्चकन्या स्टील इण्डष्ट्रिज, सिद्धार्थ पेटप्लान्ट र श्याम प्लास्टिकले सोमबार बक्यौताको पहिलो किस्ता तिरेका हुन् । पहिलो किस्ता तिरेपछि उद्योगहरुको विच्छेद गरिएको विद्युत लाइन जडान गरिएको प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिएका छन् ।उद्योगहरुले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोग बापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएका हुन् । पञ्चकन्या प्लाष्टिकको २४ लाख ६३ हजार, पञ्जकन्या स्टीलको ५२ लाख १९ हजार, सिद्धार्थ पेटप्लान्टको १ करोड ८३ लाख र श्याम प्लास्टिकको ४९ लाख १० हजार रुपैर्या बक्यौता रहेको छ । बक्यौतालाई २८ किस्तामा विभाजन गरी ...
पश्चिमी वायुको प्रभाव कायमै, यी ४ प्रदेशमा आज वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको प्रभाव कायमै, यी ४ प्रदेशमा आज वर्षा र हिमपातको सम्भावना

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौँ नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागमा सामान्यतया बदली रहनेछ । बाँकी भूभागमा आंशिक बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षासहित हिमपात हुने सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक–दुई स्थानमा समेत हल्का वर्षा हुने सम्भावना रहेको छ ।आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा सामान्यतया बदली रहनेछ । बाँकी भूभागमा आंशिक बदली रहनेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प...
संविधानले दिएको अधिकारमा संघीय सरकारले अंकुश लगाउन मिल्दैन : मुख्यमन्त्री आचार्य

संविधानले दिएको अधिकारमा संघीय सरकारले अंकुश लगाउन मिल्दैन : मुख्यमन्त्री आचार्य

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
दाङ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानले प्रदान गरेकाे अधिकारमा संघीय सरकारले अंकुश लगाउन नमिल्ने बताउनुभएको छ । रेडियो नेपालको अन्तरसंवाद कार्यक्रममा कुराकानी गर्दै मुख्यमन्त्री आचार्यले एउटा सरकारले अर्को सरकारको अधिकार क्षेत्रमा हस्तक्षेप गर्नु असंवैधानिक हुने बताउनुभएकाे हाे । संविधानसम्मत ढंगले संघ पनि चलोस्, प्रदेश पनि चलोस् र स्थानीय सरकार पनि चलोस् भन्ने हाम्रो मान्यता हो´उहाँले भन्नुभयाे-संघीय सरकारले संविधानको मर्म र भावना नबिर्सोस् भनेर सातै प्रदेशका मुख्यमन्त्रीहरूको तर्फबाट प्रधानमन्त्रीको ध्यानाकर्षण समेत गराएका छौं ।´ मुख्यमन्त्री आचार्यका अनुसार संघ, प्रदेश र स्थानीय सरकार संवैधानिक दृष्टिकोणले समन्वय, सहकार्य र सह-अस्तित्वको आधारमा अगाडि बढ्ने तह हुन् । तर, संघीय सरकारले प्रदेशलाई आफ्नै इकाईका रूपमा व्यवहार गर्दै निर्देशनात्मक पत्र पठा...