डा.न्यौपानेद्वारा लिखित बुद्धकालीन देवदह पुस्तकको परिचर्चा



बुटवल
डाक्टर कृष्ण न्यौपानेद्वारा लिखित बुद्धकालीन देवदह नामक पुस्तकको परिचर्चा सम्पन्न भएको छ।
शनिबार रुपन्देहीको तिलोत्तमा स्थित शहीद गंगालाल पुस्तकालयमा तिलोत्तमा साहित्य कला संगीत प्रतिष्ठानको आयोजनामा साहित्य संगम २४औं श्रृङ्खला कार्यक्रममा पुस्तक परिचर्चा सम्पन्न भएको हो।
कार्यक्रममा वोल्दै लुम्बिनी प्रदेशका पुर्व प्रदेश सभा सदस्य समेत रहेका लेखक डा. न्यौपानेले वोल्दै बुद्धको जिवनी र सन्देश बाट हिंसा र मतभेद रहित समाजको शिक्षा हासिल गर्न सकिने वताउदै बुद्धको मावली आफ्नै क्षेत्र रुपन्देहीकै देवदह रहेकोले पनि बुद्धकालीन देवदह नामक पुस्तक पस्कने सोच आएको वताएका छन्।
उनले यसै विषयमा थेसिस समेत लेखेको वताउदै विषेश गरि बुद्धको मावली देवदह हरेक हिसाबले महत्वपूर्ण रहेको वताएका छन्।
देवदहको नामाकरण समेत ( देव) देवताहरूले नुहाउने पोखरी (दह) जसका कारण देवदह नाम रहन गएको पाइएको समेत वताए।
सिद्धार्थ गौतम बुद्धले बुद्धत्व प्राप्त गरेको विभिन्न व्यक्ति हरूको आ-आफ्ना धारणा रहेको जसमा दिनदुखीलाई देखेर, स्वयं बुद्धले आफ्नो बुद्धत्व प्राप्त गर्ने अभिभारा, समाजमा देखिएका द्वन्द्वको कारण र समाधानका उपायजस्ता धेरै भनाई रहेपनि आफ्नो सन्दर्भमा महामानव गौतम बुद्ध र बौद्धकालिन देवदहमा विषेश महत्व दिएको उल्लेख गरेका थिए।
तत्कालीन समयमा माइतमा गएर सन्तान जन्मदिने परम्परा रहेको र यशोधरा आफ्नो माइत देवदह जाने क्रममा सिद्धार्थ गौतम लुम्विनीमा जन्मिएको समेत विभिन्न अभिलेखहरुमा पाईने उल्लेख गरे। न्यौपानेले बुद्धका बारेमा जति जानकारी लियो त्यती धेरै वांकी रहने धारणा राखेका थिए।


तिलोत्तमा साहित्य कला संगीत प्रतिष्ठानले हरेक महिनाको अन्तिम शनिबार साहित्य संगम श्रृङ्खला आयोजना गर्दै आएको र २४औं श्रृङ्खलामा युवा कवि मोतीराम भट्ट, राजनीतिज्ञ एवं साहित्यकार विश्वेश्वरप्रसाद कोइराला(विपि), साहित्यकार गुरूप्रसाद मैनालीसंगै डा. न्यौपानेद्वारा लेखिएको बुद्धकालीन देवदह नामक पुस्तक परिचर्चा गर्ने अवसरको रुपमा लिएको वताएका थिए।
साहित्यकार डा.मुरारी पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य जानकी न्यौपानेको आतिथ्यता रहेको थियो।
कार्यक्रममा वोल्दै साहित्यकार वनमाली निराकारले न्यौपानेको रचना अत्यन्तै महत्वपूर्ण रहेको र अध्यायन र जानकारी लिन उपयुक्त रहेको धारणा राखेका थिए। उनले विपि कोइराला नेपाली राजनीतिमा र साहित्यमा अमर व्यक्ति रहेको स्मरण गरेका थिए।
विपिका रचनाहरुको समष्टिगत विवेचना गर्दै उनको राजनैतिक विचार र साहित्य आम नेपालीले आत्मसात गर्नुपर्ने औंल्याएका थिए।
कार्यक्रमका अध्यक्ष साहित्यकार डा.मुरारी पराजुलीले बुद्धको जन्मस्थलको बारेमा भारतले आफ्नो देशमा भएको भनेर विवादमा ल्याउन खोजेकोले नेपाल र नेपालीले चिर्न आवस्यक रहेको र ईतिहास अध्ययन गरी वास्तविकता जानकारी पाउन समेत बुद्धको मावली पुस्तक महत्वपूर्ण हुने विश्वास गर्दै शुभकामना दिएका थिए।
साहित्यकार कविराज पौडेलले समालोचनासंगै साहित्यिक ज्ञानका विषयमा चर्चा गरेका थिए।
साहित्यकार डा.हरिप्रसाद भण्डारीले पुस्तक अत्यन्त महत्वपूर्ण रहेको वताउदै बुद्धका बारेमा ज्ञान हासिल गर्न सकिने धारणा राखेका थिए।
कार्यक्रमको कार्यतालिका अनुसार रमेश समर्थनले मोतिराम भट्टको विवेचना गरेका थिए भने हरि देवकोटाले गुरु प्रसाद मैनालीको बारेमा परिचर्चा गरेका थिए।
कार्यक्रममा कार्यक्रमको सञ्चालन संगै उद्धव देवकोटा,गणेश न्यौपाने,डिआर न्यौपाने, श्रीराम न्यौपाने,यज्ञलाल सुवेदी, लक्ष्मण ज्ञवाली,यज्ञ न्यौपाने लगायतले रचना वाचन गरेका थिए।

छुटाउनुभयो कि ?

डा.न्यौपानेद्वारा लिखित बुद्धकालीन देवदह पुस्तकको परिचर्चा

डा.न्यौपानेद्वारा लिखित बुद्धकालीन देवदह पुस्तकको परिचर्चा

बुटवलडाक्टर कृष्ण न्यौपानेद्वारा लिखित बुद्धकालीन देवदह नामक पुस्तकको परिचर्चा सम्पन्न भएको छ।शनिबार रुपन्देहीको तिलोत्तमा स्...
भोटेकोशी बाढीबाट ४०८ अर्बको क्षति, पुनर्निर्माणमा ७२३ अर्ब लाग्ने

भोटेकोशी बाढीबाट ४०८ अर्बको क्षति, पुनर्निर्माणमा ७२३ अर्ब लाग्ने

काठमाडौंरसुवा–भोटेकोशी बाढीबाट ४०८ अर्ब २९ करोड रुपैयाँ बराबरको क्षति तथा आर्थिक नोक्सान भएको सरकारी अध्ययनले देखाएको छ। राष्...
नेपाली सेनासँग मिल्दोजुल्दो पोसाक प्रयोग गरेको आरोपमा ‘ग्रिन आर्मी नेपाल’विरुद्ध सर्वोच्चमा रिट

नेपाली सेनासँग मिल्दोजुल्दो पोसाक प्रयोग गरेको आरोपमा ‘ग्रिन आर्मी नेपाल’विरुद्ध सर्वोच्चमा रिट

काठमाडौंरसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीका क्रममा नेपाली सेनासँग मिल्दोजुल्दो पोसाक, दर्जा र चिह्न प्रयोग गरी उद्धार तथा ...
तिलोत्तमामा तीज सांस्कृतिक महोत्सव हुँदै, बाढीपीडितलाई सहयोग गर्ने घोषणा

तिलोत्तमामा तीज सांस्कृतिक महोत्सव हुँदै, बाढीपीडितलाई सहयोग गर्ने घोषणा

रुपन्देहीरुपन्देहीको तिलोत्तमा स्थित मधवलियामा कोटिहवा तीज सांस्कृतिक महोत्सव आयोजना हुने भएको छ। तीज पर्वलाई लक्षित गरी आयोज...