सफल क्याम्पस प्रमुख कहलिएका प्रधानाध्यापक ज्ञवाली सर्वोत्कृष्ट कालिका मावि उँचो राख्ने योजनामा



बुटवल
वि.सं.२०२६ सालमा गुल्मीको रुरुक्षेत्र ५ वम्घामा जन्मिएका विष्णुहरी ज्ञवालीले ०५२ सालमा श्री जनबोध उच्च माविबाट शिक्षक सेवामा प्रवेश गरे। नेपाली विषयमा स्नातकोत्तर हासिल गरेका ज्ञवालीले ०६० सालबाट नेपाल सरकारको स्थाई शिक्षक सेवाको नियुक्ति लिए।
गुल्मीकै जनवोध उच्च माध्यमिक विद्यालयमा अध्यापन गरेका उनले रुरुक्षेत्रकै श्रृङ्गेश्वर क्याम्पसमा संस्थापक क्याम्पस प्रमुखको जिम्मेवारी सफलता पुर्वक सम्हालेका थिए ।
क्षमतावान शिक्षकको पहिचान वनाएका उनी ०६४ मा गुल्मीबाट बुटवलको कालिका माविमा सरुवा गरी आए ।
ज्ञवालीले कालिका माविमा ०७७ मा १ बर्ष निमित्त प्रधानाध्यापकको जिम्मेवारी सफलता पुर्वक सम्हाली सकेका छन्।
उनी विद्यालयको अतिरिक्त कृयाकलापको संयोजक थिए।
कालिका माविको ईतिहास लेखन संगै कालिका माविको पहिलो स्मारिकाको सम्पादन र संयोजन समेत गरे।
ज्ञवाली २०८३ साउन २७ गते बुटवल उपमहानगर पालिकाले प्रधानाध्यापकको पदपूर्तिका लागि गरेको दरखास्त आह्वानबाट छनोट भई विद्यालय व्यवस्थापन समितिको सिफारिस बमोजिम सोहि मितिबाट कालिका मानव ज्ञान माविको प्रधानाध्यापकमा नियुक्त भएका छन्।
नियुक्ती पश्चात ज्ञवाली देशकै सर्वोत्कृष्ट विद्यालयको रुपमा स्थापित गराउने पुर्व प्रधानाध्यापकहरु छवि नेपाल,कौशलराज वस्याल,, घनस्याम पाठक,दिनेश थापा विद्यालय व्यवस्थापन समिति अध्यक्ष नित्यानन्द ज्ञवाली तथा पुर्व अध्यक्षहरु रामचन्द्र क्षेत्री,होम बहादुर गलामी, तेजेन्द्र खनाललगायतका सम्पुर्ण विद्यालयका अभियान्ताको सम्मान गर्दै विद्यालयको गरिमा उँचो वनाउने योजनामा छन्।
कालिका मानव ज्ञान माविमा हाल व्यवस्थापन, विज्ञान प्राविधिक धारतर्फ कम्प्युटर इन्जिनियरिङ, शिक्षा, कानुन, मानविकी, ललितकलामा कक्षा ११/१२मा शिक्षा सञ्चालन हुँदै आएको छ।
विषेश गरि नैतिक, व्यवहारिक र आत्मनिर्भर शिक्षा प्रदान गर्न जोड दिने ज्ञवालीको योजना छ।

सन्दर्भमा कालिका मानवज्ञान मावि:
२०१८ सालमा बुटवलको योगीकुटीमा विश्वशान्ति नेपाल राष्ट्रिय प्राविका नाममा स्थापना भएको विद्यालय २०२९ सालमा कालिका स्कुलमा परिणत भएको थियो। विद्यालयको भौतिक पूर्वाधार पनि गतिलो थिएन। त्यसमाथि स्थानीयको स्कुलप्रति व्यवहार पनि गतिलो थिएन। स्थानीयले कक्षाकोठाका तालामा काठका ठेडी कोचेर ताला नै फोड्नुपर्ने बाध्यता थियो। झ्यालका सिसा तोडिएका थिए। विद्यालयको कम्पाउन्ड थिएन, कक्षाकोठा जीर्ण थिए। न गतिला कुर्सीटेबल, न राम्रो पढाइ। कक्षा ६ भन्दा तलका कक्षामा न्यून विद्यार्थी। त्यतिबेला जम्मा करिब ८०० विद्यार्थी थिए भने २२ जना शिक्षक-कर्मचारी र १४ कोठाको बिग्रेभत्केको भवन। यही थियो विद्यालयको तत्कालीन अवस्था। जब २१ असार २०६५ मा घनश्याम पाठक प्रधानाध्यापक नियुक्त भए, तब त्यो घटनानै विद्यालय बदलिने कारण बन्यो।
शैक्षिक, प्रशासनिक र आर्थिक अभावसँग जुधिरहेको मानवज्ञान माध्यमिक विद्यालयसमेत गाभेर २०७५ सालमा कालिका मानवज्ञान माध्यमिक विद्यालय बनाइयो। अहिले यी दुवै विद्यालय सेक्टर १ र २ भनेर सञ्चालनमा छन्। र कुनै समय विद्यार्थी उत्तीर्ण दर कमजोर भएका कारण सरकारले अनुदानसमेत रोकेको विद्यालय अहिले देशकै उत्कृष्ट सामुदायिक विद्यालयका रूपमा स्थापित छ। सामुदायिक विद्यालयको छवि बदलेको र नतिजामा निजी तथा सुविधासम्पन्न विद्यालयसँग प्रतिस्पर्धा गरिरहेको कालिकाले अहिले देशमै नाम कमाएको छ।
अहिले यहाँ ८ हजार २ सय विद्यार्थी पढ्छन्। हरेक शैक्षिक सत्रमा भर्ना हुन आउने विद्यार्थी र अभिभावक भर्ना नपाएर दुःखी हुँदै फर्किन्छन् । यो रूपान्तरण अचानक सम्भव भएको होइन,उनै पाठकको लगाव, निरन्तरको अभ्यास, सामूहिक भावना, समुदायको विश्वास र परिणाममुखी सोचको संयुक्त परिणाम हो । यो गरिमालाई थप उंचो वनाउने ज्ञवालीको योजना अवस्य सफल हुनेछ।
कालिका माविमा भएको अभ्यास अन्य विद्यालयहरूमा समेत लागु गराउन सके देशकै शैक्षिक स्तरमा सुधार आउने जानकार बताउँछन्। कालिकाले पछिल्लो समयमा राम्रो गति लिएको छ, यहाँको टिमले गरेको प्रगतिले शिक्षाको स्तरमा हेरफेर ल्याएको छ।
कालिका २०७३ सालको एसएलसी परीक्षामा राष्ट्रिय प्रथम, २०७४ सालमा राष्ट्रिय तृतीय, २०८० सालमा १६ वटा सूचकमा राष्ट्रिय प्रथम र २०८१ मा कक्षा १२ को परीक्षामा उत्कृष्ट घोषणा भएको थियो । २०७५ सालमा शिक्षा मन्त्रालयले कालिकालाई नमुना विद्यालय घोषणा गरेको थियो। २०७१ सालदेखि उत्कृष्ट बन्दै आएको यस विद्यालयमा लुम्बिनी प्रदेशका १२ जिल्लासहित देशका ७० जिल्लाका विद्यार्थी अध्ययनरत छन्। २०७० सालदेखि २०७५ सालसम्म प्राविधिकतर्फ निरन्तर पहिलो भएको यस विद्यालयले २०७३ सालमा अन्तर्राष्ट्रिय स्कुल अवार्डसमेत पाएको थियो।
बालविकासदेखि कक्षा १२ सम्म पढाइ हुने यस विद्यालयमा
विद्यार्थीका लागि १७ वटा भवन ब्लक, २५२ कोठा, ६ वटा अतिरिक्त कक्षाकोठा,१४३ कक्षा कोठामा पढाई हुने गरेको,दुई वटा खेलमैदान, आठ वटा विज्ञान प्रयोगशाला, ६ वटा कम्प्युटर ल्याब, ललितकला ल्याब, डिजिटल ल्याब र इलेक्ट्रिक ल्याब, दुई वटा वाचनालय, एउटा सभाहल, एउटा बालउद्यान, ७० वटा शौचालय र ५१ वटा प्रोजेक्टर छन्। विद्यालयको कालिकानगरमा र रामनगरमा गरी पाँच बिघा आठ कट्ठा जग्गा छ।

३ सय ४८ जना शिक्षक-कर्मचारी रहेका छन् र ४६ स्थाई शिक्षक, राहत ८ , प्राविधिक तर्फ ८ गरी सरकारी दरवन्दीमा ६२ जना, सरकारको अनुदान र २ सय ८६ विद्यालय श्रोत बाट सञ्चालन रहेको प्रधानाध्यापक विष्णुहरी ज्ञवाली वताउछन्।
ज्ञवालीले विशेषगरी कक्षा ११ र १२का विद्यार्थी अभिभावकको आर्थिक सहयोगले विद्यालय सञ्चालनमा सहजता ल्याएको छ।
कालिका मानवज्ञान माध्यमिक विद्यालयलाई उत्कृष्ट बनाउन स्थानीय सरकारदेखि संघ सरकारले समेत साथ दिएका छन्। बुटवल उपमहानगरपालिकाले विद्यालयको भवन निर्माण, शौचालय निर्माण र डिजिटल लर्निङका साथै खेलकुद क्षेत्रमा विद्यालयमा लगानी गरेको छ।
रुपन्देहीमा कालिकासहितका कान्ति मावि, शान्ति मावि,नवीन औद्योगिक मावि, सैनामैना नमुना माविराष्ट्रियस्तरमै उत्कृष्ट विद्यालयका रूपमा स्थापित भइसकेकाले यी विद्यालयहरूबाट सिक्दै अन्य विद्यालयलाई समेत उत्कृष्ट बनाउन लाग्न आवश्यक देखिन्छ।

छुटाउनुभयो कि ?

सफल क्याम्पस प्रमुख कहलिएका प्रधानाध्यापक ज्ञवाली सर्वोत्कृष्ट कालिका मावि उँचो राख्ने योजनामा

सफल क्याम्पस प्रमुख कहलिएका प्रधानाध्यापक ज्ञवाली सर्वोत्कृष्ट कालिका मावि उँचो राख्ने योजनामा

बुटवलवि.सं.२०२६ सालमा गुल्मीको रुरुक्षेत्र ५ वम्घामा जन्मिएका विष्णुहरी ज्ञवालीले ०५२ सालमा श्री जनबोध उच्च माविबाट शिक्षक से...
डा.न्यौपानेद्वारा लिखित बुद्धकालीन देवदह पुस्तकको परिचर्चा

डा.न्यौपानेद्वारा लिखित बुद्धकालीन देवदह पुस्तकको परिचर्चा

बुटवलडाक्टर कृष्ण न्यौपानेद्वारा लिखित बुद्धकालीन देवदह नामक पुस्तकको परिचर्चा सम्पन्न भएको छ।शनिबार रुपन्देहीको तिलोत्तमा स्...
भोटेकोशी बाढीबाट ४०८ अर्बको क्षति, पुनर्निर्माणमा ७२३ अर्ब लाग्ने

भोटेकोशी बाढीबाट ४०८ अर्बको क्षति, पुनर्निर्माणमा ७२३ अर्ब लाग्ने

काठमाडौंरसुवा–भोटेकोशी बाढीबाट ४०८ अर्ब २९ करोड रुपैयाँ बराबरको क्षति तथा आर्थिक नोक्सान भएको सरकारी अध्ययनले देखाएको छ। राष्...
नेपाली सेनासँग मिल्दोजुल्दो पोसाक प्रयोग गरेको आरोपमा ‘ग्रिन आर्मी नेपाल’विरुद्ध सर्वोच्चमा रिट

नेपाली सेनासँग मिल्दोजुल्दो पोसाक प्रयोग गरेको आरोपमा ‘ग्रिन आर्मी नेपाल’विरुद्ध सर्वोच्चमा रिट

काठमाडौंरसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीका क्रममा नेपाली सेनासँग मिल्दोजुल्दो पोसाक, दर्जा र चिह्न प्रयोग गरी उद्धार तथा ...