Author: संचार पत्र

हेटौडा बजारमा चल्यो डोजर

हेटौडा बजारमा चल्यो डोजर

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौँहेटौंडाको बजार क्षेत्रको सडक विस्तार शनिबार बिहानदेखि शुरु भएको छ । सडक डिभिजन कार्यालय हेटौडाले शनिबार बिहानैदेखि बजार क्षेत्रमा डोजर चलाएर सडक क्षेत्रमा परेका संरचना भत्काएको हो ।शुक्रबार सर्वोच्च अदालतले सडक विस्तार कार्य रोक्न अल्पकालीन अन्तरिम आदेश दिएपनि सो आदेश प्राप्त नभएको भन्दै शनिबार बिहानदेखिनै डोजर चलाइएको थियो ।सडक डिभिजनले यसअघि सुचना प्रकाशित गरेर मङ्सिर १९ अर्थात शुक्रबारसम्म अफ्नानो संरचना हटाउन अल्टिमेटम दिएको थियो ।हेटौंडा उपमहानगर क्षेत्रभित्र पर्ने राष्ट्रिय राजमार्गको सडक सीमा केन्द्र रेखादेखि २५–२५ गजभित्र बनेका स्थायी तथा अस्थायी प्रकृतिका घरटहरा, संरचना हटाउन दिएको १५ दिने अल्टिमेटम दिदै सडक डिभिजनले मंसिर २० देखि सडक विस्तारको काम शुरु गर्ने र सीमाभित्रका संरचना हटाउने बताएको थियो । ...
रूपन्देहीको तिलोत्तमा जारी राष्ट्रिय औद्योगिक, कृषि तथा पर्यटन महोत्सवमा दर्शकको भिड

रूपन्देहीको तिलोत्तमा जारी राष्ट्रिय औद्योगिक, कृषि तथा पर्यटन महोत्सवमा दर्शकको भिड

Breaking news 2, कृषि, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, मनोरञ्जन, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलरुपन्देहीको तिलोत्तमा–५ मणिग्रामस्थित मेला मैदानमा ८ औँ तिलोत्तमा राष्ट्रिय औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सवको छैटौं दिन शनिबार दर्शकको उल्लेख्य सहभागिता रहेको छ। महोत्सवमा स्वदेशी उत्पादनलाई राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन यस्तो मेला अत्यन्त उपयोगी रहन्छन्। नगरभित्र रहेका साना तथा ठूला सबै उद्योगी–व्यवसायीले महोत्सवलाई अवसरको रूपमा उपयोग गर्ने र महोत्सवले केवल व्यापारिक गतिविधिकै लागि मात्र नभएर, स्थानीय समुदायलाई आर्थिक, सामाजिक तथा सांस्कृतिक रूपमा उकास्न ठूलो योगदान पुर्‍याउने अपेक्षा छ।स्थानीय कलाकारलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने मौका मिल्ने छ। स्थानीय उद्यमी–व्यवसायीको व्यवसायिक उन्नतिमा महोत्सवले ठूलो भूमिका खेल्ने विश्वास छ।तिलोत्तमा क्षेत्रमा स्थायी प्रकृतिको मेला स्थल निर्माणको आवश्यकता पहिल्यैदेखि उठ्दै आएको उल्लेख गर्दै अब न...
एनपीएल क्रिकेट: आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै

एनपीएल क्रिकेट: आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै

Breaking news 2, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका, विदेश, शिक्षा, समाचार
काठमाण्डौ नेपाल प्रीमियर लिग (एनपीएल) क्रिकेटमा आज दुईवटा खेल हुदैछन् । त्रिवि क्रिकेट रंगशालामा आज हुने पहिलो खेलमा बिहान सवा ११ बजे सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सले खेल्दैछन् । यी दुवै टोली प्लेअफमा पुगिसकेका छन् ।लगातार ६ खेल जितेको सुदूरपश्चिम १२ अंकसहित तालिकाको शिर्ष स्थानमा छ । सुदूरपश्चिम एनपीएल क्रिकेटको दोस्रो संस्करणमा एक मात्र अपराजित टोली हो । यस्तै ६ खेलमा विराटनगरको ४ मा जित र २ खेलमा हार रहेको छ । विराटनगर ८ अंकसहित तालिकाको तेस्रो स्थानमा छ । तालिकाको दोस्रो स्थानमा १० अंकसहित काठमान्डु गोर्खाज रहेको छ । त्यस्तै आजको दोस्रो खेल दिउँसो साढे ३ बजे चितवन राईनोज र पोखरा एभेन्जर्सबीच हुनेछ । यी दुवै टोली प्लेअफ पुग्नबाट बाहिरिसकेका छन् । ६ खेलमा २ मा जीत र ४ मा हारसहित चितवन तालिकाको छैठौँ र ६ खेलमा ४ खेल हारेको पोखरा २ अंकसहित तालिकाको पाँचौ स्थानमा छ । पोखरा ...
राजनैतिक दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन

राजनैतिक दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँ निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरुलाई विभिन्न २० बुँदे निर्देशन दिएको छ।आयोगले आगामी पुस ११ गते राष्ट्रियसभाको निर्वाचनको मिति तय गरेको छ। प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनका लागि आवश्यक सहयोग गर्न आग्रह गर्दै आयोगले निर्देशन दिएको छ। निर्वाचनमा समावेशी समानुपातिक प्रतिनिधित्व कायम गर्दै निर्वाचनमा सुशासन कायम गर्न राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम आयोगमा दर्ता भएका राजनीतिक दललाई आवश्यक निर्देशन दिइएको आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेले जानकारी दिए। निर्वाचन प्रणालीमा समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न निर्वाचनमा प्रत्येक दलले प्रत्यक्षतर्फ उम्मेदवारी दिँदा त्यसको एकतिहाइ नघटने गरी महिला उम्मेदवारको प्रतिनिधित्व सुनिश्चित गर्ने एवम लैङ्गिक तथा समावेशी प्रतिनिधित्व सुनि...
जनकपुरलाई हराउदै लुम्बिनी लायन्स प्लेअफमा

जनकपुरलाई हराउदै लुम्बिनी लायन्स प्लेअफमा

Breaking news 1, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार
काठमाडौंलुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुगेको छ । शुक्रबार सम्पन्न खेलमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई पराजित गर्दै प्लेअफमा स्थान सुरक्षित गरेको हो । लुम्बिनीले जनकपुरलाई ४ विकेटले पराजित गरेको छ । जनकपुरले दिएको १३३ रनको लक्ष्य पछाएको लुम्बिनीले १९.१ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । लुम्बिनीका लागि कप्तान रोहित पौडेलले ३४, डिआर्ची शर्टले ३०, जेजे स्मिटले २१, निरोश डिकवेलाले १७ र दिलिपनाथले अविजित १५ रन बनाएका थिए । त्यसैगरी जनकपुरका बलरसंगीथ कूरेले ३ विकेट लिएका थिए भने मयन यादवले २ विकेट लिएका थिए । यसअघि टस जितेर पहिला ब्याटिंग गरेको जनकपुर बोल्ट्सले २० ओभरमा ६ विकेट गुमाउदै १३२ बनाएको थियो । जनकपुरका लागि संगीथ कूरेले सर्बाधिक अविजित ४५ रन बनाएका थिए भने मयन यादवले २७, आसिफ सेखले २०, संजय कृष्णमुर्थीले १४ र सुभ कंसाकारले ११ रन ...
मधेस प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त

मधेस प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार
काठमाडौँ मधेस प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव नियुक्त भएका छन्।सात दलीय गठबन्धनको तर्फबाट दाबी पेस गरेका यादवलाई प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन्। मुख्यमन्त्री यादवको शपथ शनिबार बिहान हुने प्रदेश प्रमुख कार्यालय स्रोतले जनाएको छ। नयाँ सरकार गठनको गृहकार्यमा लागेका सातदलसँग मधेस प्रदेश सभामा दुई तिहाई भन्दा धेरै मत छ। यादवलाई कांग्रेससहित जसपा नेपाल, जनमत, नेकपा माओवादी केन्द्र, लोसपा, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थन छ। प्रदेस सभामा एमालेका २५, कांग्रेसका २२, जसपा नेपालका १९, जनमतका १३, नेकपा माओवादी केन्द्र र लोसपाका ९–९, नेकपा एकीकृत समाजवादीका ७, नागरिक उन्मुक्ति, राप्रपा र संघीय समाजवादी पार्टीका १–१ सांसद छन्। ...
बुटवलमा मानसिक स्वास्थ्य केन्द्र ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा सञ्चालनमा

बुटवलमा मानसिक स्वास्थ्य केन्द्र ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा सञ्चालनमा

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवल नेपालमा मानसिक स्वास्थ्य, हिप्नोथेरापी (सम्मोहन विद्या) तथा वैकल्पिक उपचार क्षेत्रमा सक्रिय वेलनेस केन्द्र ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा आजदेखि बुटवलको मिलनचोकमा सञ्चालनमा आएको छ ।हिप्नोथेरापिस्ट, ऊर्जा उपचारकर्ता तथा मनोसामाजिक परामर्शदाताका रूपमा परिचित आयुष चन्द्र रेग्मीद्वारा सञ्चालित उक्त केन्द्रले मानसिक स्वास्थ्य समस्यालाई सम्बोधन गर्न प्राचीन पूर्वीय उपचार पद्धति र आधुनिक वैज्ञानिक विधिको संयोजनमार्फत सेवा प्रदान गर्ने जनाएको छ । वैकल्पिक उपचार क्षेत्रमा ४ हजारभन्दा बढी सफल केसमा काम गरिसकेको केन्द्रका संस्थापक रेग्मी यस शाखाले लुम्बिनी प्रदेशका सेवाग्राहीका लागि उपचार पहुँच विस्तारमा मद्दत गर्नेमा विश्वस्त छन् । ‘तनाव, आत्मविश्वासको कमी, भावनात्मक असन्तुलन, फोबिया, ट्रमा, सम्बन्धका चुनौती तथा जीवनशैलीसम्बन्धी समस्याहरू समाधानमा राम्रो सफलता प्राप्त गरेका ...
पुर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवलको तिनाउ नदीमा आकर्षक सिग्नेचर पुल निर्माणका लागि टेण्डर आव्हान

पुर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवलको तिनाउ नदीमा आकर्षक सिग्नेचर पुल निर्माणका लागि टेण्डर आव्हान

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, फिचर, बिज्ञान प्रबिधि, राजनीति, विदेश, विविध, शिक्षा, समाचार, समाज
बुटवलबुटवलको तिनाउ नदीमा आकर्षक सिग्नेचर पुल निर्माणका लागि टेण्डर आव्हान भएको छ। सडक विभागको विकास सहयोग कार्यान्वयन महाशाखाले उक्त पुल निर्माणका लागि टेण्डर आव्हान गरेको हो। तिनाउ नदी माथि पुल बनाउनका लागि चिनियाँ, भारतीय, स्विस र नेपालका पुल विज्ञहरूसँगको परामर्शमा सिग्नेचर पुलको आर्किटेक्ट र स्ट्रक्चर डिजाइन तयार भइसकेको छ। पूर्व पश्चिम महेन्द्र राजमार्ग निर्माण पछि २०३८ सालमा बनेको अहिलेको पुल पुरानो र साँघुरो भएपछि नेपाली र विदेशी इन्जिनियरहरूको टोलीले आधुनिक पुलको डिजाइन तयार पारेको छ। तत्कालीन उपप्रधान तथा अर्थमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु प्रसाद पौडेलको पहलमा उक्त पुल आकर्षक डिजाइनमा निर्माणको प्रक्रिया अगाडी बढाएका थिए। अहिलेको पुल समेत नभत्काई संगै बन्ने यो पुल ४२१ मिटर लम्वाई र ४ लेनको बन्ने छ। डिजाइन गर्दा पुलको वारिपारि चेक ड्याम बनाएर तलाउ बनाउने गरी तयार ...
तेस्रो आंखा खोलौं, हामी भ्रमको बाली भर्ने सपनाका सिकार हुंदैछौं

तेस्रो आंखा खोलौं, हामी भ्रमको बाली भर्ने सपनाका सिकार हुंदैछौं

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, लेख रचना, शिक्षा, समाचार, समाज, स्थानीय
केदार भुसाल बुटवल पपुलिस्ट लोकतन्त्र कि उत्पादन र श्रमबाट निर्माणहुने समृद्धिमा आधारित नागरिकतन्त्र जेन्जी आन्दोलनको चाहना थियो? आन्दोलन गर्ने जेन्जी त गेरीखाने नागरिकका सन्तान थिए, आज जेन्जिको प्रतिनिधित्व गर्ने त पपुलिस्ट नाराका नायक भएछ्न। आन्दोलन परीवर्तनको बाहक हो, केही स्वार्थी मानिसको सत्ता प्राप्तिको लहड होइन। केही बर्षनै भैसक्यो, जवर्जस्ती केही आफुलाइ अरु भन्दा पृथक र शिक्षित ठान्ने मानिसहरु केही अन्यथा संकथनहरु नेपालीका दिमागमा रोप्ने र हुर्काउने प्रयास गर्दैछन। ती संकथन हुन १. "नेपाल बस्न लाएकको छैन। घिनलाग्दो छ। यहाँ केही छैन। यहाँ भ्रस्टाचार मात्र छ। आदि इत्यादी।" हो, देशमा समस्या छ्न। के अमेरीकामा समस्या छैनन? के त्यांहाको राजनीति सिमित धनीका अधिनमा छैन? के युरोपको अर्थतन्त्र झनझन पतन हुँदै छैन? समस्या जताततै छ्न। नेपालमा पनि छ्न र तिनको निदान गर्ने राज्य व्य...
आज १२औं विश्व माटो दिवस मनाइदै

आज १२औं विश्व माटो दिवस मनाइदै

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौँआज १२औं विश्व माटो दिवस विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । डिसेम्बर ५ मा विश्वभर माटोको दिगो उर्वराशक्ति व्यवस्थापनसम्बन्धी विषय सम्बोधन गर्ने र जनचेतना अभिवृद्धि गर्ने मूल ध्येयका साथ विविध कार्यक्रम गरी विश्व माटो दिवस मनाइन्छ । ‘स्वस्थ माटो, स्वस्थ गाउँ सहर’ मूल नारासाथ यसपालीको दिवस मनाउन लागि रहेको हो । नेपालमा सन् २०१४ डिसेम्बर ५ मा काभ्रेपलाञ्चोकको पाँचखालमा घुम्ती माटो परीक्षण प्रयोगशालाबाट स्थलगत माटो परीक्षणको औपचारिक सुरुवात सँगै विश्व माटो दिवस मनाउन थालिएको हो । दिगो माटो व्यवस्थापनमार्फत माटोको उर्वरा शक्ति सुदृढ गरी स्वस्थ माटो भावी पुस्तालाई हस्तान्तरण गर्नु विश्व माटो दिवसको उद्देश्य रहेको छ । डिजिटल माटो नक्साको तथ्याङ्कअनुसार नेपालमा जाँचिएको कुल माटोमध्ये करिब ५४ प्रतिशत माटो अम्लीय, २९ प्रतिशत तटस्थ र १७ प्रतिशत माटो क्षारीय प्रकृतिको रहेको कृष...