एनपीएल क्रिकेट: आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै


काठमाण्डौ

नेपाल प्रीमियर लिग (एनपीएल) क्रिकेटमा आज दुईवटा खेल हुदैछन् । त्रिवि क्रिकेट रंगशालामा आज हुने पहिलो खेलमा बिहान सवा ११ बजे सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सले खेल्दैछन् । यी दुवै टोली प्लेअफमा पुगिसकेका छन् ।
लगातार ६ खेल जितेको सुदूरपश्चिम १२ अंकसहित तालिकाको शिर्ष स्थानमा छ । सुदूरपश्चिम एनपीएल क्रिकेटको दोस्रो संस्करणमा एक मात्र अपराजित टोली हो । यस्तै ६ खेलमा विराटनगरको ४ मा जित र २ खेलमा हार रहेको छ । विराटनगर ८ अंकसहित तालिकाको तेस्रो स्थानमा छ । तालिकाको दोस्रो स्थानमा १० अंकसहित काठमान्डु गोर्खाज रहेको छ ।

त्यस्तै आजको दोस्रो खेल दिउँसो साढे ३ बजे चितवन राईनोज र पोखरा एभेन्जर्सबीच हुनेछ । यी दुवै टोली प्लेअफ पुग्नबाट बाहिरिसकेका छन् । ६ खेलमा २ मा जीत र ४ मा हारसहित चितवन तालिकाको छैठौँ र ६ खेलमा ४ खेल हारेको पोखरा २ अंकसहित तालिकाको पाँचौ स्थानमा छ । पोखरा र चितवनसहित कर्णाली र जनकपुर प्लेअफ समिकरणबाट बाहिरिएका टोली हुन् ।

छुटाउनुभयो कि ?

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...
संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

श्रीराम ज्ञवाली नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गर्दै राज्यशक्तिको प्रयोग सहकारित...
महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रासवपा)का सांसद खगेन्द्र सुनार महिला हिंसासँग जोडिएको एक अडियो प्रकरणमा फेरि जोडिएका छन् ...
बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बुटवल असोज शुक्ल बडादशैं पञ्चमीको दिन आज देवी स्कन्दमाताको पूजा आराधना गरेर मनाइदैछ । नवदूर्गामध्येकी पाँचौं देवीलाई स्कन्दमा...