जनकपुरलाई हराउदै लुम्बिनी लायन्स प्लेअफमा


काठमाडौं
लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुगेको छ । शुक्रबार सम्पन्न खेलमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई पराजित गर्दै प्लेअफमा स्थान सुरक्षित गरेको हो ।

लुम्बिनीले जनकपुरलाई ४ विकेटले पराजित गरेको छ । जनकपुरले दिएको १३३ रनको लक्ष्य पछाएको लुम्बिनीले १९.१ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

लुम्बिनीका लागि कप्तान रोहित पौडेलले ३४, डिआर्ची शर्टले ३०, जेजे स्मिटले २१, निरोश डिकवेलाले १७ र दिलिपनाथले अविजित १५ रन बनाएका थिए । त्यसैगरी जनकपुरका बलरसंगीथ कूरेले ३ विकेट लिएका थिए भने मयन यादवले २ विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको जनकपुर बोल्ट्सले २० ओभरमा ६ विकेट गुमाउदै १३२ बनाएको थियो । जनकपुरका लागि संगीथ कूरेले सर्बाधिक अविजित ४५ रन बनाएका थिए भने मयन यादवले २७, आसिफ सेखले २०, संजय कृष्णमुर्थीले १४ र सुभ कंसाकारले ११ रन बनाएका थिए । त्यस्तै लुम्बिनीका बलर रोहित पौडेल र शेर मल्लले २-२ विकेट लिएका थिए भने जेजे स्मिट र रुबेन ट्रम्पपेलमेनले एक एक विकेट लिएका थिए ।

यो जितपछि लुम्बिनीको ७ खेलमा ८ अंक भएको छ र प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको छ । योसँगै लुम्बिनीसँगै विराटनगर किंग्स, काठमाडौँ गोर्खाज र सुदूरपश्चिम रोयल्स एनपीएलको दोस्रो सिजनको प्लेअफमा पुगेका छन् । त्यस्तै एनपीएलको डिफेन्डिङ च्याम्पियन जनकपुरसहित चितवन राइनोज, पोखरा एभेन्जर्स र कर्णाली याक्स प्लेअफको दौडबाट बाहिरिएका छन् ।

छुटाउनुभयो कि ?

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई   आजीवन र जन्मकैद

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई आजीवन र जन्मकैद

काठमाडौंकैलाली जिल्ला अदालतले मंगलबार भूपेन्द्र बडुवाल हत्याकाण्डका आरोपी नवीन रावलसहित ६ जनालाई आजीवन जन्मकैदको फैसला सुनाएक...
बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलबुटवल उपमहानगरपालिका १२ ढवाहमा चोरको विगबिगि भएको छ । सोमबार राती सतगढी टोल विकास संस्था अन्तर्गत पर्ने २ वटा घरमा चोरी ...
मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्वजनिक

मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्वजनिक

काठमाडौँपुस २८ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री तथा सरकारका प्र...
भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विष्फोटपछि आगलागी : नेपालीसहित ६ जना बेपत्ता

भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विष्फोटपछि आगलागी : नेपालीसहित ६ जना बेपत्ता

काठमाडौंभारतको हिमाञ्चलस्थित सोलन जिल्लाको अर्कीमा ग्यास सिलिन्डर विष्फोटपछिको आगलागी घटनामा नेपालीसहित ६ जना बेपत्ता भएका छन...