कांग्रेस विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा (नामसहित)
काठमाण्डौ – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा भएकोे छ । संस्थापन पक्षको विमति हुँदाहुँदै आयोजना भएको विशेष महाधिवेशनमा सहमतिको प्रयास विफल भएपछि गएराति नयाँ कार्यसमिति समिति घोषणा भएको हो ।
काठमाण्डौको भृकुटीमण्डपमा गएको आइतवारदेखि शुरू भएको विशेष महाधिवशेनबाट पार्टी सभापतिमा गगनकुमार थापा, उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल तथा महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे निर्वाचित हुनुभएको केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले जानकारी दिनुभयो ।
यस्तै पार्टीको सहमहामन्त्री डा. डिला सङ्ग्रौला पन्त (महिला), प्रकाश रसाइली स्नेही (दलित), बहादुरसिहं लामा (आदिवासी जनजाति), उदयशम्शेर राणा (खसआर्य), मुक्ताकुमारी यादव (मधेशी), फर्मुल्ला मन्सुर (मुस्लिम), योगेन्द्र चौधरी (थारु) र कर्णबहादुर बुढा ...








