कांग्रेसको आठ दशकमा तीन फुट : दुई विभाजनका मूल पात्र देउवा


३० पुस, काठमाडौं । झण्डै आठ दशक लामो इतिहास बोकेको दल नेपाली कांग्रेस तेस्रोपटक विभाजित भएको छ । नेतृत्वको कार्य शैलीका कारण विभाजित भएको कांग्रेसको इतिहासमा बुधबार फेरि नयाँ अध्याय थपिएको छ ।

२०१० सालमा कांग्रेस विभाजनमा बीपी र मातृकाको टकराव थियो । २०५९ गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवाको टकराव थियो । अहिलेको टकरावमा पनि शेरबहादुर देउवा नै जोडिएका छन् । यसपटक महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माहरूले पार्टीभित्र रुपान्तरणको माग अघि सारेका थिए । त्यो मागमा देउवा सहमत नहुँदा पार्टी विभाजित भएको छ ।

विशेष महाधिवेशन बोलाएर पार्टी विभाजन भएको यो घटना कांग्रेस जीवनमा नै नौलो छ । यसअघि २०१४ सालको विशेष महाधिवेशनमा तत्कालीन सभापति सुवर्ण शम्शेरले नै महाधिवेश बोलाएर बीपीलाई नेतृत्व हस्तान्तरण गरेका थिए । कांग्रेसको इतिहासमा यो दोस्रो महाधिवेशन हो । यो महाधिवेशन महाधिवेशन प्रतिनिधिहरूले बोलाएका थिए । महाधिवेशन प्रतिनिधिहरूको बलमा भएको विशेष महाधिवेशनले नेतृत्व नै परिवर्तन गरेको छ ।

विशेष महाधिवेशनले गरेको नेतृत्व परिवर्तनलाई देउवा पक्षले अस्वीकार गरेको छ । अब यो विभाजनले कांग्रेसलाई दुई चिरा पारेको छ । अब कुन कांग्रेस आधिकारिक भन्ने कानुनी झमेला पनि सुरु भएको छ ।

छुटाउनुभयो कि ?

आइतबारको बिदा हटाउन प्रस्ताव

आइतबारको बिदा हटाउन प्रस्ताव

काठमाडौंसरकारले सातामा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिँदै आएको छ । गत चैत २२ गते मन्त्रिपरिषद् बैठकले इन्धनको अभ...
भोटेकोशी बाढी : अहिलेसम्म १ हजार ३९५ शव भेटिए, ५ हजार १३० जना सम्पर्कविहीन

भोटेकोशी बाढी : अहिलेसम्म १ हजार ३९५ शव भेटिए, ५ हजार १३० जना सम्पर्कविहीन

काठमाण्डौ – रसुवाको भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीको आज तीन हप्ता भएको छ । अहिलेसम्म १ हजार ३९५ जनाको श...
कम्युनिटि राईड भएको टिभिएसको गोल्डेन कि जित्ने अफर सार्बजनिक

कम्युनिटि राईड भएको टिभिएसको गोल्डेन कि जित्ने अफर सार्बजनिक

बुटवलनेपालमा टीभीएसका दुईपांग्रे सवारीसाधनको आधिकारिक वितरक जगदम्बा मोटर्सले यस वर्षको पर्व लक्षित नयाँ फेस्टिभ क्याम्पेन टिभ...
३३ होल्डिङ सेन्टरमा २४ सय १८ बाढीपीडित : खानेपानी मुख्य समस्या, महामारीको जोखिम

३३ होल्डिङ सेन्टरमा २४ सय १८ बाढीपीडित : खानेपानी मुख्य समस्या, महामारीको जोखिम

काठमाडौँबिदुर नगरपालिकास्थित पीपलटारको होल्डिङ सेन्टरमा ५ वर्षीया योबिसा श्रेष्ठ २३ भदौको दिउँसोसम्म खेलिरहेकी थिइन् । तर रात...