साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ नेपालले श्रीलङ्कासँग बराबरी खेल्यो


काठमाण्डौ – साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ पहिलो खेलमा नेपालले श्रीलङ्कासँग बराबरी खेलेको छ । थाइल्यान्डको नन्थाबुरीमा हिजो बेलुका भएको खेलमा नेपाल र श्रीलङ्काले २–२ गोलको बराबरी खेलेका हुन् । योसँगै दुवै टोलीले १/१ अंक बाँडेका छन् ।

नेपालका मनिषा थापामगर र विमला चौधरीले तथा श्रीलंकाका थर्मिका सिवानेश्वरन र थारिडी लियानेजले गोल गरे । नेपाली महिला टोलीले पहिलो पटक अन्तर्राष्ट्रिय फुटसल च्याम्पियनसिप खेलेको हो ।

यस्तै पुरुषतर्फ नेपालले शुक्रवार श्रीलङ्कसँग खेल्दै प्रतियोगिताको शुरूआत गर्नेछ । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) ले पहिलो पटक साफ फुटसल च्याम्पियनसिप आयोजना गरेको हो ।

यो च्याम्पियनसिपमा दक्षिण एशियाका सात वटै देश (नेपाल, भारत, माल्दिभ्स, बङ्गलादेश, भुटान, श्रीलंका र आयोजक थाइल्यान्ड) बाट पुरुष र महिला टोली सहभागी छन् । लिग चरणको खेलपछि धेरै अंक जोडेर शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछन् ।

छुटाउनुभयो कि ?

शव गाड्ने निर्णय किन गरियो ? आफन्तले कसरी पाउँछन् ? विस्तृतमा

शव गाड्ने निर्णय किन गरियो ? आफन्तले कसरी पाउँछन् ? विस्तृतमा

काठमाडौंरसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण हालसम्म मृत्यु हुने संख्या ६ सय नाघिसकेको छ । अधिकांश शवको पहिचान हु...
भोटेकोशी र त्रिशूलीमा अहिलेलाई बाढीको जोखिम छैन : बाढी पूर्वानुमान महाशाखा

भोटेकोशी र त्रिशूलीमा अहिलेलाई बाढीको जोखिम छैन : बाढी पूर्वानुमान महाशाखा

काठमाण्डौ – बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी र त्रिशूली नदीसहित आसपासका क्षेत्रमा तत्काल बाढीको जोखिम नरहेको जनाएको छ । हि...
रसुवा बाढीमा मृत्यु भएका ११ जनाको शव बुटवल ल्याइयो

रसुवा बाढीमा मृत्यु भएका ११ जनाको शव बुटवल ल्याइयो

बुटवलरसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी मृत्यु भएका ११ जनाको शव लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा ल्याइएको छ।नवलपरासीका...
भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

काठमाण्डौ — भोटेकोशी र त्रिशूली नदीको बाढीमा ज्यान गुमाउनेको संख्या ५७९ पुगेको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपत्...