सम्पादकिय

लामिछानेको बयान सकियो, भोलि थुनछेक बहस हुने

लामिछानेको बयान सकियो, भोलि थुनछेक बहस हुने

Breaking news 1, ताजा अपडेट, विविध, समाचार, सम्पादकिय
माघ ९, २०८१ | बुटवल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको सहकारी ठगी एवं संगठित अपराध मुद्दामा बयान सकिएको छ । लामिछाने विरूद्धको पेशी जिल्ला न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा परेको थियो । योगीको ईजलासमा दिउँसो १ बजेबाट भएको बयान सकिएको हो । अब भोलि थुनछेक बहस सुरू हुने र थुनछेक बहस नहुँदासम्मका लागि जिम्माजमानीमा राख्न आदेश भएको छ । आदेशपछि लामिछानेलाई वकिल र परिवारको जिम्मा लगाईएको छ । लामिछानेविरुद्ध गत आइतबार बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको रकम ठगी र संठगित अपराधको कसुरमा अदालतमा मुद्दा दर्ता भएको थियो । सोही मुद्दाको प्रतिवादका लागि लामिछाने आज बिहान अदालत पुगेका थिए । लामिछाने पुगे लगत्तै अदालतले हाजिर गराएर न्यायाधीसहरुको गोलाप्रथाबाट मुद्धाको पेशी चढाईएको थियो । इलाका प्रहरी कार्यालय बुटवलको पूरक अनुसन्धानपछि जिल्ला सरकारी वकि...
वकिल माथि आक्रमणको विरोधमा कालो पट्टी बाँधेर  प्रदर्शन

वकिल माथि आक्रमणको विरोधमा कालो पट्टी बाँधेर प्रदर्शन

Breaking news 2, ताजा अपडेट, राजनीति, विविध, समाचार, सम्पादकिय, स्थानीय
६ माघ, काठमाडौं। कानुन व्‍यवसायीहरूले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको भौतिक आक्रमणको विरोधमा प्रदर्शन गरेका छन् । आइतबार सर्वोच्च बार एशोसिएशनको अगुवाइमा कानुन व्‍यावसायीहरूले नेपाल बार एशोसिएशनको प्राङ्गणमा प्रदर्शन गरेका हुन् । कानुन व्‍यवसायीहरूले घटनामा संलग्नहरूलाई कानुनी कारबाहीको दायरामा ल्याई कडा कारबाही गर्न माग गरे ।विधिको शासनमा अदालतमा पक्ष र विपक्षका बीचमा बहस गर्न पाउने जो सुकैलाई पनि अधिकार रहेको भन्दै कानुन व्‍यवसायीहरूले सरकारसँग सुरक्षाको समेत माग गरेका छन् । गत बुधबार रवि लामिछाने जोडिएको सहकारीका पीडितको पक्षबाट बहस गरेर फर्किँदै गर्दा अदालत परिसरमै त्रिपाठीलाई एउटा समूहले लछारपछार गरेको थियो । उनका अनुसार, इजलासबाट निस्किनासाथ उनलाई सुरुमा युट्युबरहरूले घेरेका थिए । बहसबारे सोधिएपछि आफूले केही बोल्न खोज्ने क्रममा ‘थुनाएर पैसा फिर्ता हुन्छ ?’ भन्दै...
विकास के र कसका लागि ?

विकास के र कसका लागि ?

Breaking news 1, पत्रपत्रिका, लेख रचना, समाज, सम्पादकिय
विश्वको इतिहासमा जुन देशहरू समृद्ध छन् ती देशहरूमा अधिकांश जनता उत्पादनसँग जोडिएका छन् , कृषि ,उद्योग, कलकारखाना ,विज्ञान प्रविधि आदिमा व्यस्त भएर नै ती देशहरु अगाडि बढेका हुन्। ती मुलुकहरुले आफ्नो देशमा कुन उद्यम उपयुक्त छ भनी सतहि रूपबाट अनुसन्धान गरी सोही अनुसारको शिक्षा प्रणाली लागू गरी आत्मनिर्भर हुँदै विदेशमा निर्यात गरी क्रमश समृद्ध बन्दै गएका हुन्। कुनै देशमा खनिज पदार्थ, कुनैमा पेट्रोलियम पदार्थ ,कुनैमा कृषि व्यवसाय, कुनैमा पर्यटन व्यवसाय ,कच्चापदार्थ स्वदेशमा उपलब्ध रहेका कलकारखानाको विस्तार ,कुनै देशले जलस्रोतको उपयोग जस्ता प्रक्रियाबाट ती देशहरू समृद्ध बनेका छन्। जस्तो चीन अमेरिका युरोपियन देशहरू र अन्य विकसित मुलुकहरू उत्पादनसँग जोडिएर मात्र समृद्ध बनेका छन्। हाम्रो देशमा प्रशस्त जलस्रोत, पर्यटन ,कृषि र खनिज पदार्थ उत्खनन जस्ता प्रशस्त सम्भावनाहरू छन्। तर सोही प्रकृति...
मदन भण्डारी गोल्डकप भलिबलको उपाधि त्रिभुवन आर्मी क्लबलाई

मदन भण्डारी गोल्डकप भलिबलको उपाधि त्रिभुवन आर्मी क्लबलाई

Breaking news 2, खेलकुद, ताजा अपडेट, सम्पादकिय, स्थानीय
२५ पुस,बुटवल। बुटवलमा जारी मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसीप प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । तीन विभागीय र एक भारतीयसहित ८ टिमको सहभागिता रहेको प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मीले नेपाल पुलिस क्लबलाई ३-२ सेटमा हराउँदै रनिङ शिल्ड कब्जा गरेको हो । बुटवल रामनगर खेलमैदानमा बिहीबार भएको निकै प्रतिस्पर्धात्मक फाइनल खेलको पहिलो सेट पुलिसले २५-१८,दोस्रो सेट आर्मीले २५-१८,तेस्रो सेट पुलिसले २५-२० र चौथो सेट नेपाल आर्मीले २५-२२ले जितेको थियो। निर्णायक पाँचौं सेटमा पुलिस माथि हाबी हुँदै आर्मीले १५-७ को फराकिलो अंक अन्तरले सहज जीत निकाल्दै उपाधि चुम्न सफल भयो। ...
तराई र काठमाडौँ उपत्यकामा हुस्सु, अन्यत्रको मौसम कस्तो रहला ?

तराई र काठमाडौँ उपत्यकामा हुस्सु, अन्यत्रको मौसम कस्तो रहला ?

Breaking news 2, ताजा अपडेट, माैसम, सम्पादकिय
काठमाडौँ देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा तराईका धेरै स्थानमा हुस्सु लागेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा भागमा आंशिकदेखि साधारणता बदली भएको छभने मुलुकका बाँकी भू–भागमा मुख्यतया मौसम सफा छ ।  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो गण्डकी,कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि साधारणता बदली रही बाँकी प्रदेशमा मौसम सफा रहने छ । आज राति गण्डकी,कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि साधारणता बदली रही बाँकी भागमा मौसम सफा रहने छ । ...
नेपालमा सुशासन र श्रमका पक्षधरलाई संकट किन ?

नेपालमा सुशासन र श्रमका पक्षधरलाई संकट किन ?

Breaking news 1, पत्रपत्रिका, समाचार, समाज, सम्पादकिय
बुटवल नेपाल विकासन्मुख मुलुक हो। पछिल्लो तथ्याङ्क अनुसार १८ दशमलव ७ प्रतिशत जनता गरिबीको रेखामुनि रहेको तथ्याङ्क छ। पछिल्लो समयमा २ देखि ३ प्रतिशतका दरले गरिबीको तथ्याङ्क बढेको अनुमान गरिएको छ । नेपालमा कृषिका प्रशस्त सम्भावनाहरु जलस्रोत ,उर्वरभूमि ,हावापानी रहेको छ ।तथापि कृषिजन्य वस्तुभाउ आयातको दर तीव्र गतिमा बढेको छ। यो प्रमुख समस्या हो। देशमा सुशासनको कमीले भ्रष्टाचार व्याप्त छ। असल कर्मबाट समयअनुसार जीविकोपार्जन गर्ने हरुलाई अत्यन्त कठिन छ। यो देशको दोस्रो समस्या हो। नेपालमा स्थापित उद्योग कलकारखानाहरू नयाँ थप्नुको विपरीत बन्द हुँदै गएका छन् ,आत्मनिर्भरताको नीति नभई परनिर्भरता बढ्दै गएको छ। यो तेस्रो समस्या हो। पर्यटनमा राम्रो सम्भावना रहँदा पनि यो व्यवसाय फस्टाउन नसक्नु अर्को समस्या हो। माटो सुहाउँदो शिक्षा प्रणाली नहुनु अर्को समस्या हो। अध्ययन पुरा गरेपछि रोजगारीका...
व्यवसाय छाडेर विदेशतिर, किन टिक्न सकेनन् नागरिक?

व्यवसाय छाडेर विदेशतिर, किन टिक्न सकेनन् नागरिक?

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, सम्पादकिय
बुटवल चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिना (साउन–मंसिर) मा मात्रै कामको खोजीमा ३ लाख १७ हजार युवा विदेश गएका छन् । मंसिर महिनामा चालु आवमा सबैभन्दा धेरै ८४ हजार २२६ जनाले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।  कार्तिकमा पनि ७० हजार ९९० र असोजमा ५३ हजार ५२५ जना कामको खोजीमा बिदेसिएका छन् । यसरी बिदेसिनेहरू स्वदेशमा रोजगारी नभएका मात्रै होइन, लामो समयदेखि व्यापार, व्यवसाय गरिरहेकाहरू पनि छन् । पछिल्ला दुई तीन वर्षको अवधिमा पसल बेचेर विदेश उड्नेहरू बढेको व्यवसायीहरू बताउँछन् ।प्रविधिको विकासले अन्य क्षेत्रका व्यवसायमा पनि ठुलो प्रभाव पारेको छ । सहजताले गर्दा घर वा कार्यालयमै बसेर अनलाइनमार्फत किनमेल गर्नेको सङ्ख्या पनि उत्तिकै छ ।  किनमेल मात्रै होइन, खानपानसमेत घर, कार्यालयमै मगाएर खाने चलन बढेको छ । यसले गर्दा परम्परागत रूपमा सटर भाडामा लिएर व्यवसाय गर्न...
सुदूरपश्चिमलाई ५ विकेटले हराउँदै जनकपुरलाई एनपीएलको उपाधि

सुदूरपश्चिमलाई ५ विकेटले हराउँदै जनकपुरलाई एनपीएलको उपाधि

Breaking news 1, ताजा अपडेट, समाचार, सम्पादकिय, स्थानीय
काठमाण्डौ – पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधि जनकपुर बोल्ट्सले जितेको छ । आज भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले दिएको एक सय ८५ रनको लक्ष्य पछ्याएको जनकपुरले १९ ओभर दुई बलमा पाँच विकेट गुमाएर भेटायो । जनकपुरका लागि ओपनर लाहिरु मिलान्थाले ८७ रन बनाए । यस्तै कप्तान आशिफ शेखले ३३ र हर्ष थाकरले अविजित ३० रन बनाए । सुदूरपश्चिमका दीपेन्द्रसिंह ऐरी, स्कट कुगेलेइन, सैफ जैब र इसान पाण्डेले समान एक विकेट लिए । त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ८४ रन बनायो । सुदूरपश्चिमका लागि सैफ जैबले सबैभन्दा धेरै ६९ रन बनाए । यस्तै विनादे भण्डारीले ४१ रन बनाए । जनकपुरका महोम्मद मोसिन र किशोर महतोले समान तीन विकेट लिए । यस्तै ललित राजवंशी र जेम्स निशमले समान एक विकेट लिए । सुदूर...
सवारी दुर्घटना कसरी न्यूनीकरण गर्ने ?

सवारी दुर्घटना कसरी न्यूनीकरण गर्ने ?

Breaking news 1, जीवनशैली, पत्रपत्रिका, फिचर, समाचार, समाज, सम्पादकिय
बुटवल श्रीराम ज्ञवाली यातायातका साधनहरू हवाई यातायातदेखि सडक यातायातसम्म मानिसलाई अत्यन्त जरुरी छ। नेपाल भूपरिवेष्ठित मुलुक भएको हुनाले जल यातायातको खासै चर्चा हुँदैन। हामीलाई नभई नहुने र जोखिम हुने यातायात हो।बढ्दो जनसङ्ख्या संगै बढ्दो विकास प्रविधिले यातायातका साधनहरू बढ्ने र नयाँ प्रविधियुक्त साधनहरू उपयोगमा आइरहेका छन्। सडक यातायातको समस्या विकराल छ। नेपालको तथ्याङ्क अनुसार प्रतिदिन ७ जनाको सडक दुर्घटनामा परी ज्यान जाने गरेको छ। यसको न्यूनीकरणका लागि सवारी साधनकाे इन्जिन राम्रो र गुणस्तरीय हुनुआवस्यक छ ।साथै पुराना र कन्डिसन राम्रो नभएका सवारी साधन गुडाउन रोक लगाउनु आवश्यक छ। चालकहरू पनि दक्ष हुनुपर्छ ,चालकले मदिरापान गरी सवारी साधन चलाउनु पनि प्रमुख समस्या देखिन्छ। त्यसैगरी हाम्रो अधिकांश भूभाग पहाडी हुनाले सडक निर्माण गर्न कठिन छ। निर्माण गरिएका सडकहरु फराकिला सवारी साधन ...
महासंघमा पत्रकारितालाई थप उचाइमा पुर्‍याउने पत्रकारलाई विजयी बनाऔँ

महासंघमा पत्रकारितालाई थप उचाइमा पुर्‍याउने पत्रकारलाई विजयी बनाऔँ

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, लेख रचना, शिक्षा, समाचार, समाज, सम्पादकिय
श्रीराम ज्ञवाली राज्य सञ्चालनका अङ्गहरू कार्यपालिका ,न्यायपालिका ,वव्यवस्थापिका पछिको चौथो अङ्ग संचार जगत हो। समाजलाई सही दिशा निर्देश गर्नको लागि पत्रकारिताको अहम भूमिका हुन्छ। समाजलाई निष्पक्ष समाचार र सही दिशा निर्देश गर्ने खालका समाचार विचारहरू सम्प्रेषण गर्नु पत्रकारिताको धर्म हो। समाजका स-साना देखि लिएर राष्ट्र एवं विश्वका ऐतिहासिक चरणहरूमा मिडियाको महत्त्वपूर्ण भूमिका हुन्छ। यसको महत्वलाई कम हुन नदिन पत्रकारिताका नीति नियम पालना गर्नु अति आवश्यक हुन्छ। पत्रकारिताको महत्व दर्शाउने पत्रकार जिम्मेवार हुनु आवश्यक हुन्छ। पत्रकारिताको छाता संस्था पत्रकार महासंघको हुन गइरहेको निर्वाचनमा सही अनुरूप पत्रकारिता जगतलाई थप उचाइमा पुर्‍याउने पत्रकारलाई विजयी बनाउनुपर्छ। समाजको महत्वपूर्ण अङ्ग पत्रकारितामा आबद्ध पत्रकारहरुले समाजलाई सही समाचार सम्प्रेषण गर्नुपर्छ। पत्रकारमा कुनै आग्र...