अनलाइनबाट स्वास्थ्य बीमामा आवद्ध हुने र नवीकरण गर्ने तरिका


काठमाण्डौ— अब स्वास्थ्य बीमासम्बन्धी अत्यावश्यक कामहरू घरबाटै गर्न सकिने भएको छ ।

स्वास्थ्य बीमा बोर्डले सञ्चालनमा ल्याएको नयाँ (https://eportal.hib.gov.np/register) मार्फत स्वास्थ्य बीमासम्बन्धी धेरै काम अब अनलाइनबाटै गर्न सकिने भएको हो । यसबाट बीमा शुल्क तिर्न, केवाईसी विवरण अपडेट गर्न, बीमालेख हेर्न तथा डिजिटल स्वास्थ्य बीमा कार्ड डाउनलोड गर्न सकिन्छ ।

तपाईं पहिले नै स्वास्थ्य बीमामा आबद्ध हुनुहुन्छ भने सबैभन्दा पहिले स्वास्थ्य बीमा बोर्डको एचआईबी ई–पोर्टल (www.eportal.hib.gov.np) खोल्नुहोस् । त्यसपछि त्यहाँ ‘पहिले नै खाता छ ?’ भन्ने प्रश्न चिह्नसहितको निलो अक्षरमा एक छोटो जानकारी देख्नुहुनेछ ।

त्यसपछि तपाईंले त्यसको ठीक तलपट्टि तीर चिन्हसहितको ‘साइन इन’ भन्ने विकल्पमा क्लिक गर्नुपर्ने हुन्छ । अब त्यहाँ ‘पुरानो एचआईबी विवरण ल्याउनुहोस्’ भन्ने विकल्पमा गएर क्लिक गर्नुहोस् । 

hhh-1787202157.JPG

त्यसपछि परिवारमूलीको स्वास्थ्य बीमा नम्बर र परिवारका कुनै एक सदस्यको स्वास्थ्य बीमा नम्बर राख्नुहोस् । त्यसपछि आफ्नो मोबाइल नम्बर राखेर ‘ओटीपी पठाउनुहोस्’ भन्ने विकल्पमा क्लिक गर्नुहोस् ।

मोबाइलमा आएको ओटीपी कोड राखेर आफ्नो पासवर्ड बनाउनुहोस् । अब परिवारमूलीको स्वास्थ्य बीमा नम्बर र आफूले बनाएको पासवर्ड प्रयोग गरेर अकाउन्टमा लगइन गर्न सकिन्छ । लगइन गरेपछि पहिलेको विवरणमा कुनै गल्ती भए केवाईसी सेक्सनबाट सच्याउन सकिन्छ ।

फोटो बिग्रिएको, नाम वा परिचयपत्र नम्बर फरक परेको भए पनि यहीँबाट अपडेट गर्न सकिन्छ । त्यस्तै, स्वास्थ्य बीमा नवीकरण पनि यही पोर्टलबाटै गर्न सकिन्छ । नवीकरणका लागि खल्ती, इसेवा र कनेक्टआईपीएसबाट पनि शुल्क तिर्न सकिने सुविधा दिइएको छ ।

यदि तपाईं पहिलो पटक स्वास्थ्य बीमा गर्ने योजनामा हुनुहुन्छ भने सबैभन्दा पहिले एचआईबी ई–पोर्टलको लगइन पेजमा जानुहोस् । त्यहाँ ‘अझै सरकारी स्वास्थ्य बीमामा दर्ता हुनुभएको छैन ?’ भन्ने विकल्पमा रहेको ‘नयाँ परिवार दर्ता’ भन्ने बटनमा क्लिक गर्नुहोस् ।

hhh-1787202287.JPG

त्यसपछि आफ्नो नाम र मोबाइल नम्बर राख्नुहोस् । त्यसपछि ‘ओटीपी पठाउनुहोस्’ भन्ने बटन देखिन्छ । मोबाइलमा आएको ओटीपी कोड राखेपछि पासवर्ड राख्ने विकल्प आउँछ । आफूले चाहेको पासवर्ड राखेपछि मोबाइल नम्बर र पासवर्डका आधारमा अकाउन्टमा लगइन गर्न सकिन्छ ।

तपाईं नझुक्किनुहोला, पहिलो पटक अकाउन्ट बनाएपछि होमपेज खाली देखिन्छ । त्यसपछि ‘मेरो बीमालेख’ भन्ने विकल्पमा जानुहोस् । त्यहाँ १० अङ्कको राष्ट्रिय परिचयपत्र नम्बर र जन्ममिति राख्नुपर्ने हुन्छ ।

यदि राष्ट्रिय परिचयपत्र बनेको छैन भने आवश्यक सबै जानकारी आफैँले भर्नुपर्ने हुन्छ । तर तपाईंसँग राष्ट्रिय परिचयपत्र छ भने धेरै विवरण आफैँ भरिन्छ । अस्थायी ठेगानामा आफू अहिले बसिरहेको ठाउँको ठेगाना राख्नुहोला । किनभने यसो गर्दा आफूलाई पायक पर्ने प्रथम सेवा विन्दु नजिकका अस्पतालमा कायम हुने छ ।

यसरी परिवारका हरेक सदस्यको राष्ट्रिय परिचयपत्र नम्बर वा आवश्यक विवरण भर्नुपर्छ । सबै विवरण भरेर स्वीकृत भएपछि बीमा शुल्क तिर्नुपर्ने हुन्छ । पाँच जनासम्मको परिवारका लागि ३ हजार ५ सय रुपैयाँ तिर्नुपर्छ ।

पाँच जनाभन्दा बढी भए थपिने हरेक व्यक्तिका लागि ७ सय रुपैयाँ थप शुल्क तिर्नुपर्छ । रकम तिरेपछि तपाईंको एचआईबी प्रोफाइल तयार हुन्छ ।

यो एचआईबी प्रोफाइल नै डिजिटल स्वास्थ्य बीमा कार्ड हो । यसमा परिवारका सबै सदस्यको स्वास्थ्य बीमा कार्ड हुन्छ, जसलाई पीडीएफ फम्र्याटमा डाउनलोड गर्न सकिन्छ  ।

छुटाउनुभयो कि ?

मन्त्रिपरिषद्का पाँच निर्णय

मन्त्रिपरिषद्का पाँच निर्णय

काठमाडौँसरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरणलाई प्रवर्द्धन गर्ने कार्यक्रमका लागि नर्वे सरकारबाट प्राप्त हुने करिब रु १...
स्वास्थ्य क्षेत्रका तीन ठूला संरचना पुनर्गठनको तयारी

स्वास्थ्य क्षेत्रका तीन ठूला संरचना पुनर्गठनको तयारी

काठमाडौंसरकारले स्वास्थ्य क्षेत्रका महत्वपूर्ण नियामक तथा सार्वजनिक स्वास्थ्य संरचनालाई पुनर्गठन गर्ने तयारी थालेको छ । रो...
सभापति गगन थापाले कस्तो ल्याउँदैछन् राजनीतिक प्रतिवेदन ?

सभापति गगन थापाले कस्तो ल्याउँदैछन् राजनीतिक प्रतिवेदन ?

काठमाडौँकांग्रेस सभापति गगन थापाले पार्टीलाई सत्ता, पद, गुट र पहुँचकेन्द्रित राजनीतिबाट नभई राजनीतिक, वैचारिक, सांगठनिक र आर्...
पहिलो पाइला नेपाल बुटवल द्वारा रक्तदान कार्यक्रम

पहिलो पाइला नेपाल बुटवल द्वारा रक्तदान कार्यक्रम

बुटवलयुवाको ऐक्यबद्धता, रक्तदानमा नयाँ पाइला’ भन्ने मूल उद्देश्यका साथ पहिलो पाइला नेपाल, बुटवल शाखाले विगतका वर्षहरूमा जस्तै...