सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह


काठमाण्डौ — सरकारले सबै सरकारी निकायलाई स्वदेशी उत्पादन र सेवाको उपयोगलाई प्राथमिकता दिन आग्रह गरेको छ ।

प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशनमा सबै सरकारी कार्यालयमा सार्वजनिक खरिदसम्बन्धी विद्यमान कानुनी व्यवस्थाकै अधीनमा रही त्यो प्रावधानको पूर्ण कार्यान्वयन सुनिश्चित गर्न आग्रह गरिएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले हिजो एक वक्तव्य निकालेर सङ्घीय मन्त्रालय, आयोग, सचिवालय, प्रदेश सरकार, पालिका र विदेशमा रहेको नेपाली नियोग लगायतका सबै सार्वजनिक निकायलाई आफ्ना खरिद प्रक्रियामा नेपाली उत्पादनलाई नै प्राथमिकता दिन अनुरोध गरेको छ ।

राष्ट्रिय अर्थतन्त्रमा आन्तरिक उत्पादनको योगदान बढाउन, बढ्दो आयातलाई प्रतिस्थापन गरी स्वदेशी उत्पादनको प्रवद्र्धन गर्न, स्थानीय सीप तथा उद्यमको संरक्षण गर्न र स्वदेशमै रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ सरकारले मौजुदा कानुनी व्यवस्थाको कडाइका साथ पालना गराउन यो पहल गरिएको कार्यालयले जनाएको छ ।

अबदेखि सरकारी कार्यालयका बैठक, समारोह, कोसेली, उपहार र सजावटका सामग्रीमा सम्भव भएसम्म नेपाली हस्तकलाका वस्तुनै प्रयोग गर्नुपर्ने व्यवस्था मिलाउनुपर्नेछ ।

यसैगरी, स्टेसनरी, छपाइसम्बन्धी वस्तु, फर्निचर, साजसज्जाका सामान, निर्माण सामग्री, मेसिनरी औजार तथा उपकरण, कृषि र पशुजन्य उत्पादन एवम् खाद्य तथा पेयपदार्थ खरिद गर्दा स्वदेशी उत्पादनलाई नै पहिलो प्राथमिकतामा राख्नुपर्नेछ ।

साथै, सार्वजनिक निकायले बोलपत्रसम्बन्धी कागजात तयार पार्दा नै स्वदेशी उत्पादनलाई प्राथमिकता दिने विषय अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने छ ।

छुटाउनुभयो कि ?

मन्त्रिपरिषद्का पाँच निर्णय

मन्त्रिपरिषद्का पाँच निर्णय

काठमाडौँसरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरणलाई प्रवर्द्धन गर्ने कार्यक्रमका लागि नर्वे सरकारबाट प्राप्त हुने करिब रु १...
स्वास्थ्य क्षेत्रका तीन ठूला संरचना पुनर्गठनको तयारी

स्वास्थ्य क्षेत्रका तीन ठूला संरचना पुनर्गठनको तयारी

काठमाडौंसरकारले स्वास्थ्य क्षेत्रका महत्वपूर्ण नियामक तथा सार्वजनिक स्वास्थ्य संरचनालाई पुनर्गठन गर्ने तयारी थालेको छ । रो...
सभापति गगन थापाले कस्तो ल्याउँदैछन् राजनीतिक प्रतिवेदन ?

सभापति गगन थापाले कस्तो ल्याउँदैछन् राजनीतिक प्रतिवेदन ?

काठमाडौँकांग्रेस सभापति गगन थापाले पार्टीलाई सत्ता, पद, गुट र पहुँचकेन्द्रित राजनीतिबाट नभई राजनीतिक, वैचारिक, सांगठनिक र आर्...
पहिलो पाइला नेपाल बुटवल द्वारा रक्तदान कार्यक्रम

पहिलो पाइला नेपाल बुटवल द्वारा रक्तदान कार्यक्रम

बुटवलयुवाको ऐक्यबद्धता, रक्तदानमा नयाँ पाइला’ भन्ने मूल उद्देश्यका साथ पहिलो पाइला नेपाल, बुटवल शाखाले विगतका वर्षहरूमा जस्तै...