संविधानमा निःशुल्क आधारभूत स्वास्थ्यको हक, सरकार भन्छ- बजेटले धान्दैन



काठमाडौँ
संविधानले प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाउने हक सुनिश्चित गरेको छ। नागरिकको यही मौलिक हक कार्यान्वयन गर्न सरकारले तयार पारेको प्रतिवेदनले नै राज्यको आर्थिक क्षमताले एकैपटक सबै सेवा दिन नसक्ने ठहर गरेको छ।

संविधानले निःशुल्क स्वास्थ्य सेवा सुनिश्चित गरेको १० वर्षपछि सरकारले पहिलोपटक सेवाको लागत हिसाब गर्दा सबै प्रस्तावित सेवा पूर्ण रूपमा सञ्चालन गर्न वार्षिक ६५ अर्ब ८० करोड रुपैयाँ आवश्यक पर्ने देखिएको छ। बजेट सीमितताका कारण सरकारले सेवालाई प्राथमिकताका आधारमा चरणबद्ध रूपमा मात्रै विस्तार गर्ने प्रस्ताव अघि सारेको छ।
संविधानले नागरिकलाई एकमुष्ट दिएको स्वास्थ्य सेवाको हक कार्यान्वयनमा भने आर्थिक अभावले सबै सेवा दिन नसक्ने सरकार आफैँले बताएको छ।
नेपालमा व्यक्तिगत खर्चबाट स्वास्थ्य सेवा लिने अवस्था झन् बढ्दै गएको भन्ने सरोकारवालाको चिन्ता छ । स्वास्थ्य सेवामा नागरिकको व्यक्तिगत खर्चको हिस्सा बढ्नु र स्वास्थ्य बीमा कार्यक्रमसमेत कमजोर अवस्थामा पुग्नुले राज्यको स्वास्थ्य वित्तीय प्रणाली नै सङ्कटमा रहेको देखाउँछ।

‘स्वास्थ्य बीमा कार्यक्रम नै असफलताको अवस्थामा पुगेको छ। सरकारले बीमा चलाउन नसक्ने अवस्था स्वीकार गरिरहेको छ। अब आधारभूत स्वास्थ्य सेवामा पनि बजेट पुगेन भनेर पछि हट्दा राज्यले स्वास्थ्य सेवालाई नागरिकको अधिकारका रूपमा स्वीकार गर्न छाडेको सङ्केत हुन्छ,’ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. समीर अधिकारी आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गर्न स्रोतको आवश्यकता रहेको स्वीकार गर्छन्।
उनले अध्ययन प्रतिवेदनले देखाएको अवस्थालाई आधार बनाएर सरकारले वित्तीय तथा व्यवस्थापकीय खाडल क्रमशः सम्बोधन गर्नुपर्ने बताए।

‘स्वास्थ्य क्षेत्रको समग्र अपेक्षा र जिम्मेवारी पूरा गर्न स्रोत चाहिन्छ। स्रोत अभाव एउटा प्रमुख कारण हो,’ उनले भने, ‘राज्यसँग जति स्रोत छ, त्यसलाई प्राथमिकताका आधारमा व्यवस्थापन गर्नुपर्ने बाध्यता छ। तर जनताको स्वास्थ्यलाई बढी प्राथमिकता दिँदै अध्ययनले देखाएको वित्तीय खाडल सम्बोधन गर्नु महत्त्वपूर्ण छ।’

छुटाउनुभयो कि ?

तिलोत्तमा मेलामा दर्शकको घुइँचो : आयोजक उत्साहित

तिलोत्तमा मेलामा दर्शकको घुइँचो : आयोजक उत्साहित

रुपन्देहीरुपन्देहीको तिलोत्तमामा जारी राष्ट्रिय औद्योगिक व्यापार मेलामा दर्शकको आकर्षण बढ्दै गएको छ । शनिबार मेलामा भएको उल्ल...
पालिकाको सफल अभ्यास अर्कोले सिक्नुपर्छ : मुख्यमन्त्री आचार्य

पालिकाको सफल अभ्यास अर्कोले सिक्नुपर्छ : मुख्यमन्त्री आचार्य

पाल्पालुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न...
संविधानमा निःशुल्क आधारभूत स्वास्थ्यको हक, सरकार भन्छ- बजेटले धान्दैन

संविधानमा निःशुल्क आधारभूत स्वास्थ्यको हक, सरकार भन्छ- बजेटले धान्दैन

काठमाडौँसंविधानले प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाउने हक सुनिश्चित गरेको छ। नागरिकको यही मौलिक हक कार्या...
खाना बन्द भएपछि भोक र अन्योलमा सुकुम्बासी परिवार

खाना बन्द भएपछि भोक र अन्योलमा सुकुम्बासी परिवार

काठमाडौंहोल्डिङ सेन्टर खाली गर्न प्रशासनले दिएको समयसीमा नजिकिँदै गर्दा भक्तपुरको बोडेमा आश्रय लिइरहेका सुकुम्बासी परिवारको द...