शिक्षा

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौं देशभर हाल मनसुनको प्रभाव सक्रिय रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वी भागमा सरदर स्थान वरपर र पश्चिमी भागमा सरदरभन्दा केही उत्तरतिर अवस्थित छ, जसको प्रभावले देशभर सामान्यतया बदली भएको छ । मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा हाल हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित देशका पहाडी भूभागका केही स्थानहरूमा र बाँकी तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षा हुने सम्भावना रहेको छ । त्यस्तै, ती प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना समेत छ । आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी पहाडी र तराई क्षेत्रका थोरै स...
बाबुराम भट्टराईले भने– जेनजीका साथीहरू, क्रान्ति प्रतिक्रान्तिमा बदलिँदै छ

बाबुराम भट्टराईले भने– जेनजीका साथीहरू, क्रान्ति प्रतिक्रान्तिमा बदलिँदै छ

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले जेनजी युवाहरूको क्रान्ति प्रतिक्रान्तिमा परिणत हुन लागेको बताएका छन्। उनले यसअघि जेनजीको आन्दोलनलाई समर्थन गर्ने क्रममा भेडाको खोल ओढेर आउने ब्वाँसाहरूसँग सतर्क रहन गरेको आग्रह स्मरण गरेका छन्। भट्टराईले जेन-जीको आन्दोलनमा त्यस्ता व्यक्तिहरू पसेको हुन सक्ने शंका व्यक्त गरेका छन्। भट्टराईले संसद, सिंहदरबार, अदालत र दलका नेताहरूको निवास आदि छानीछानी आगो लगाउने काम जेनजीले गरेको विश्वास नरहेको उल्लेख गरेका छन्। 'लोकतन्त्रका प्रमुख आधार, स्तम्भहरू छानीछानी आगो लगाउनेहरू को होलान्? तिनको उद्देश्य के होला,' भट्टराईले फेसबुकमा लेखेका छन्, 'त्यसैले आत्मसमीक्षा गर्नुहोस्! अब त्यो आगो निभाउने काममा लाग्नुहोस्!' भट्टराईले ब्वाँसाहरूलाई चिन्ने प्रयास गर्न सुझाव दिएका छन्। उनले फ्रान्सेली क्रान्तिको इतिहास पढ्न पनि सुझाव दिएका छन्।'एक दशकदेखि लोक...
सडकमा सेना, विना काम घरबाहिर ननिस्कन आग्रह

सडकमा सेना, विना काम घरबाहिर ननिस्कन आग्रह

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौंकाठमाडौंका सडकहरूमा नेपाली सेनाले गस्ती गरिरहेको छ।मंगलबार भएको जेनजी आन्दोलनका क्रममा भौतिक संरचनामा भएको क्षतिसँगै राति १० बजेबाट सेनालगायत सुरक्षा निकाय परिचालित भएका हुन्।सेनाले घर र गल्लीबाहिर निस्किएका सर्वसाधारणहरूलाई विना काम बाहिर ननिस्किन आग्रह गर्दै घरमा फर्काइरहेको छ। आकस्मिक सेवामा संलग्नहरूलाई भने सोधपुछ र परिचयपत्रका आधारमा हिंडडुल गर्न छुट दिएको छ। प्रदर्शनकारीले आगो लगाएको संसद भवनमा सेनाले सर्वसाधारणलाई प्रवेशमा रोक लगाएको छ। अन्य सरकारी एवं संवैधानिक निकायहरूमा पनि सेना लगायत सुरक्षाकर्मीहरू परिचालित हुन थालेका छन्। ...
जेनजी समूहको आन्दोलन जारी

जेनजी समूहको आन्दोलन जारी

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौंजेनजी समूहले भ्रष्टाचार र बेथितिविरुद्ध सुरु गरेको आन्दोलन मंगलबार पनि निरन्तर रहने जनाएको छ। सोमबार राति जारी विज्ञप्तिमा आन्दोलनकारीहरूले सरकारको दमनबीच पनि आन्दोलनलाई शान्तिपूर्ण रूपमा अघि बढाउने प्रतिबद्धता जनाएका छन्।आन्दोलनका संयोजक पुरुषोत्तम यादव र सबल गौतमले सोमबारको प्रदर्शनमा केही अराजक समूहले घुसपैठ गरेपछि अवस्था नियन्त्रणबाहिर गएको उल्लेख गरेका छन्। तर, ती समूह को थिए भन्ने बारे खुलाइएको छैन। अर्का संयोजक अमित खनालका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी र दुर्गा प्रसाईं समूहको घुसपैठले हिंसा बढाएको थियो।विज्ञप्तिमा भनिएको छ, “देशभरका युवाहरू भ्रष्टाचार र बेथितिविरुद्ध सडकमा उत्रिएका छन्। आज मात्रै २० भन्दा बढी युवाले ज्यान गुमाएका छन् र हजारौँ घाइते भएका छन्। यो संयोग होइन, भ्रष्टाचार र दुरव्यवस्थाको प्रतिफल हो।” यादव र गौतमले सरकारको दमनले आन्दोलन कमजोर नहुने चेत...
रुपन्देहीमा बुटवलदेखि भैरहवासम्म कर्फ्यु जारी

रुपन्देहीमा बुटवलदेखि भैरहवासम्म कर्फ्यु जारी

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
रुपन्देही रुपन्देहीकाे बुटवलदेखि भैरहवा क्षेत्रभित्र आज अपरान्ह ४ बजेदेखि रातिको १० बजेसम्म कर्फ्यु जारी भएको छ । जेनजीहरूको प्रदर्शन उग्र बन्दै गएपछि कर्फ्यू लगाइएको हो । बुटवलका प्रमुख जिल्ला अधिकारीले कर्फ्यु आदेश जारी गरेका हुन् ।
आजदेखि पितृपक्ष (सोह्र श्राद्ध) सुरू

आजदेखि पितृपक्ष (सोह्र श्राद्ध) सुरू

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौँ आजदेखि सोह्र श्राद्ध सुरु भएको छ । हिन्दु समाजमा पितृ पूजा एउटा गहिरो धार्मिक र सांस्कृतिक परम्परा हो। प्रत्येक वर्ष भाद्र शुक्ल प्रतिपदादेखि आश्विन कृष्ण औँसीसम्म मनाइने श्राद्ध पर्वलाई सोह्र श्राद्ध भनिन्छ। यसलाई पितृ पक्ष समेत भनिन्छ।आश्विन कृष्णपक्षको प्रतिपदाबाट सुरु भएर औँसीसम्मको १६ दिनलाई सोह्र श्राद्ध वा महालय श्राद्ध भन्ने गरिन्छ । यस अवधिमा दिवङ्गत पितृहरूप्रति श्रद्धा अर्पण गर्ने परम्परा रहेको छ । यस वर्ष सोह्र श्राद्ध भाद्र २३ गते सोमबारदेखि सुरु भई आश्विन ५ गते आइतबारसम्म चल्नेछ । सोह्र श्राद्धको मूल उद्देश्य दिवङ्गत पितृहरूलाई सम्झनु, उनीहरूको आत्माको शान्ति र तृप्तिको कामना गर्नु तथा तिनीहरूको आशीर्वाद प्राप्त गर्नु हो। हिन्दु धर्म शास्त्र अनुसार शरीरको मृत्यु भए पनि आत्मा अमर रहेको हुँदा श्राद्धमार्फत पितृहरूलाई पिण्ड, जल, तर्पण तथा अर्पण गर्दा उनीहरू ...
आजको मौसम पूर्वानुमान

आजको मौसम पूर्वानुमान

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौँ मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा पुर्वमा सरदर स्थान र पश्चिममा सरदर भन्दा दक्षिणतिर अवस्थित रहेको छ भने सिक्किम आसपासको निम्नचापीय क्षेत्रको प्रभाब नेपालको पु्र्वी भु-भागमा पर्ने देखिने जानकारी दिएको छ ।हाल कोशी प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा साधारणतया बदली तथा बाँकी भू-भागमा आंशिक बदली रहेको छ भने कोशी प्रदेश,बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडका थोरे स्थानहरुमा र बाँकि भु-भागका एक दुइ स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।आज दिउँसो देशको पहाडी भू-भागमा साधारणतया बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ भने देशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । महाशाखाले आगामी २४ घण्टा कोशी प्रदेशक...
निजामती दिवसमा प्रधानमन्त्रीको सन्देश- शुशासन र दुर्त सेवा प्रवाहमा  ध्यान दिन आवस्यक

निजामती दिवसमा प्रधानमन्त्रीको सन्देश- शुशासन र दुर्त सेवा प्रवाहमा ध्यान दिन आवस्यक

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले सामान्य कामका लागि पनि धेरै प्रक्रिया देखाउने र काम पन्छाउने प्रवृत्तिमा कर्मचारीले परिवर्तन ल्याउन आवश्यक रहेको बताएका छन् । आज निजामती सेवा दिवसको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले बदलिंदो विश्व परिवेश, नयाँ प्रविधि र जनअपेक्षा बमोजिम निजामती सेवाका कर्मचारीले आफूलाई रुपान्तरण गर्न जरुरी रहेको बताए।प्रधानमन्त्री ओलीले भनेका छन्, ‘निजामती सेवा सरकारलाई जनता समक्ष पुयाउने मुख्य जिम्मेवारी हो। सरकारका नीति तथा कार्यक्रमलाई जनस्तरमा कार्यान्वयन गर्ने निजामती सेवाको काममै सरकारको प्रभावकारिता निर्भर हुन्छ। बदलिंदो विश्व परिवेश, नयाँ प्रविधि र जनअपेक्षा बमोजिम निजामती सेवाले आफूलाई रुपान्तरण गर्न जरुरी छ। शुभकामना सन्देशमा थप लेखिएको छ, ‘सामान्य कामका लागि पनि धेरै प्रक्रिया देखाउने र काम पन्छाउने प्रवृत्तिमा कर्मचारीले परिवर...
भीपीएनमार्फत सामाजिक सञ्जाल प्रयोग नगर्न साइबर ब्युरोको आग्रह

भीपीएनमार्फत सामाजिक सञ्जाल प्रयोग नगर्न साइबर ब्युरोको आग्रह

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौँ नेपाल प्रहरीको साइबर ब्युरोले सेवाग्राहीलाई भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) प्रयोग नगर्न आग्रह गरेको छ ।सरकारले सूचीकृत नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णयको तयारी गरिरहेका बेला ब्युरोले गत बुधबार एक सूचना जारी गर्दै भीपीएन प्रयोगबाट हुने सम्भावित जोखिमबारे सचेत गराएको हो । ब्युरोका अनुसार भीपीएन प्रयोग गर्दा प्रयोगकर्ताको व्यक्तिगत विवरण चुहावट हुने, बैंकिङ एप ह्याक हुने, आर्थिक क्षति पुग्ने, कम्प्युटर वा मोबाइलमा भाइरस लाग्ने तथा अन्य साइबर सुरक्षासम्बन्धी समस्या देखिन सक्ने खतरा रहन्छ ।सरकारले फेसबुक लगायतका केही सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपछि प्रयोगकर्ताहरू नेपालबाहिरको सर्भर प्रयोग गरेर भीपीएनमार्फत ती प्लेटफर्महरू प्रयोग गरिरहेका छन् । यसै सन्दर्भमा ब्युरोले सुरक्षा जोखिमका कारण यस्तो प्रवृत्ति रोक्न सुझाव दिएको हो । साइबर ब्युरोले सेवा प्रयोग गर्...
पुरस्कारबाट बृद्धाश्रममा सहयोग

पुरस्कारबाट बृद्धाश्रममा सहयोग

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
विनोद खनाल, बुटवलबुटवल -६ चन्द्रनगरमा रहेको स्वास्थ्य सहनशील आमा समुहले बिहिबार बुटवल तल्लो फुलबारीमा अवस्थित श्री सिद्धबाबा दुर्गाभवानी शिबकुमारी बृद्धाश्रममा राहत सहयोग प्रदान गरेको छ ।बुटवल उपमहानगरपालिका ६ नंबर वडा कार्यालय, मुक्ति एफ्एम र अन्नपुर्ण माबिले आयोजना गरेको बुटवल उपमहानगर स्तरीय तिज गीत प्रतियोगितामा प्रथम भएको सो टिमले प्राप्त पुरस्कारलाई सामाजिक उत्तरदायित्व अन्तरगत बृद्धाश्रममा सहयोग गरेको हो ।तिजी कार्यक्रम अन्तर्गत भाद्र ४ गते सम्पन्न कार्यक्रममा १३ वटा प्रतियोगि मध्येबाट प्रथम गरेको सो समुहले जितेको पुरस्कार भोजभतेर गरेर खर्च गर्नुको सट्टा राहत बितरण गरि सामाजिक सेवाको काम गरेको समुहकी अध्यक्ष सानू शर्मा भण्डारीले बताईन ।बजेता समुहका टिम सहभागी सो समुहले बृद्दाश्रममा फलफुल खाद्यान लगायतका सामाग्री बितरण गरेको थियो ।तीज संस्कृति भड्किलो बनिरहेकोमा चिन्ता ब्यक्त गर...