राष्ट्रिय सभाको निर्वाचनमा १३ वटा राजनीतिक दलले भाग लिने , मतपत्रको पहिलो नम्बरमा एमाले


काठमान्डौ

आगामी राष्ट्रिय सभाको निर्वाचनमा विभिन्न १३ वटा राजनीतिक दलले भाग लिन लागेका छन् । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यको निर्वाचन प्रयोजनका लागि दर्ता निवेदन पेश गरेका १३ दललाई स्वीकृति दिएको छ र उनीहरूलाई निर्वाचन चिह्न प्रदान गरेको छ ।
मतपत्रमा क्रमशः नेकपा एमाले, नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी नेपालको निर्वाचन चिह्न राखिनेछ । छैठौं नम्बरपछि क्रमशः जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी–नेपाल, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, बहुजन शक्ति पार्टी र तराई–मधेश लोकतान्त्रिक पार्टीको क्रम निर्धारण गरिएको छ ।

नयाँ दर्ता भएका दुई दल– नागरिक उन्मुक्ति पार्टी, नेपाल र श्रम संस्कृति पार्टीको निर्वाचन चिह्न मतपत्रको अन्तिम स्थानमा रहनेछ । निर्वाचन चिह्न सबै सातवटा प्रदेशमा समान रहने व्यवस्था गरिएको छ ।

आगामी फागुन २० गते राष्ट्रिय सभाका १९ सदस्यको कार्यकाल सकिँदैछ । त्यसमध्ये एक जना वामदेव गौत्तम राष्ट्रपतिबाट मनोनित सांसद हुन् भने बाँकी १८ पदका लागि निर्वाचन हुन लागेको हो ।

कोशी प्रदेशबाट ३ जना, मधेश प्रदेशबाट ४ जना, बागमती र गण्डकी प्रदेशबाट २/२ जना, लुम्बिनी प्रदेशबाट ३ जना, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट २/२ जना राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन हुनेछ ।

निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि प्राप्त निवेदन स्वीकृत गर्दै दलहरूको क्रम पनि तोकेको छ । आयोगका अनुसार, क्रम निर्धारण प्रतिनिधि सभा २०७९ को समानुपातिकतर्फ प्राप्त मतका आधारमा गरिएको हो ।

छुटाउनुभयो कि ?

४ मन्त्रीले दिए राजीनामा

४ मन्त्रीले दिए राजीनामा

काठमाडौंमधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । शुक्रबार एमालेबाट सरकारमा सहभागी ४ मन्त्रीले एकैपटक राजीनामा दिएका हुन...
बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बुटवल बडादसैँअन्तर्गत नवरात्रको छैटौँ दिन आज शुक्रबार नवदुर्गामध्येकी छैटौँ स्वरूप कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै ...
विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

बुटवलसार्वजनिक व्यक्तिको विवादास्पद अडियो बाहिरिएपछि त्यसलाई 'एआईले बनाएको' भन्दै खण्डन गर्ने प्रवृत्ति बढ्दो छ । अर्कातिर, ए...
महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...