शिक्षा

विप्लप नेतृत्व नेकपा माओवादीको जागरण अभियान रुपन्देहीमा,कार्की नेतृत्वको सरकार भङ्ग गरेर सर्वपक्षीय सरकार गठन सहितका मुद्दा उठान

विप्लप नेतृत्व नेकपा माओवादीको जागरण अभियान रुपन्देहीमा,कार्की नेतृत्वको सरकार भङ्ग गरेर सर्वपक्षीय सरकार गठन सहितका मुद्दा उठान

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलनेत्रविक्रम चन्द विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को मेची-महाकाली समाजवादी जागरण अभियान रुपन्देही आइपुगेको छ । अभियान अन्तरगत माओजादीले शनिबार रुपन्देहीका ३ ठाउँमा जागरणसभा आयोजना गर्न लागेको अभियानका संयोजक प्रेम दर्नालले जानकारी दिए । देशका विभिन्न तीन ठाउँबाट एकसाथ सुरु गरिएको जागरण अभियान अन्तरगत पश्चिमको कञ्चनपुरबाट सुरु भएको जागरण यात्रा रशनिबार रुपन्देही आइपुगेको संयोजक दर्नालले जानकारी दिए । रुपन्देहीको सैनामैना, बुटवल र देवदहमा आज एकै दिन ३ वटा सभाको आयोजना गरिने उनले बताए । अभियान बारे जानकारी गराउन शनिबार बिहान बुटवलमा आयोजित कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री सुशिला कार्की नेतृत्वको वर्तमान सरकार भङ्ग गरेर सर्वपक्षीय सरकार गठन गर्नु पर्ने मागसहितका १३ वटा मुद्दालाई उठाउँदै आएको बताए । मुलुकमा वैदेशिक हस्तक्षपको खतरनाक खेलहरु भैरहेको बताउँदै उनल...
कांग्रेस महाधिवेशन: लुम्बिनी प्रदेशमा ६५ प्रतिशत प्रतिनिधि सहभागी हुने दाबी

कांग्रेस महाधिवेशन: लुम्बिनी प्रदेशमा ६५ प्रतिशत प्रतिनिधि सहभागी हुने दाबी

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
बुटवललुम्बिनी प्रदेशका १२ जिल्लामध्ये ९ जिल्ला सभापति विशेष महाधिवेशनको पक्षमा खुलेका छन्। काठमाडौंमा भोलि शनिबारदेखि हुने विशेष महाधिवेशनमा ९ जिल्लाका सभापतिको नेतृत्वमा प्रतिनिधि र कार्यकर्ताहरुको टीम आउने नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले जानकारी दिए। प्रदेश सभापति पुन यसअघि नै विशेष महाधिवेशनको पक्षमा प्रतिनिधिको हस्ताक्षर संकलन अभियानमा सक्रिय थिए।उनका अनुसार रुकुम पूर्व, रोल्पा, प्युठान, गुल्मी, पाल्पा, अर्घाखाँची, नवलपरासी पश्चिम, कपिलवस्तु र बाँकेका सभापतिले विशेष महाधिवेशनको समर्थन गरेका छन्। उनीहरुसहित ६५–७० प्रतिशत प्रतिनिधि र कार्यकर्ताहरु विशेष महाधिवेशनमा सहभागी हुने उनले दाबी गरे। विशेष महाविधेशनको माग गर्दै ५६ प्रतिशत प्रतिनिधिले हस्ताक्षर गर्नुभएको थियो, केहीले बीचमा प्रभावमा परेर फिर्ता लिनुभयो–उनको दाबी छ–विशेष महाधिवेशनका पक्षधरहरुमाथि भएको...
जेनजी आन्दोलनमा एक अर्ब २ करोड ६४ लाख बराबरको चोरी र २ अर्ब ८१ करोड ३४ लाख रुपैयाँ बराबरको क्षति

जेनजी आन्दोलनमा एक अर्ब २ करोड ६४ लाख बराबरको चोरी र २ अर्ब ८१ करोड ३४ लाख रुपैयाँ बराबरको क्षति

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौँगत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा देशभर नगद र बहुमूल्य वस्तुमा २ अर्ब ८१ करोड ३४ लाख रुपैयाँ बराबरको क्षति पुगेको छ। यसमा जलेर नष्ट भएको रकम मात्रै २३ करोड ६९ लाख रुपैयाँ छ । अन्तरिम सरकारले गठन गरेको क्षति मूल्यांकन समितिको प्रतिवेदन अनुसार, चोरी, आगजनी र तोडफोडका कारण क्षति पुगेको हो । चोरीबाट सबैभन्दा बढी ५७ प्रतिशत नोक्सानी भएको देखिन्छ भने आगजनी र तोडफोडले क्रमशः ३०.९ र ११.६ प्रतिशत असर पुर्‍याएको छ।सुन, चाँदी, हिरा र मोतीजस्ता बहुमूल्य धातुमा पनि ठूलो क्षति भएको छ । चोरीबाट १ अर्ब २ करोड ६४ लाख रुपैयाँ बराबरको नोक्सानी पुगेको छ। आगजनी र तोडफोडले क्रमशः १३ करोड ११ लाख र ९३ लाख रुपैयाँ बराबरको क्षति पुर्‍याएको छ । घरपरिवारको नगद र बहुमूल्य वस्तुमा सबैभन्दा बढी नोक्सानी सुन, चाँदी, हिरा र मोतीमा परेको छ । कुल नगदमा १२ करोड ६५ लाख र अन्य बहुमूल्य वस्तुमा ७ करोड ५८ ल...
माघ ३ गतेदेखि निर्वाचन आचारसंहिता लागू हुने

माघ ३ गतेदेखि निर्वाचन आचारसंहिता लागू हुने

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंप्रधानमन्त्री सुशीला कार्कीसँग निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जारी हुने आचारसंहिताबारे जानकारी गराइएको छ। निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्त र उच्चअधिकारीहरूले प्रधानमन्त्री कार्कीलाई भेटेर सो जानकारी गराउनुका साथै निर्वाचनको व्यवस्थापन र तयारीका विषयमा छलफल भएको हो।आयोगले निर्वाचनका लागि आगामी माघ ३ गतेदेखि निर्वाचन आचारसंहिता जारी गर्ने जानकारी प्रधानमन्त्री कार्कीलाई गराएको छ। भेटका अवसरमा अर्थमन्त्री रामेश्वर खनाल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिकुमार सिन्हा, मुख्यसचिवलगायत सहभागी हुनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। ...
उच्च अदालत पाटनको रायमाझीको थुनामुक्त निवेदनमा कैफियत प्रतिवेदन माग

उच्च अदालत पाटनको रायमाझीको थुनामुक्त निवेदनमा कैफियत प्रतिवेदन माग

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंउच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनमा रहेका एमाले नेता टोपबहादुर रायमाझीको थुनामुक्त निवेदनमा जिल्ला अदालत काठमाडौंको कारागार पठाउने आदेशको कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको छ।रायमाझीले जिल्ला अदालत काठमाडौंको आदेश बदर गर्न उच्च अदालतमा निवेदन दिएका थिए। उच्च अदालतका न्यायाधीश गोपाल प्रसाद बास्तोलाले प्रारम्भिक सुनुवाइ गर्दै उक्त आदेश जारी गरेका हुन्। जिल्ला अदालतले १ असार २०८० मा रायमाझीलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको थियो। त्यसपछि पुस ११ गते उनले थुनामुक्त हुने निवेदन दिएको भए पनि अदालतले अस्वीकृत गर्‍यो। नक्कली भुटानी शरणार्थी प्रकरणमा रायमाझीसहित १६ जनालाई कारागार चलान गरिएको थियो। त्यसमध्ये नेपाली कांग्रेस नेता र पूर्वगृहमन्त्री बालकृष्ण खाँण धरौटी बुझाएर थुनामुक्त भइसकेका छन्। तर रायमाझी दुई वर्षदेखि कारागारमै रहेका छन्। ...
सहिद बेपत्ता स्मृति प्रतिष्ठानको आयोजनामा बुटवलमा बृहत् सरसफाइ अभियान

सहिद बेपत्ता स्मृति प्रतिष्ठानको आयोजनामा बुटवलमा बृहत् सरसफाइ अभियान

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
विनोद खनालबुटवल‘स्वच्छ बुटवल–हरित बुटवल, ऐतिहासिक बुटवल–पर्यटकीय बुटवल’ भन्ने मूल नारासहित सञ्चालन भइरहेको बुटवल बृहत् सरसफाइ अभियान–२०८२ दोस्रो दिन शुक्रबार पनि व्यापक सहभागिताका साथ सम्पन्न भएको छ।पौष १८ गते बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले अभियानको औपचारिक उद्घाटन गरेका थिए। सहिद बेपत्ता स्मृति प्रतिष्ठान नेपाल, रुपन्देहीको आयोजनामा तथा बुटवल उपमहानगरपालिकाको सहकार्यमा सञ्चालन भइरहेको अभियान अन्तर्गत आज दोस्रो दिनको सरसफाइ कार्यक्रम सम्पन्न गरिएको हो।दोस्रो दिनको कार्यक्रम अक्सफोर्ड माध्यमिक विद्यालय, बुटवलका प्रधानाध्यापक दिनेश भुसालको संयोजकत्वमा सुरु गरिएको हो। कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे प्रमुख अतिथिका रूपमा सहभागी थिए ।कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख पाण्डेले बुटवललाई स्वच्छ, हरित र सुन्दर सहर बनाउन यस्ता अभियानलाई निरन्तरता दिनुपर...
५ महिनामा रेमिट्यान्स रकम ८ खर्ब ७० अर्ब पुग्यो

५ महिनामा रेमिट्यान्स रकम ८ खर्ब ७० अर्ब पुग्यो

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विदेश, विविध, शिक्षा, समाचार, समाज
काठमाडौँ चालु आर्थिक वर्ष २०८२/८३ को पछिल्लो पाँच महिनामा विप्रेषण आप्रवाह ३५.६ प्रतिशतले वृद्धि भएको छ ।नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार, रेमिट्यान्स ३५.६ प्रतिशत बढेर ८ खर्ब ७० अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.७ प्रतिशतले मात्र वृद्धि भएको थियो । २०८२ मङ्सिर महिनामा विप्रेषण आप्रवाह १ खर्ब ८३ अर्ब १८ करोड रहेको छ भने अघिल्लो वर्षको सोही महिनामा १ खर्ब १८ अर्ब ७९ करोड थियो । समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २९.० प्रतिशतले वृद्धि भई ६ अर्ब १६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ३.४ प्रतिशतले मात्र बढेको थियो । साथै, समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ९५४ अर्ब ७८ करोड पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ७०० अर्ब ४३ करोडभन्दा बढी हो । राष्ट्र बैंकका अनुसार, पछिल्ल...
अहिलेको सरकारमा बस्नेलाई कुनै दलतिर ढल्कने छुट छैन : गृहमन्त्री अर्याल

अहिलेको सरकारमा बस्नेलाई कुनै दलतिर ढल्कने छुट छैन : गृहमन्त्री अर्याल

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंगृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारमा बस्ने मन्त्रीहरूलाई कुनै दलतिर ढल्कने छुट नभएको बताएका छन् । शुक्रबार ललितपुरमा आयोजित बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा मन्त्री अर्यालले जेनजी आन्दोलनपछि बनेको वर्तमान सरकारको म्यान्डेट स्मरण गराएका हुन् ।गृह मन्त्रालय र बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा संयुक्त रूपमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बाँनिया, प्रदेशका आन्तरिक मामिला मन्त्री लगायतको उपस्थिति रहेको छ ।कार्यक्रमको उद्‍घाटन समारोहमा मन्तव्य राख्दै गृहमन्त्री अर्यालले वर्तमान सरकारको म्यान्डेट तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नु र सुशासन कायम गर्नु रहेको बताए ।सरकार निर्वाचनमा होमिसकेकाले तोकिएको मितिमा नै निर्वाचन हुनेमा शंका नगर्न सम्बन्धित सबैपक्षलाई आग्रह गरे ।जेनजी जनआन्दोलन सुशासन कायमको ला...
लगानीको सुरक्षा राज्यको जिम्मेवारी होः मुख्यमन्त्री आचार्य

लगानीको सुरक्षा राज्यको जिम्मेवारी होः मुख्यमन्त्री आचार्य

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवल लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले व्यवसायमैत्री वातावरण बनाउने जिम्मेवारी राज्यको भएको बताउनुभएको छ । भदौ २४ गते आन्दोलनको नाममा उद्योग, व्यवसाय तथा होटलहरूमा आगजनी गरी व्यवसायीको मनोबल गिराएको घटनाले प्रदेशको व्यावसायिक वातावरण समेत प्रभावित बनेको भन्दै उहाँले यसमा संलग्नलाई तत्काल कारबाहीको दायरामा ल्याउनुपर्ने आवश्यकता औंल्याउनुभएको हो । नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघको ९ औं वार्षिक साधारणसभाको बिहिवार बुटवलमा उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले शान्ति सुरक्षा र लगानीको संरक्षण व्यवसायिक वातावरणको आधार भएको बताउनुभयो । ‘नियतवश होटल, क्याटरिङ व्यवसाय, उद्योग तथा पसलहरूमा आगो लगाइयो । यस्तो अपराध गर्नेलाई अविलम्ब कारबाही गर्नैपर्छ’उहाँले भन्नुभयो,‘लगानीको सुरक्षा राज्यको जिम्मेवारी हो । राज्य कमजोर हुन हुँदैन ।’उहाँका अनुसार र...
अपाङ्ग कलस्टरबाट उम्मेदवारी दिएका घिमिरेविरुद्ध उजुरी

अपाङ्ग कलस्टरबाट उम्मेदवारी दिएका घिमिरेविरुद्ध उजुरी

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलआउँदो माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशबाट उम्मेदवारी दिएका बासुदेव घिमिरे जङ्गलीको उम्मेदवारीमाथि उजुरी परेको छ । कांग्रेस–एमाले गठबन्धनको तर्फबाट अपाङ्गता क्लस्टरमा उम्मेदवारी दिएका घिमिरे गैरअपाङ्ग भएको दाबी गर्दै उनको उम्मेदवारी खारेज गर्न माग गरिएको हो ।प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कँवरका अनुसार नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट अपाङ्गता क्लस्टरमा उम्मेदवारी दिएका सर्जन विकले उजुरी दर्ता गराएका हुन् । उनका अनुसार उजुरीमाथि छानबिन तथा कारबाही प्रक्रिया सुरु भइसकेको छ र यसको अन्तिम निर्णय अन्तिम नामावली सार्वजनिक हुँदा जानकारी गराइनेछ । अपाङ्गता क्लस्टरका उम्मेदवार घिमिरे ‘घ’ वर्गको अपाङ्गता भएको दाबी पारिवारिक स्रोतले गरेको छ । निर्वाचन कार्यालयले कानुनी प्रक्रिया अनुसार प्रमाणको अध्ययनपछि निर्णय लिने जनाएको छ ...