अपाङ्ग कलस्टरबाट उम्मेदवारी दिएका घिमिरेविरुद्ध उजुरी


बुटवल
आउँदो माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशबाट उम्मेदवारी दिएका बासुदेव घिमिरे जङ्गलीको उम्मेदवारीमाथि उजुरी परेको छ ।

कांग्रेस–एमाले गठबन्धनको तर्फबाट अपाङ्गता क्लस्टरमा उम्मेदवारी दिएका घिमिरे गैरअपाङ्ग भएको दाबी गर्दै उनको उम्मेदवारी खारेज गर्न माग गरिएको हो ।
प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कँवरका अनुसार नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट अपाङ्गता क्लस्टरमा उम्मेदवारी दिएका सर्जन विकले उजुरी दर्ता गराएका हुन् ।

उनका अनुसार उजुरीमाथि छानबिन तथा कारबाही प्रक्रिया सुरु भइसकेको छ र यसको अन्तिम निर्णय अन्तिम नामावली सार्वजनिक हुँदा जानकारी गराइनेछ ।

अपाङ्गता क्लस्टरका उम्मेदवार घिमिरे ‘घ’ वर्गको अपाङ्गता भएको दाबी पारिवारिक स्रोतले गरेको छ । निर्वाचन कार्यालयले कानुनी प्रक्रिया अनुसार प्रमाणको अध्ययनपछि निर्णय लिने जनाएको छ ।

माघ ११ गते हुने निर्वाचनमा लुम्बिनी प्रदेशमा महिला, अपाङ्गता र अन्य क्लस्टर गरी रिक्त तीन पदका लागि आठ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मनोनयन दर्ता गर्नेमा कांग्रेस–एमाले गठबन्धनका तर्फबाट तीन जना, नेपाली कम्युनिस्ट पार्टीकाे तर्फबाट तीन जना र राष्ट्रिय जनमोर्चाका तर्फबाट दुई जना रहेका छन् ।

कांग्रेस–एमाले गठबन्धनबाट महिला क्लस्टरमा एमालेकी रामकुमारी झाँक्री, अपाङ्गता क्लस्टरमा कांग्रेसका बासुदेव घिमिरे जङ्गली र अन्य क्लस्टरमा नेपाली कांग्रेसकै चन्द्र केसीले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै नेपाली कम्युनिस्ट पार्टीबाट अपाङ्गता क्लस्टरमा सर्जन विक, अन्य क्लस्टरमा बृहस्पति अधिकारी र महिला क्लस्टरमा दुर्गा भण्डारीले उम्मेदवारी दर्ता गराएका छन् ।

राष्ट्रिय जनमोर्चाले अन्य क्लस्टरमा प्यूठानका बोमबहादुर खत्री र महिला क्लस्टरमा प्यूठानकी पद्मा पण्डितलाई उम्मेदवार बनाएको जनाएको छ ।

प्रदेशमा कुल मतभार ८ हजार ७५३ रहेको छ । यसमध्ये नेपाली कांग्रेसको ३ हजार १७९, एमालेको २ हजार ८१० र माओवादी–एकीकृत समाजवादी गठबन्धनको २ हजार ६८६ मतभार रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

छुटाउनुभयो कि ?

फ्रान्समा हिंसात्मक प्रदर्शन, ऐतिहासिक नगर भवनमा आगजनी, १२ सयभन्दा बढी पक्राउ

फ्रान्समा हिंसात्मक प्रदर्शन, ऐतिहासिक नगर भवनमा आगजनी, १२ सयभन्दा बढी पक्राउ

काठमाडौंफ्रान्समा बढ्दो महँगी, जीवनयापनको लागत, विद्यालयको कमजोर अवस्था र सार्वजनिक सेवामा देखिएका समस्याविरुद्ध शनिबार भएको ...
देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौंदेशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पछिल्लो २४...
दशैंले राष्ट्रिय एकता र सद्भाव बलियो बनाउँछः मुख्यमन्त्री आचार्य

दशैंले राष्ट्रिय एकता र सद्भाव बलियो बनाउँछः मुख्यमन्त्री आचार्य

दाङलुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वडादशैंले नेपालीबीच आपसी सद्भाव, भाइचारा, राष्ट्रिय एकता र सहकार्यको भाव...
लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट पक्राउ

लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट पक्राउ

काठमाडौंलगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । उनी ललितपुरको सानेपाबाट पक्राउ परेका...