उच्च अदालत पाटनको रायमाझीको थुनामुक्त निवेदनमा कैफियत प्रतिवेदन माग


काठमाडौं
उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनमा रहेका एमाले नेता टोपबहादुर रायमाझीको थुनामुक्त निवेदनमा जिल्ला अदालत काठमाडौंको कारागार पठाउने आदेशको कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको छ।
रायमाझीले जिल्ला अदालत काठमाडौंको आदेश बदर गर्न उच्च अदालतमा निवेदन दिएका थिए। उच्च अदालतका न्यायाधीश गोपाल प्रसाद बास्तोलाले प्रारम्भिक सुनुवाइ गर्दै उक्त आदेश जारी गरेका हुन्।

जिल्ला अदालतले १ असार २०८० मा रायमाझीलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको थियो। त्यसपछि पुस ११ गते उनले थुनामुक्त हुने निवेदन दिएको भए पनि अदालतले अस्वीकृत गर्‍यो।

नक्कली भुटानी शरणार्थी प्रकरणमा रायमाझीसहित १६ जनालाई कारागार चलान गरिएको थियो। त्यसमध्ये नेपाली कांग्रेस नेता र पूर्वगृहमन्त्री बालकृष्ण खाँण धरौटी बुझाएर थुनामुक्त भइसकेका छन्। तर रायमाझी दुई वर्षदेखि कारागारमै रहेका छन्।

छुटाउनुभयो कि ?

दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित रहने

दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित रहने

काठमाडौंस्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँको बिदाका अवधिमा नागरिकलाई सहज, सुलभ र निरन्तर स्वास्थ्य सेवा उपलब्ध गरा...
टेस्लाले सार्वजनिक गर्‍यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा

टेस्लाले सार्वजनिक गर्‍यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा

काठमाडौँअमेरिकी विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाले उड्न सक्ने दाबी गरिएको नयाँ रोडस्टर कार सार्वजनिक गरेको छ । कम्पनीका...
भोटेकोशी बाढी: प्रभावितमध्ये २६ प्रतिशत पुरानै स्थानमा बस्न चाहन्छन्

भोटेकोशी बाढी: प्रभावितमध्ये २६ प्रतिशत पुरानै स्थानमा बस्न चाहन्छन्

काठमाडौँभोटेकोशी बाढीबाट घरमा क्षति पुगेका घरपरिवारमध्ये करिब २६ प्रतिशतले बाढीअघिकै स्थानमा बस्ने चाहना राखेका छन् । राष्ट्र...
बडादशैँ: आज सप्तमी, शुभसाइतमा फूलपाती भित्र्याइँदै

बडादशैँ: आज सप्तमी, शुभसाइतमा फूलपाती भित्र्याइँदै

बुटवल प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ सा...