कांग्रेस महाधिवेशन: लुम्बिनी प्रदेशमा ६५ प्रतिशत प्रतिनिधि सहभागी हुने दाबी


बुटवल
लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये ९ जिल्ला सभापति विशेष महाधिवेशनको पक्षमा खुलेका छन्।

काठमाडौंमा भोलि शनिबारदेखि हुने विशेष महाधिवेशनमा ९ जिल्लाका सभापतिको नेतृत्वमा प्रतिनिधि र कार्यकर्ताहरुको टीम आउने नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले जानकारी दिए। प्रदेश सभापति पुन यसअघि नै विशेष महाधिवेशनको पक्षमा प्रतिनिधिको हस्ताक्षर संकलन अभियानमा सक्रिय थिए।
उनका अनुसार रुकुम पूर्व, रोल्पा, प्युठान, गुल्मी, पाल्पा, अर्घाखाँची, नवलपरासी पश्चिम, कपिलवस्तु र बाँकेका सभापतिले विशेष महाधिवेशनको समर्थन गरेका छन्। उनीहरुसहित ६५–७० प्रतिशत प्रतिनिधि र कार्यकर्ताहरु विशेष महाधिवेशनमा सहभागी हुने उनले दाबी गरे।

विशेष महाविधेशनको माग गर्दै ५६ प्रतिशत प्रतिनिधिले हस्ताक्षर गर्नुभएको थियो, केहीले बीचमा प्रभावमा परेर फिर्ता लिनुभयो–उनको दाबी छ–विशेष महाधिवेशनका पक्षधरहरुमाथि भएको दबाब र प्रभाव देखेर अरु धेरै प्रतिनिधि साथीहरु विशेष महाधिवेशन हुनुपर्छ भन्ने पक्षमा उभिएर काठमाडौं आइपुग्दै हुनुहुन्छ ।”

उनले विशेष महाधिवेशन पक्षधरहरुलाई रोक्ने र त्रास देखाउने काम भएको भन्दै त्यसो नगर्न संस्थापन पक्षले आग्रह गरे। “उहाँहरुले प्रतिनिधिको पछाडि एक एक जना लगाएर विशेष महाधिवेशनमा जानका लागि रोक्ने प्रयास गर्नुभएको छ,”–उनले भने–“त्यसो हुँदा झन् बढी प्रतिनिधिहरु विशेष महाधिवेशनको पक्षमा उभिनुभएको छ, केही प्रतिनिधि र जिल्ला सभापतिहरु लोभ र त्रासका कारण रोकिएपनि लुम्बिनी प्रदेशबाट ६५–७० प्रतिशतको सहभागिता हुन्छ र हामी विशेष महाधिवेशन सफल बनाउँदैछौं।”

उनका अनुसार लुम्बिनी प्रदेशका २६ निर्वाचन क्षेत्रबाट करीब ६३० जना प्रतिनिधिमध्ये ४ सयभन्दा बढी प्रतिनिधि काठमाडौं आइपुग्ने खबर जिल्लाहरुबाट प्राप्त भएको छ।

गुल्मीका सभापति खिलध्वज पन्थीका अनुसार गुल्मीबाट ५४ मध्ये ४८ जना विशेष महाधिवेशनको पक्षमा छन्। उनी भन्छन्–“हामी ४८ जना काठमाडौं सहभागी हुने टुंगो लागिसक्यो, बाँकी साथीहरुले हामी प्रयास गर्छौं भन्नुभएको छ, थप केही साथीहरु सहभागी हुनुहुन्छ ।”

पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले पाल्पाबाट ५२ जनामध्ये ४८ जनाले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेको भएपनि केहीले जान नसक्ने बताएको जानकारी दिए। उनले भने–“पाल्पाबाट ९५ प्रतिशत उपस्थिति हुने अवस्था थियो, अहिले केही साथीहरुले जान नसक्ने बताएपछि हामी ९० प्रतिशत साथीहरु सहभागी हुन्छौं।”

रोल्पाबाट २६ जना मध्ये देशबाहिर र सम्पर्कमा नरहेका ४ जनाबाहेक अरु सबै सहभागी हुने रोल्पाका सभापति किशोर आचार्यले जानकारी दिए।

रुपन्देहीबाट १३० जना मध्ये ८५ जना प्रतिनिधि सहभागी हुने रुपन्देही २ का क्षेत्रीय सभापति प्रजापाल गिरीले जानकारी दिए। उनले अन्य जिल्लाहरुबाट आउने प्रतिनिधिहरुको संख्या बढ्दै गएको र बुटवलमा सम्पर्क भइरहेको बताए।

छुटाउनुभयो कि ?

दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित रहने

दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित रहने

काठमाडौंस्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँको बिदाका अवधिमा नागरिकलाई सहज, सुलभ र निरन्तर स्वास्थ्य सेवा उपलब्ध गरा...
टेस्लाले सार्वजनिक गर्‍यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा

टेस्लाले सार्वजनिक गर्‍यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा

काठमाडौँअमेरिकी विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाले उड्न सक्ने दाबी गरिएको नयाँ रोडस्टर कार सार्वजनिक गरेको छ । कम्पनीका...
भोटेकोशी बाढी: प्रभावितमध्ये २६ प्रतिशत पुरानै स्थानमा बस्न चाहन्छन्

भोटेकोशी बाढी: प्रभावितमध्ये २६ प्रतिशत पुरानै स्थानमा बस्न चाहन्छन्

काठमाडौँभोटेकोशी बाढीबाट घरमा क्षति पुगेका घरपरिवारमध्ये करिब २६ प्रतिशतले बाढीअघिकै स्थानमा बस्ने चाहना राखेका छन् । राष्ट्र...
बडादशैँ: आज सप्तमी, शुभसाइतमा फूलपाती भित्र्याइँदै

बडादशैँ: आज सप्तमी, शुभसाइतमा फूलपाती भित्र्याइँदै

बुटवल प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ सा...