कांग्रेस महाधिवेशन: लुम्बिनी प्रदेशमा ६५ प्रतिशत प्रतिनिधि सहभागी हुने दाबी


बुटवल
लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये ९ जिल्ला सभापति विशेष महाधिवेशनको पक्षमा खुलेका छन्।

काठमाडौंमा भोलि शनिबारदेखि हुने विशेष महाधिवेशनमा ९ जिल्लाका सभापतिको नेतृत्वमा प्रतिनिधि र कार्यकर्ताहरुको टीम आउने नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले जानकारी दिए। प्रदेश सभापति पुन यसअघि नै विशेष महाधिवेशनको पक्षमा प्रतिनिधिको हस्ताक्षर संकलन अभियानमा सक्रिय थिए।
उनका अनुसार रुकुम पूर्व, रोल्पा, प्युठान, गुल्मी, पाल्पा, अर्घाखाँची, नवलपरासी पश्चिम, कपिलवस्तु र बाँकेका सभापतिले विशेष महाधिवेशनको समर्थन गरेका छन्। उनीहरुसहित ६५–७० प्रतिशत प्रतिनिधि र कार्यकर्ताहरु विशेष महाधिवेशनमा सहभागी हुने उनले दाबी गरे।

विशेष महाविधेशनको माग गर्दै ५६ प्रतिशत प्रतिनिधिले हस्ताक्षर गर्नुभएको थियो, केहीले बीचमा प्रभावमा परेर फिर्ता लिनुभयो–उनको दाबी छ–विशेष महाधिवेशनका पक्षधरहरुमाथि भएको दबाब र प्रभाव देखेर अरु धेरै प्रतिनिधि साथीहरु विशेष महाधिवेशन हुनुपर्छ भन्ने पक्षमा उभिएर काठमाडौं आइपुग्दै हुनुहुन्छ ।”

उनले विशेष महाधिवेशन पक्षधरहरुलाई रोक्ने र त्रास देखाउने काम भएको भन्दै त्यसो नगर्न संस्थापन पक्षले आग्रह गरे। “उहाँहरुले प्रतिनिधिको पछाडि एक एक जना लगाएर विशेष महाधिवेशनमा जानका लागि रोक्ने प्रयास गर्नुभएको छ,”–उनले भने–“त्यसो हुँदा झन् बढी प्रतिनिधिहरु विशेष महाधिवेशनको पक्षमा उभिनुभएको छ, केही प्रतिनिधि र जिल्ला सभापतिहरु लोभ र त्रासका कारण रोकिएपनि लुम्बिनी प्रदेशबाट ६५–७० प्रतिशतको सहभागिता हुन्छ र हामी विशेष महाधिवेशन सफल बनाउँदैछौं।”

उनका अनुसार लुम्बिनी प्रदेशका २६ निर्वाचन क्षेत्रबाट करीब ६३० जना प्रतिनिधिमध्ये ४ सयभन्दा बढी प्रतिनिधि काठमाडौं आइपुग्ने खबर जिल्लाहरुबाट प्राप्त भएको छ।

गुल्मीका सभापति खिलध्वज पन्थीका अनुसार गुल्मीबाट ५४ मध्ये ४८ जना विशेष महाधिवेशनको पक्षमा छन्। उनी भन्छन्–“हामी ४८ जना काठमाडौं सहभागी हुने टुंगो लागिसक्यो, बाँकी साथीहरुले हामी प्रयास गर्छौं भन्नुभएको छ, थप केही साथीहरु सहभागी हुनुहुन्छ ।”

पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले पाल्पाबाट ५२ जनामध्ये ४८ जनाले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेको भएपनि केहीले जान नसक्ने बताएको जानकारी दिए। उनले भने–“पाल्पाबाट ९५ प्रतिशत उपस्थिति हुने अवस्था थियो, अहिले केही साथीहरुले जान नसक्ने बताएपछि हामी ९० प्रतिशत साथीहरु सहभागी हुन्छौं।”

रोल्पाबाट २६ जना मध्ये देशबाहिर र सम्पर्कमा नरहेका ४ जनाबाहेक अरु सबै सहभागी हुने रोल्पाका सभापति किशोर आचार्यले जानकारी दिए।

रुपन्देहीबाट १३० जना मध्ये ८५ जना प्रतिनिधि सहभागी हुने रुपन्देही २ का क्षेत्रीय सभापति प्रजापाल गिरीले जानकारी दिए। उनले अन्य जिल्लाहरुबाट आउने प्रतिनिधिहरुको संख्या बढ्दै गएको र बुटवलमा सम्पर्क भइरहेको बताए।

छुटाउनुभयो कि ?

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई   आजीवन र जन्मकैद

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई आजीवन र जन्मकैद

काठमाडौंकैलाली जिल्ला अदालतले मंगलबार भूपेन्द्र बडुवाल हत्याकाण्डका आरोपी नवीन रावलसहित ६ जनालाई आजीवन जन्मकैदको फैसला सुनाएक...
बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलबुटवल उपमहानगरपालिका १२ ढवाहमा चोरको विगबिगि भएको छ । सोमबार राती सतगढी टोल विकास संस्था अन्तर्गत पर्ने २ वटा घरमा चोरी ...
मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्वजनिक

मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्वजनिक

काठमाडौँपुस २८ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री तथा सरकारका प्र...
भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विष्फोटपछि आगलागी : नेपालीसहित ६ जना बेपत्ता

भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विष्फोटपछि आगलागी : नेपालीसहित ६ जना बेपत्ता

काठमाडौंभारतको हिमाञ्चलस्थित सोलन जिल्लाको अर्कीमा ग्यास सिलिन्डर विष्फोटपछिको आगलागी घटनामा नेपालीसहित ६ जना बेपत्ता भएका छन...