जेनजी आन्दोलनमा एक अर्ब २ करोड ६४ लाख बराबरको चोरी र २ अर्ब ८१ करोड ३४ लाख रुपैयाँ बराबरको क्षति


काठमाडौँ
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा देशभर नगद र बहुमूल्य वस्तुमा २ अर्ब ८१ करोड ३४ लाख रुपैयाँ बराबरको क्षति पुगेको छ। यसमा जलेर नष्ट भएको रकम मात्रै २३ करोड ६९ लाख रुपैयाँ छ ।

अन्तरिम सरकारले गठन गरेको क्षति मूल्यांकन समितिको प्रतिवेदन अनुसार, चोरी, आगजनी र तोडफोडका कारण क्षति पुगेको हो । चोरीबाट सबैभन्दा बढी ५७ प्रतिशत नोक्सानी भएको देखिन्छ भने आगजनी र तोडफोडले क्रमशः ३०.९ र ११.६ प्रतिशत असर पुर्‍याएको छ।
सुन, चाँदी, हिरा र मोतीजस्ता बहुमूल्य धातुमा पनि ठूलो क्षति भएको छ । चोरीबाट १ अर्ब २ करोड ६४ लाख रुपैयाँ बराबरको नोक्सानी पुगेको छ। आगजनी र तोडफोडले क्रमशः १३ करोड ११ लाख र ९३ लाख रुपैयाँ बराबरको क्षति पुर्‍याएको छ ।

घरपरिवारको नगद र बहुमूल्य वस्तुमा सबैभन्दा बढी नोक्सानी सुन, चाँदी, हिरा र मोतीमा परेको छ । कुल नगदमा १२ करोड ६५ लाख र अन्य बहुमूल्य वस्तुमा ७ करोड ५८ लाख रुपैयाँ बराबरको क्षति भएको छ। चोरीबाट सबैभन्दा बढी ७३ करोड ४३ लाख, आगजनीबाट १७ करोड ६ लाख र तोडफोडबाट ५ करोड ४ लाख बराबरको नोक्सानी भएको प्रतिवेदनमा उल्लेख छ।

सामुदायिक र अन्य क्षेत्रका नगद तथा बहुमूल्य वस्तुमा पनि ठूलो क्षति भएको छ । नगदमा ३३ करोड ७० लाख र अन्य वस्तुमा १६ करोड २३ लाख रुपैयाँ बराबरको नोक्सानी भएको छ। निजी प्रतिष्ठानले बेहोरेको क्षति भने कुलको सानो हिस्सा मात्रै, ५६ करोड १८ लाख रुपैयाँ बराबर रहेको छ ।

छुटाउनुभयो कि ?

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई   आजीवन र जन्मकैद

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई आजीवन र जन्मकैद

काठमाडौंकैलाली जिल्ला अदालतले मंगलबार भूपेन्द्र बडुवाल हत्याकाण्डका आरोपी नवीन रावलसहित ६ जनालाई आजीवन जन्मकैदको फैसला सुनाएक...
बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलबुटवल उपमहानगरपालिका १२ ढवाहमा चोरको विगबिगि भएको छ । सोमबार राती सतगढी टोल विकास संस्था अन्तर्गत पर्ने २ वटा घरमा चोरी ...
मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्वजनिक

मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्वजनिक

काठमाडौँपुस २८ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री तथा सरकारका प्र...
भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विष्फोटपछि आगलागी : नेपालीसहित ६ जना बेपत्ता

भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विष्फोटपछि आगलागी : नेपालीसहित ६ जना बेपत्ता

काठमाडौंभारतको हिमाञ्चलस्थित सोलन जिल्लाको अर्कीमा ग्यास सिलिन्डर विष्फोटपछिको आगलागी घटनामा नेपालीसहित ६ जना बेपत्ता भएका छन...