जेनजी आन्दोलनमा एक अर्ब २ करोड ६४ लाख बराबरको चोरी र २ अर्ब ८१ करोड ३४ लाख रुपैयाँ बराबरको क्षति


काठमाडौँ
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा देशभर नगद र बहुमूल्य वस्तुमा २ अर्ब ८१ करोड ३४ लाख रुपैयाँ बराबरको क्षति पुगेको छ। यसमा जलेर नष्ट भएको रकम मात्रै २३ करोड ६९ लाख रुपैयाँ छ ।

अन्तरिम सरकारले गठन गरेको क्षति मूल्यांकन समितिको प्रतिवेदन अनुसार, चोरी, आगजनी र तोडफोडका कारण क्षति पुगेको हो । चोरीबाट सबैभन्दा बढी ५७ प्रतिशत नोक्सानी भएको देखिन्छ भने आगजनी र तोडफोडले क्रमशः ३०.९ र ११.६ प्रतिशत असर पुर्‍याएको छ।
सुन, चाँदी, हिरा र मोतीजस्ता बहुमूल्य धातुमा पनि ठूलो क्षति भएको छ । चोरीबाट १ अर्ब २ करोड ६४ लाख रुपैयाँ बराबरको नोक्सानी पुगेको छ। आगजनी र तोडफोडले क्रमशः १३ करोड ११ लाख र ९३ लाख रुपैयाँ बराबरको क्षति पुर्‍याएको छ ।

घरपरिवारको नगद र बहुमूल्य वस्तुमा सबैभन्दा बढी नोक्सानी सुन, चाँदी, हिरा र मोतीमा परेको छ । कुल नगदमा १२ करोड ६५ लाख र अन्य बहुमूल्य वस्तुमा ७ करोड ५८ लाख रुपैयाँ बराबरको क्षति भएको छ। चोरीबाट सबैभन्दा बढी ७३ करोड ४३ लाख, आगजनीबाट १७ करोड ६ लाख र तोडफोडबाट ५ करोड ४ लाख बराबरको नोक्सानी भएको प्रतिवेदनमा उल्लेख छ।

सामुदायिक र अन्य क्षेत्रका नगद तथा बहुमूल्य वस्तुमा पनि ठूलो क्षति भएको छ । नगदमा ३३ करोड ७० लाख र अन्य वस्तुमा १६ करोड २३ लाख रुपैयाँ बराबरको नोक्सानी भएको छ। निजी प्रतिष्ठानले बेहोरेको क्षति भने कुलको सानो हिस्सा मात्रै, ५६ करोड १८ लाख रुपैयाँ बराबर रहेको छ ।

छुटाउनुभयो कि ?

दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित रहने

दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित रहने

काठमाडौंस्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँको बिदाका अवधिमा नागरिकलाई सहज, सुलभ र निरन्तर स्वास्थ्य सेवा उपलब्ध गरा...
टेस्लाले सार्वजनिक गर्‍यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा

टेस्लाले सार्वजनिक गर्‍यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा

काठमाडौँअमेरिकी विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाले उड्न सक्ने दाबी गरिएको नयाँ रोडस्टर कार सार्वजनिक गरेको छ । कम्पनीका...
भोटेकोशी बाढी: प्रभावितमध्ये २६ प्रतिशत पुरानै स्थानमा बस्न चाहन्छन्

भोटेकोशी बाढी: प्रभावितमध्ये २६ प्रतिशत पुरानै स्थानमा बस्न चाहन्छन्

काठमाडौँभोटेकोशी बाढीबाट घरमा क्षति पुगेका घरपरिवारमध्ये करिब २६ प्रतिशतले बाढीअघिकै स्थानमा बस्ने चाहना राखेका छन् । राष्ट्र...
बडादशैँ: आज सप्तमी, शुभसाइतमा फूलपाती भित्र्याइँदै

बडादशैँ: आज सप्तमी, शुभसाइतमा फूलपाती भित्र्याइँदै

बुटवल प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ सा...