शिक्षकहरू सरकारमाथि विश्वास गरेर प्रदर्शनमा आउनुभयो: प्रधानमन्त्री ओली
काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरू सरकारलाई विश्वास गरेर प्रदर्शन गर्न काठमाडौं आएको बताएका छन्।
शनिबार थाइल्याण्डको औपचारिक भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्रीले विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा आवाज उठाए सरकारले सुन्छ भन्ने विश्वास राखेर शिक्षकहरू काठमाडौं आएको बताएका हुन्।
'नत्र पहिले पहिले प्रदर्शनमा आउनु हुन्नथ्यो। प्रदर्शन गर्यो गर्यो कानमा बतास लाग्दैन भने किन गर्ने भन्ने हुन्थ्यो। अहिले आवाज उठाएपछि सरकारले सुन्छ भन्ने उहाँहरूलाई विश्वास छ,' उनले भने।
उनले सानो डेलिगेशन आएको भए पनि सरकारले सम्बोधन गर्ने बताए।
'आइरहनुपर्ने थिएन। सानो डेलिगेशन आएको भए पनि भइहाल्थ्यो। सरकारले सुनेन कि भन्ने पहिले-पहिले जस्तै ठान्नुभयो होला। अलि ठूलै जमात जानुपर्छ। यो विषय टुंगिन्छ र उहाँहरू जानुहुन्छ,' उनले भने।
अब शिक्षकहरूको कु...








