फागुनमा गत वर्षको तुलनामा सडक दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्या घटेको छ: ट्राफिक प्रहरी बुटवल


बुटवल

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले कार्यालयकाे क्षेत्राधिकार भित्र यस वर्षको फागुनमा गत वर्षको फागुन महिनाको तुलनामा सडक दुर्घटनाबाट मृत्यु हुनेको संख्या कम रहेको जानकारी दिएको छ।

मंगलबार ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले पत्रकार सम्मेलन मार्फत कार्य प्रगतिको उक्त तथ्याङ्क सार्वजनिक गरेको हाे। कार्यालयले गत आर्थिक वर्ष २०८०/८१ को फागुन महिनामा सडक दुर्घटनाबाट ६१ जनाको मृत्यु भएको तर यस वर्षको फागुन महिनामा ३९ मात्र रहेको जानकारी गराएको हो। सोही तथ्याङ्क अनुसार २०८० को फागुनमा यस वर्षको फागुन महिनाको तुलनामा २२ जना सडक दुर्घटनाबाट ज्यान गुमाउनेको संख्या बढी रहेको थियो । सोही महिनामा गत वर्षको तुलनामा चालू वर्षको फागुन महिनामा सडक दुर्घटनामा घाइतेको संख्या बढी भएतापनि मृत्युदर घटेको बताएको छ।

ट्राफिक प्रहरीले आफ्नो कार्यालयले सडकमा सवारीलाई विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै आएको जनाएको छ। साथै उत्कृष्ट चालकहरुलाई सम्मान पनि गरेको छ। प्रहरीले सवारीचालक हरुलाई स्वास्थ्य परीक्षण पनि गरेको छ। जसमध्ये मधुमेह ,उच्चरक्तचाप, आँखामा ,कानमा समस्या जस्ता तथ्यहरु संकलन गरेको छ। सुझाव सल्लाह दिई सुरक्षित यात्राको लागि प्रशिक्षण पनि गर्दै आएको छ। ट्राफिक प्रहरी बुटवलले डिजिटल माध्यमबाट जरिवाना भुक्तानी गर्ने व्यवस्थाको विस्तार गरिरहेको छ। साथै प्रहरीको सक्रियतामा कारबाही र राजस्व संकलनको मात्रा बढेको विवरण सार्वजनिक गरेको छ। सक्रिय रूपमा जनचेतना विस्तार गर्दा लाभन्वित हुनेको संख्या तीव्र गतिमा बढेको जनाएको छ।

जनशक्ति जसमध्ये प्रहरीको संख्या ,व्यवस्थापन गर्न आवश्यक आर्थिक व्यवस्थापन र प्रविधि उपकरणहरू आवश्यकता अनुसार परिचालन गर्न सकेमा सडक दुर्घटना न्यूनीकरण गर्न सकिने प्रहरी उपरीक्षक तथा ट्राफिक कार्यालय बुटवलका प्रमुख श्याम बहादुर खत्रीले जानकारी दिए।

आफूहरुले सेवा प्रवाहलाई थप प्रभावकारी बनाई सडक दुर्घटना कमगर्ने योजना रहेको प्रहरी नायव उपरीक्षक तथा बुटवल प्रहरी कार्यालयका सूचना अधिकारी मधुसुदन न्यौपानेले जानकारी दिए।

छुटाउनुभयो कि ?

साउदी अरेबियाको सुरक्षा स्थितिका कारण नेपाल वायुसेवा निगमको दमाम उडान रद्द

साउदी अरेबियाको सुरक्षा स्थितिका कारण नेपाल वायुसेवा निगमको दमाम उडान रद्द

बुटवल साउदी अरेबियाको सुरक्षा स्थितिका कारण नेपाल वायुसेवा निगमको दमाम उडान रद्द गरिएको छ ।नेपाल वायुसेवा निगमले साउदी अरेबिय...
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण

सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण

बुटवल आज अधिकांश सरकारी वेबसाइट बन्द छन् । पीएचपी प्रविधिमा देखिएको सुरक्षा जोखिमका कारण सरकारी वेबसाइटहरू बन्द गरिएको हो ।सफ...
मङ्गलबारदेखि वर्षा हुन सक्छ, त्रसित हुन आवश्यक छैनः मौसमविद्

मङ्गलबारदेखि वर्षा हुन सक्छ, त्रसित हुन आवश्यक छैनः मौसमविद्

बुटवलनेपाल मौसम विज्ञान विभागले आगामी मङ्गलबारदेखि मुलुकको केही भू–भागमा वर्षा हुनसक्ने सम्भावना रहे पनि त्रसित नहुन सबैसँग अ...
साउदीको तेल क्षेत्रमा ड्रोन आक्रमण, एक नेपालीसहित दुई जनाको मृत्यु

साउदीको तेल क्षेत्रमा ड्रोन आक्रमण, एक नेपालीसहित दुई जनाको मृत्यु

काठमाडौँसाउदी अरबको पूर्वी प्रान्तस्थित शैबाह तेल क्षेत्रमा ड्रोन आक्रमण रोक्ने क्रममा खसेका टुक्राबाट एक नेपालीसहित दुई विदे...