फागुनमा गत वर्षको तुलनामा सडक दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्या घटेको छ: ट्राफिक प्रहरी बुटवल


बुटवल

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले कार्यालयकाे क्षेत्राधिकार भित्र यस वर्षको फागुनमा गत वर्षको फागुन महिनाको तुलनामा सडक दुर्घटनाबाट मृत्यु हुनेको संख्या कम रहेको जानकारी दिएको छ।

मंगलबार ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले पत्रकार सम्मेलन मार्फत कार्य प्रगतिको उक्त तथ्याङ्क सार्वजनिक गरेको हाे। कार्यालयले गत आर्थिक वर्ष २०८०/८१ को फागुन महिनामा सडक दुर्घटनाबाट ६१ जनाको मृत्यु भएको तर यस वर्षको फागुन महिनामा ३९ मात्र रहेको जानकारी गराएको हो। सोही तथ्याङ्क अनुसार २०८० को फागुनमा यस वर्षको फागुन महिनाको तुलनामा २२ जना सडक दुर्घटनाबाट ज्यान गुमाउनेको संख्या बढी रहेको थियो । सोही महिनामा गत वर्षको तुलनामा चालू वर्षको फागुन महिनामा सडक दुर्घटनामा घाइतेको संख्या बढी भएतापनि मृत्युदर घटेको बताएको छ।

ट्राफिक प्रहरीले आफ्नो कार्यालयले सडकमा सवारीलाई विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै आएको जनाएको छ। साथै उत्कृष्ट चालकहरुलाई सम्मान पनि गरेको छ। प्रहरीले सवारीचालक हरुलाई स्वास्थ्य परीक्षण पनि गरेको छ। जसमध्ये मधुमेह ,उच्चरक्तचाप, आँखामा ,कानमा समस्या जस्ता तथ्यहरु संकलन गरेको छ। सुझाव सल्लाह दिई सुरक्षित यात्राको लागि प्रशिक्षण पनि गर्दै आएको छ। ट्राफिक प्रहरी बुटवलले डिजिटल माध्यमबाट जरिवाना भुक्तानी गर्ने व्यवस्थाको विस्तार गरिरहेको छ। साथै प्रहरीको सक्रियतामा कारबाही र राजस्व संकलनको मात्रा बढेको विवरण सार्वजनिक गरेको छ। सक्रिय रूपमा जनचेतना विस्तार गर्दा लाभन्वित हुनेको संख्या तीव्र गतिमा बढेको जनाएको छ।

जनशक्ति जसमध्ये प्रहरीको संख्या ,व्यवस्थापन गर्न आवश्यक आर्थिक व्यवस्थापन र प्रविधि उपकरणहरू आवश्यकता अनुसार परिचालन गर्न सकेमा सडक दुर्घटना न्यूनीकरण गर्न सकिने प्रहरी उपरीक्षक तथा ट्राफिक कार्यालय बुटवलका प्रमुख श्याम बहादुर खत्रीले जानकारी दिए।

आफूहरुले सेवा प्रवाहलाई थप प्रभावकारी बनाई सडक दुर्घटना कमगर्ने योजना रहेको प्रहरी नायव उपरीक्षक तथा बुटवल प्रहरी कार्यालयका सूचना अधिकारी मधुसुदन न्यौपानेले जानकारी दिए।

छुटाउनुभयो कि ?

६० प्रकारका औषधिको मूल्य समायोजन प्रस्ताव

६० प्रकारका औषधिको मूल्य समायोजन प्रस्ताव

काठमाडौंक्यान्सर तथा अन्य अत्यावश्यक औषधिको अभाव न्यूनीकरण गर्ने उद्देश्यले औषधि व्यवस्था विभागले ती औषधिको मूल्य समायोजन प्र...
नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत विराटनगर आयो कार्गो रेल, उद्योगलाई ढुवानीमा राहत

नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत विराटनगर आयो कार्गो रेल, उद्योगलाई ढुवानीमा राहत

काठमाडौंतेस्रो मुलुकबाट आयात हुने औद्योगिक कच्चा पदार्थ अब भारतीय बन्दरगाह कोलकाताबाट सिधै विराटनगरसम्म रेलमार्फत आउन थालेको ...
बजेट कार्यान्वयन मार्गदर्शन : विनियोजित बजेट फागुनसम्म खर्च गर्नुपर्ने

बजेट कार्यान्वयन मार्गदर्शन : विनियोजित बजेट फागुनसम्म खर्च गर्नुपर्ने

काठमाडौंचालु आर्थिक वर्ष विनियोजित बजेट आगामी फागुनसम्म खर्च गरिसक्नुपर्ने भएको छ । अर्थ मन्त्रालयले चालु आव २०८३/८४ को बज...
गैरकानूनी व्यापार गर्नेलाई कारबाहीको दायरामा ल्याउने विभागको चेतावनी

गैरकानूनी व्यापार गर्नेलाई कारबाहीको दायरामा ल्याउने विभागको चेतावनी

काठमाडौँबजारमा लेबल नभएका, न्यून गुणस्तर भएका, मिसावटयुक्त तथा चोरी पैठारी गरिएका सामानहरू बिक्री वितरण भइरहेको भन्दै सरकारले...