मेडिटेक हस्पिटलको सहयोगमा दुरदर्शी सहकारीले गर्‍यो सहकारी दिवसमा निःशुल्क स्वास्थ्य शिविर


बुटवल

दूरदर्शी महिला कृषि सहकारी संस्था लिमिटेड वुटवलले ६८ औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा मेडिटेक हस्पिटल बुटवलको प्राविधिक सहयोगमा १ दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।

शनिबार बुटवलको वडा नम्बर ११ बुद्धनगर मा रहेको सहरी स्वास्थ्य केन्द्रमा शिविर सञ्चालन भएको हो। उक्त स्वास्थ्य शिविरले सहकारीका सदस्य तथा स्थानीयलाई स्वास्थ्य परीक्षण गर्ने र रोग लुकाउँदा पछि बढी जोखिम हुन्छ भन्ने प्रशिक्षणका गराउनका लागि स्वास्थ्य शिविरको आयोजना गरिएको हो।

करिब २ हजार महिला मात्र सदस्य रहेको दूरदर्शी महिला तथा कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष मीनाकुमारी कार्कीको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा बोल्दै जिल्ला सहकारी संघ रुपन्देहीका अध्यक्ष भिम तुलाचनले सहकारीको योजनानै सदस्य लगायत सबै नागरिकलाई आर्थिक रुपमा, सामाजिक रुपमा र स्वास्थ्यको हिसाबले अब्बल बनाउने रहेको हुनाले राष्ट्रिय सहकारी दिवसको अवसर पारेर दूरदर्शी सहकारीले आफ्ना सदस्यहरु र स्थानीयवासीलाई निःशुल्क स्वास्थ्य परीक्षण गर्ने काम उदाहरणीय भएको बताए। तुलाचनले प्राविधिक सहयोग गरी निःशुल्क स्वास्थ्य परीक्षण गर्ने हस्पिटलकाे काम उदाहरणिय रहेको बताए । साथै उनले सहकारीले स्थापना दिवसका अवसरमा राष्ट्रव्यापी सेवा र सृजनशीलताका काम गरिरहेको बताए।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगर वडा नम्बर ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले स्वास्थ्यमा सचेत भई समय समयमा कुनै रोग नदेखेता पनि स्वास्थ्य परीक्षण गर्नु अनिवार्य रहेको बताए। नियमित स्वास्थ्य चेक जाँच गरेमा पछि आउने ठूलाठूला रोग र पैसा बचत हुने धारणा राखे। उनले हस्पिटलले सहकारीको सहभागितामा सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्नु उत्कृष्ट रहेको बताए।

हस्पिटलका निर्देशक एवं स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर सतिश रुपाखेतीले स्वास्थ्य परीक्षण गर्दा सामान्य देखिए सामान्य उपचारबाट समाधान हुने र केही रोग देखिएमा उपचारका लागि आफ्नो हस्पिटल गएमा विशेष सुविधा उपलब्ध गराउने जानकारी गराए।

मेडिटेक हस्पिटलका प्रशासन प्रमुख कृष्णप्रसाद ज्ञवालीले विगत १५ वर्षदेखि बुटवलमा सेवा दिइरहेको हस्पिटलले उक्त शिविरमा सेवाग्राहीहरुलाई प्राथमिक उपचार र औषधि वितरण गर्ने र उक्त सहकारीका सदस्यहरू आफ्नाे हस्पिटलमा उपचार गर्न जाँदा ल्याब परीक्षणमा २५ प्रतिशत, बेड चार्ज र औषधिमा २०प्रतिशत, भिडियो एक्सरे, अपरेसनमा १०प्रतिशत छुटको व्यवस्था हस्पिटलले गराउने जानकारी दिए। सहकारीका सञ्चालक अन्जु थापाको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन सहकारी संस्थाका सचिव सुमित्रा बरालको रहेको थियो।

छुटाउनुभयो कि ?

भोटेकोशी र त्रिशूलीमा अहिलेलाई बाढीको जोखिम छैन : बाढी पूर्वानुमान महाशाखा

भोटेकोशी र त्रिशूलीमा अहिलेलाई बाढीको जोखिम छैन : बाढी पूर्वानुमान महाशाखा

काठमाण्डौ – बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी र त्रिशूली नदीसहित आसपासका क्षेत्रमा तत्काल बाढीको जोखिम नरहेको जनाएको छ । हि...
रसुवा बाढीमा मृत्यु भएका ११ जनाको शव बुटवल ल्याइयो

रसुवा बाढीमा मृत्यु भएका ११ जनाको शव बुटवल ल्याइयो

बुटवलरसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी मृत्यु भएका ११ जनाको शव लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा ल्याइएको छ।नवलपरासीका...
भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

काठमाण्डौ — भोटेकोशी र त्रिशूली नदीको बाढीमा ज्यान गुमाउनेको संख्या ५७९ पुगेको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपत्...
लुम्बिनी प्रदेशले दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

लुम्बिनी प्रदेशले दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

बुटवललुम्बिनी प्रदेश सरकारले रसुवालगायतका जिल्लामा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवीप्...