मेडिटेक हस्पिटलको सहयोगमा दुरदर्शी सहकारीले गर्‍यो सहकारी दिवसमा निःशुल्क स्वास्थ्य शिविर


बुटवल

दूरदर्शी महिला कृषि सहकारी संस्था लिमिटेड वुटवलले ६८ औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा मेडिटेक हस्पिटल बुटवलको प्राविधिक सहयोगमा १ दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।

शनिबार बुटवलको वडा नम्बर ११ बुद्धनगर मा रहेको सहरी स्वास्थ्य केन्द्रमा शिविर सञ्चालन भएको हो। उक्त स्वास्थ्य शिविरले सहकारीका सदस्य तथा स्थानीयलाई स्वास्थ्य परीक्षण गर्ने र रोग लुकाउँदा पछि बढी जोखिम हुन्छ भन्ने प्रशिक्षणका गराउनका लागि स्वास्थ्य शिविरको आयोजना गरिएको हो।

करिब २ हजार महिला मात्र सदस्य रहेको दूरदर्शी महिला तथा कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष मीनाकुमारी कार्कीको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा बोल्दै जिल्ला सहकारी संघ रुपन्देहीका अध्यक्ष भिम तुलाचनले सहकारीको योजनानै सदस्य लगायत सबै नागरिकलाई आर्थिक रुपमा, सामाजिक रुपमा र स्वास्थ्यको हिसाबले अब्बल बनाउने रहेको हुनाले राष्ट्रिय सहकारी दिवसको अवसर पारेर दूरदर्शी सहकारीले आफ्ना सदस्यहरु र स्थानीयवासीलाई निःशुल्क स्वास्थ्य परीक्षण गर्ने काम उदाहरणीय भएको बताए। तुलाचनले प्राविधिक सहयोग गरी निःशुल्क स्वास्थ्य परीक्षण गर्ने हस्पिटलकाे काम उदाहरणिय रहेको बताए । साथै उनले सहकारीले स्थापना दिवसका अवसरमा राष्ट्रव्यापी सेवा र सृजनशीलताका काम गरिरहेको बताए।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगर वडा नम्बर ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले स्वास्थ्यमा सचेत भई समय समयमा कुनै रोग नदेखेता पनि स्वास्थ्य परीक्षण गर्नु अनिवार्य रहेको बताए। नियमित स्वास्थ्य चेक जाँच गरेमा पछि आउने ठूलाठूला रोग र पैसा बचत हुने धारणा राखे। उनले हस्पिटलले सहकारीको सहभागितामा सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्नु उत्कृष्ट रहेको बताए।

हस्पिटलका निर्देशक एवं स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर सतिश रुपाखेतीले स्वास्थ्य परीक्षण गर्दा सामान्य देखिए सामान्य उपचारबाट समाधान हुने र केही रोग देखिएमा उपचारका लागि आफ्नो हस्पिटल गएमा विशेष सुविधा उपलब्ध गराउने जानकारी गराए।

मेडिटेक हस्पिटलका प्रशासन प्रमुख कृष्णप्रसाद ज्ञवालीले विगत १५ वर्षदेखि बुटवलमा सेवा दिइरहेको हस्पिटलले उक्त शिविरमा सेवाग्राहीहरुलाई प्राथमिक उपचार र औषधि वितरण गर्ने र उक्त सहकारीका सदस्यहरू आफ्नाे हस्पिटलमा उपचार गर्न जाँदा ल्याब परीक्षणमा २५ प्रतिशत, बेड चार्ज र औषधिमा २०प्रतिशत, भिडियो एक्सरे, अपरेसनमा १०प्रतिशत छुटको व्यवस्था हस्पिटलले गराउने जानकारी दिए। सहकारीका सञ्चालक अन्जु थापाको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन सहकारी संस्थाका सचिव सुमित्रा बरालको रहेको थियो।

छुटाउनुभयो कि ?

टी–२० शृंखलामा नेपालको पहिलो जित, स्कटल्यान्ड पराजित

टी–२० शृंखलामा नेपालको पहिलो जित, स्कटल्यान्ड पराजित

काठमाडौँ नेदरल्यान्ड्स, स्कटल्यान्ड र नेपाल सम्मिलित त्रिकोणात्मक शृंखलामा नेपाल दोस्रो खेलमा दुई विकेटले विजयी भएको छ। ...
यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज (असार ४, बुधबार) को सम्भावित मौसम तथा वर्षाबारे जानकार...
अवैध सामान बोक्ने ट्रक र मोटरसाइकल प्रहरीको नियन्त्रणमा

अवैध सामान बोक्ने ट्रक र मोटरसाइकल प्रहरीको नियन्त्रणमा

बुटवल जिल्ला प्रहरी कार्यालय रुपन्देहीले चोरी तस्करी नियन्त्रण गर्न सबै प्रहरी युनिटहरूलाई सक्रिय बनाएको छ । खुल्ला सिमाना...
प्रतिनिधिसभाको बैठक बस्दै, सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने कार्यसूची

प्रतिनिधिसभाको बैठक बस्दै, सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने कार्यसूची

काठमाडौँ आज दिउँसो १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बस्दै छ । आजको बैठकमा सङ्घीय निजामती सेवा विध...