
बुटवल
होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको आयोजनामा शुक्रबारदेखि बुटवलमा ‘बुटवल खाना महोत्सव’ आयोजना हुने भएको छ ।
संघले मंसिर ११ गते शुक्रबारदेखि मंसिर १५ गतेसम्म बुटवलस्थित देवीनगर रंगशालामा महोत्सव सञ्चालन गर्न लागेको हो । महोत्सवमा सहभागी हुन आयोजकले सम्पूर्ण उद्योगी, व्यवसायी, संघसंस्था, सञ्चारकर्मी तथा आम नागरिकलाई हार्दिक निमन्त्रणा गरेको छ ।
संघले विहिवार बुटवलमा पत्रकार सम्मेन गर्दै सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।
स्थानीय खानाका परिकार, नेपाली स्वाद, संस्कृति तथा पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
महोत्सवमार्फत स्थानीय उत्पादनको प्रवद्र्धन गर्नुका साथै नेपाली खानाको पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउने लक्ष्य राखिएको छ ।
आयोजकले स्थानीय उत्पादनको प्रयोग तथा प्रवद्र्धन गर्दै नेपाली खानाको मौलिक स्वाद र पहिचानलाई संरक्षण गर्न सबैलाई महोत्सवमा सहभागी हुन आग्रह गरेको छ ।
होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष माधवकुमार खनालका अनुसार महोत्सवका स्टल निर्माण लगायतका तयारीका काम सम्पन्न भएको बताउनुभयो ।
महोत्सवमा खानाका परिकारसँगै विविध सांस्कृतिक कार्यक्रम, स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहने अध्यक्ष खनालले बताउनुभयो ।
उनका अनुसार खाना महोत्सवले बुटवलको सांस्कृतिक पहिचान उजागर गर्नुका साथै आन्तरिक पर्यटन प्रवद्र्धनमा समेत महत्वपूर्ण योगदान पु¥याउनेछ । स्थानीय खानाका परिकारको प्रवद्र्धन, कला–संस्कृतिको संरक्षण तथा पर्यटन प्रवद्र्धन प्रमुख उद्देश्य रहेको संघले जनाएको छ ।
महोत्सवमा करिब ६० वटा खाना स्टल रहनेछन् ।