शिक्षकहरू सरकारमाथि विश्वास गरेर प्रदर्शनमा आउनुभयो: प्रधानमन्त्री ओली


काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरू सरकारलाई विश्वास गरेर प्रदर्शन गर्न काठमाडौं आएको बताएका छन्।

शनिबार थाइल्याण्डको औपचारिक भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्रीले विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा आवाज उठाए सरकारले सुन्छ भन्ने विश्वास राखेर शिक्षकहरू काठमाडौं आएको बताएका हुन्। 

‘नत्र पहिले पहिले प्रदर्शनमा आउनु हुन्नथ्यो। प्रदर्शन गर्‍यो गर्‍यो कानमा बतास लाग्दैन भने किन गर्ने भन्ने हुन्थ्यो। अहिले आवाज उठाएपछि सरकारले सुन्छ भन्ने उहाँहरूलाई विश्वास छ,’ उनले भने। 

उनले सानो डेलिगेशन आएको भए पनि सरकारले सम्बोधन गर्ने बताए। 

‘आइरहनुपर्ने थिएन। सानो डेलिगेशन आएको भए पनि भइहाल्थ्यो। सरकारले सुनेन कि भन्ने ‍पहिले-पहिले जस्तै ठान्नुभयो होला। अलि ठूलै जमात जानुपर्छ। यो विषय टुंगिन्छ र उहाँहरू जानुहुन्छ,’ उनले भने।

अब शिक्षकहरूको कुरा सरकारले सुन्ने प्रधानमन्त्री ओली बताए। 

‘के कति गर्न सकिन्छ। कस्तो गर्न सकिन्छ भन्ने कुरा छलफलबाट टुंगिने हो। उहाँहहरूले धेरै दुःख नपाए हुन्छ। सरकारले कुनै पनि नकारात्मक दृष्टिकोण राख्दैन,’ उनले भने। 

छुटाउनुभयो कि ?

सांसद खगेन्द्र सुनारको दाबीसहित विवादास्पद अडियो सार्वजनिक, चर्कियो आलोचना

सांसद खगेन्द्र सुनारको दाबीसहित विवादास्पद अडियो सार्वजनिक, चर्कियो आलोचना

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित रहेको दाबीसहित एक विवादास्पद अडियो सार्वजनि...
रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

बुटवललुम्बिनी प्रदेशका वन, वातावरण तथा पर्यटन मन्त्री तुल्सी प्रसाद चौधरीले स्वदेशी कच्चा पदार्थलाई महत्व दिएर उद्योग व्यवस्थ...
बडादशैं : दोस्रो दिन आज भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै

बडादशैं : दोस्रो दिन आज भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै

बुटवलनेपालीको महान चाड बडादशैंको दोस्रो दिन सोमबार देवी मन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदैछ ...
बूढीगण्डकी बाढी : ४५ घरमा पूर्ण क्षति, ८२ जनाको उद्धार,५ अझै सम्पर्क विहिन

बूढीगण्डकी बाढी : ४५ घरमा पूर्ण क्षति, ८२ जनाको उद्धार,५ अझै सम्पर्क विहिन

काठमाडौंबूढीगण्डकी बाढीका कारण ४५ घरमा पूर्ण क्षति पुगेको छ ।आइतबार बिहान लेदोसहित आएको बाढीले ४५ घरमा पूर्ण क्षति पुग्दा २७ ...