आजदेखि एसइई परीक्षा : लुम्बिनीमा १ लाख विद्यार्थी सहभागी हुँदै


बुटवल

आजदेखि माध्यमिक क्षिा परीक्षा (एसइई) सुरु हुँदै छ ।  आज बिहिवार विहान ८ बजेबाट माध्यमिक शिक्षा परीक्षा हुने भएको हो । यस वर्ष प्रदेशभर ९४ हजार ९ सय ८ परीक्षार्थी सहभागी हुनेछन् । 

परीक्षा व्यवस्थितरूपमा सञ्चालन गर्न ३४८ परीक्षा केन्द्र तोकिएको छ भने ८ हजार ६ सय कर्मचारी परिचालन गरिँदै छ। शिक्षा तथा सामाजिक विकास निर्देशनालयका निमित्त महानिर्देशक रेश्मीराज अर्यालका अनुसार परीक्षाको आवश्यक तयारी सबै पूरा भएको छ । ‘परीक्षा सञ्चालनका लागि गर्नुपर्ने सबै तयारी पूरा भएको छ’उनले भने, ‘अव विद्यार्थीहरु परीक्षा केन्द्रमा पुग्न र ढुक्क भएर जाँचमा बस्न मात्रै बाँकी छ ।’
यस वर्ष रुपन्देही मा सबैभन्दा धेरै २२ हजार ६ सय २३ परीक्षार्थीले परीक्षा दिनेछन् भने दाङ मा १४ हजार दुई सय ५४, कपिलवस्तु मा ९ हजार ४ सय ६१, बाँके मा १० हजार २ सय ७४ परीक्षार्थी सहभागी हुनेछन् । पाल्पामा ४ हजार ९ सय १०, गुल्मीमा ४ हजार ८ सय ५७, अर्घाखाँचीमा ३ हजार ४ सय ६५, रोल्पामा ४ हजार ७ सय ६५, प्युठानमा ४ हजार ९ सय ४०, बर्दियामा ७ हजार ७ सय ६२, नवलपरासी पश्चिममा ६ हजार ३ सय ९७, रुकुमपूर्वमा १ हजार २ सय परीक्षार्थी सहभागी हुँदैछन् । नियमिततर्फ ७४ हजार ५ सय ९८ परीक्षार्थी छन् भने ग्रेड वृद्धिका लागि २० हजार ३ सय १० परीक्षार्थीले परीक्षा दिनेछन् । यसैगरी, प्राविधिक धारतर्फ ३ हजार १ सय ७४ विद्यार्थीले परीक्षा दिने भएका छन् ।

परीक्षा निष्पक्ष र मर्यादित बनाउन ८ हजार ६ सय कर्मचारी परिचालन हुँदैछन् । केन्द्राध्यक्ष ३ सय ४८ जना, सहायक केन्द्राध्यक्ष ६ सय ३४, निरीक्षक ४ हजार ७ सय ५८, सहायक ९ सय ५८ र कार्यालय सहयोगि १ हजार ९ सय २ जना परिचालन हुँदैछन् । परीक्षा निष्पक्ष बनाउन शिक्षा निर्देशनालयले अनुगमन टोली परिचालन गर्ने जनाएको छ ।

मुख्यमन्त्रीको अपिलः ढुक्क भएर परीक्षा दिनुहोस्

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले एसईई परीक्षामा सहभागी सबै विद्यार्थीलाई मनोबल उच्च राख्दै ढुक्क भएर परीक्षा दिन अपिल गरेका छन्। उनले परीक्षा जीवनको एउटा महत्वपूर्ण चरण भए पनि यसको दबाब नलिई आत्मविश्वासका साथ प्रस्तुत हुन विद्यार्थीलाई आग्रह गरेका छन् । साथै, परीक्षा निष्पक्ष रूपमा सम्पन्न गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । 
मुख्यमन्त्री आचार्यले अभिभावक, शिक्षक, विद्यालय प्रशासन तथा सम्बन्धित निकायलाई परीक्षाका लागि आवश्यक वातावरण सिर्जना गर्न आह्वान गरेका छन् ।

छुटाउनुभयो कि ?

बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

काठमाडौँपछिल्लो समय परेको अविरल वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा बाढी र पहिरो आउँदा यातायात सेवा प्रभावित भएको ...
देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँहाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उ...
तिनाउमा ‘सिग्नेचर ब्रिज’का लागि ठेक्का समझौता, यस्तो हुने छ संरचना

तिनाउमा ‘सिग्नेचर ब्रिज’का लागि ठेक्का समझौता, यस्तो हुने छ संरचना

बुटवलपूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्ड विस्तार योजनाले गति लिइरहेका बेला बुटवलस्थित तिनाउ नदीमा आकर्षक त...
रसुवा बाढी अपडेट : १३४४ जनाको मृत्यु, ४८९८ जना सम्पर्कविहीन

रसुवा बाढी अपडेट : १३४४ जनाको मृत्यु, ४८९८ जना सम्पर्कविहीन

काठमाडौंरसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार ३४४ पुगेको छ । नेपाल प्रहरीले शनिबार बिहा...