अन्तर्राष्ट्रियस्तरमा द्वन्द्व अन्त्यका लागि बुद्धका सन्देश महत्त्वपूर्ण : प्रधानमन्त्री
लुम्बिनी
प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध शिक्षालाई आत्मसात गरेरै अन्तर्राष्ट्रियस्तरमा बढिरहेको द्वन्द्व अन्त्यका लागि नेपालले अनुरोध गरिरहेको बताएका छन् ।
'गत साता भारत–पाकिस्तानबीच तनाव उत्पन्न हुँदा पनि हामीले शान्ति कायम गर्न अनुरोध गर्यौँ,' उनले भने, 'हाम्रो अनुरोधपछि भारत–पाकिस्तानको लडाइँ रोकियो ।' बुद्ध शिक्षाको महत्त्व अहिले पनि व्यक्ति, परिवार र मुलुकका लागि अपरिहार्य रहेको उनले बताए । अहिले विश्वमा आम विध्वंसका हतियार निर्माण गरिनु खतरनाक भएकाले त्यसबाट उन्मुक्तिका लागि पनि विश्व शान्तिको पक्षमा लाग्नुपर्ने उनले बताए ।
प्रधानमन्त्री ओलीले हरेक वर्ष लुम्बिनीमा बुद्ध जयन्ती मनाउँदा हलको अभाव देखेपछि आफूले पहल गरेर ५ हजार जना अट्ने अन्तर्राष्ट्रियस्तरको सभाहल निर्माण गरेपनि बोलेको कसैले नसुन्ने बनेकोमा आलोचना गरे । अगाडि दर्शकले केही नसुन्ने ...








