डिजेल र मट्टितेलको घट्यो मुल्य


काठमाडौं
नेपाल आयल निगमले डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घटाएको छ । आइतबार राति १२ बजेदेखि लागू हुने गरी डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँले घटाइएको नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिका प्रसाद भट्टले बताए ।
यस्तै, आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर एक रुपैयाँले घटेको छ । पेट्रोल र एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ । यस्तै, आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर एक रुपैयाँले घटेको छ ।
इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्यअनुसार डिजेलमा प्रतिलिटर ३ रुपैयाँ ९६ पैसा, पेट्रोलमा ०.२१ पैसा र हवाई इन्धनमा एक रुपैयाँ ४८ पैसा घटेर आएपछि निगमले मूल्य समायोजन गरेको हो ।

डिजेलको मूल्य लिटरको काठमाडौं उपत्यकामा १४४ रुपैयाँ कायम गरिएको छ । अन्तर्राष्ट्रिय उडानतर्फ प्रति किलोलिटर ७ डलर घटाएको छ । उपभोक्ता वर्गको हितलाइ ध्यानमा राखी निगमले स्वचालित मूल्य प्रणालिलाई विशेष महत्वका साथ निरन्तर लागु गरिरहेको कार्यकारी निर्देशक भट्टले बताए ।

छुटाउनुभयो कि ?

बिजयादशमीको महिमा

बिजयादशमीको महिमा

श्रीराम ज्ञवालीबडादशैं नेपालीहरूको सबैभन्दा ठूलो, महत्वपूर्ण र हर्षाेल्लासका साथ मनाइने राष्ट्रिय चाड हो। आश्विन शुक्ल प्रतिप...
बडादशैँ: आज नवौँ दिन महानवमी पर्व मनाइँदै

बडादशैँ: आज नवौँ दिन महानवमी पर्व मनाइँदै

बुटवल प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ ।महानवमी...
ट्रम्पलाई मध्यावधि चुनाव जित्न कठिन हुनसक्ने, महँगी र इरान युद्धले घट्यो लोकप्रियता

ट्रम्पलाई मध्यावधि चुनाव जित्न कठिन हुनसक्ने, महँगी र इरान युद्धले घट्यो लोकप्रियता

काठमाडौंअमेरिकामा आगामी नोभेम्बर ३ मा हुने मिडटर्म (मध्यावधि) निर्वाचनले राष्ट्रपति डोनाल्ड ट्रम्पको पार्टीका लागि सङ्कट निम्...
आजको मौसम पूर्वानुमान

आजको मौसम पूर्वानुमान

बुटवलजल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने हाल को...