सोचेजति नभएको हो, देशमा केही त अवस्य हुँदैछ: मनाेज गजुरेल


बुटवल
रत्नपार्कमा ट्राफिकले ‘नमस्कार’ गर्दै गाडी रोक्नुभयो । लाईसेन्स, ब्लुबुक जाँच्नुभयो र वाकीटकीमा सोध्नुभयो- सर गाडीको कसुर ? जवाफ आयो ,लापरवाहीपुर्वक गाडी चलाएको ।मैले सोधेँ- कस्तो लापरबाही !भन्नुभयो- गाडी हाँक्दै मोबाईल चलाएको । थप्नुभयो-क्यामेरा र सादा पोशाकमा ट्राफिकहरु तपाईँलाई नियालिरहेकाछन्, जहाँ जहिले पनि कारवाहीमा पर्न सक्नुहुन्छ ।
फेरी प्रश्न गर्नुभयो- नागरिक एप चलाउनुहुन्छ ? एप देखाएपछि भन्नुभयो- अहिले जान सक्नुहुन्छ, पछि एप चेक गर्नुहोला !

म दङ्ग पर्दै हिंडेँ । तर, बेलुका नागरिक एपमा ५ सय रुपैयाँ जरिवानाको नोटिस आएको रहेछ ! कारण, लापरवाही पुर्वक गाडी चलाएको ! मैले ईसेवाबाट जरिवाना तिरेँ, खुसीसाथ मन्जुपनि खुसी भईन्, किनकी गाडी हाँक्दा मोबाईलमा बोल्ने मेरो बानीबाट उनि पनि आजीत भएकी थिईन् ।

‘लातोंका भुत बातोंसे नही मानता’ भनेको सही रहेछ ! जरिमानाले मेरो ड्राईभ एण्ड मोबाईलको खराब बानी संभवत: अब छुट्छ होला ! ट्राफिक प्रहरीले पनि सुचना र प्रविधिको प्रयोग सकारात्मक रुपमा गर्दैरहेछ ।

बैंक र ट्राफिक कार्यालय धाउने झण्झट भएन । ट्राफिक काउन्सिलिङ राम्रो भएछ । मुख्य कुरा- ट्राफिक प्रहरीबाट प्रिभिलेज पाएर म धेरै पटक दण्डबाट उम्किएको छु, जुन आफ्नैलागि दुर्घटनाको कारण बन्न सक्थ्यो ! साँच्ची भनेको, जरिवाना तिर्दा पनि करोडको मज्जा आयो ।

जे होस्, देशमा केही हुँदै नभएकोचाहीँ होईन । सोचेजति नभएको मात्र हो तर केही केही त अवस्य हुँदैछ ।

कलाकार मनाेज गजुरेलकाे फेसबुक वालबाट साभार

छुटाउनुभयो कि ?

फ्रान्समा हिंसात्मक प्रदर्शन, ऐतिहासिक नगर भवनमा आगजनी, १२ सयभन्दा बढी पक्राउ

फ्रान्समा हिंसात्मक प्रदर्शन, ऐतिहासिक नगर भवनमा आगजनी, १२ सयभन्दा बढी पक्राउ

काठमाडौंफ्रान्समा बढ्दो महँगी, जीवनयापनको लागत, विद्यालयको कमजोर अवस्था र सार्वजनिक सेवामा देखिएका समस्याविरुद्ध शनिबार भएको ...
देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौंदेशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पछिल्लो २४...
दशैंले राष्ट्रिय एकता र सद्भाव बलियो बनाउँछः मुख्यमन्त्री आचार्य

दशैंले राष्ट्रिय एकता र सद्भाव बलियो बनाउँछः मुख्यमन्त्री आचार्य

दाङलुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वडादशैंले नेपालीबीच आपसी सद्भाव, भाइचारा, राष्ट्रिय एकता र सहकार्यको भाव...
लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट पक्राउ

लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट पक्राउ

काठमाडौंलगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । उनी ललितपुरको सानेपाबाट पक्राउ परेका...