शुभ मिलन सहकारीको साधारण सभा सम्पन्न


बुटवल
बुटवलको सुख्खानगरमा रहेको शुभ मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १८औ वार्षिक साधारण सभा सम्पन्न गरेको छ।
शनिबार रूपन्देहीको योगीकुटीमा सम्पन्न साधारण सभामा बोल्दै सहकारीका पदाधिकारीहरूले शुभ मिलन हरेक हिसाबले उत्कृष्ट सहकारी रहेको धारणा राखेका छन्।

वक्ताहरुले ऋण ,लगानी ,बचत जस्ता सूचकांक हिसाबले शुभ मिलन उत्कृष्ट रहेको बताएका हुन्।

सहकारीका अध्यक्ष रुद्रप्रसाद ज्ञवालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि ७६ वर्षीय संस्थापक तथा जेष्ठ सदस्य सुरेन्द्र श्रेष्ठले स्थापनाकालदेखि ऋण ,बचत तथा लगानीमा अत्यन्तै राम्रो गरी व्यवस्थापन गरेकोले शुभ मिलन राम्रो रहेको मा गर्भ लागेकाे वताउंदै ,आगामी समयमा पनि राम्रो होस् भन्ने चाहना राखेको धारणा राखेका थिए।
वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीका अध्यक्ष रुद्रप्रसाद ज्ञवालीले शेयर पुंजि ६८ लाख १० हजार ,कुल बचत २ करोड ३१ लाख ४३ हजार ७ सय ९४ तथा कुल लगानी २ करोड १० लाख ७६ हजार ५ सय ३३ रहेकोले सानो तर उत्कृष्ट रहेको बताएका छन् ।

२सय ३६ सेयर सदस्य रहेको सहकारीले उत्कृष्ट बचतकर्ता ,उत्कृष्ट ऋणी ,उत्कृष्ट सेयरकर्ता र सदस्य वृद्धिका लागि योगदान गर्ने सेयर सदस्यहरूलाई सम्मान गर्ने गरेको बताएका छन्। सहकारीले उत्कृष्ट जिपीए ल्याउने शेयर सदस्यहरूका सन्ततिलाई सम्मान गर्ने गरेको जनाए ।
अध्यक्ष ज्ञवालीले सेयर सदस्यहरूका लागि १ लाख सम्मको दुर्घटना बीमा र मृत्यु भएमा ४ लाख बराबरको दुर्घटना मृत्यु बीमा गरी ५ लाख बराबरको रकम प्रदान गर्ने निर्णय गरेको बताएका छन्।
सुत्केरी शेयर महिला सदस्यलाई २हजार पोषण सुविधा र ५ सयको नवजात शिशुको नाममा खाता खोलिदिने व्यवस्था गरेको वताएका छन्।

कार्यक्रममा बोल्दै सहकारीका उपाध्यक्ष तथा बुटबल वडा नं ८ का वडा सदस्य हरिहर ज्ञवालीले आफू जनप्रतिनिधि भएको नाताले बुटबलका सहकारीहरूको बारेमा जानकार रहेको र शुभ मिलन सहकारी हरेक हिसाबले सानो तर उत्कृष्ट रहेको धारणा राखेका थिए ।उनले शुभ मिलनमा सेयर सदस्य बन्न चाहने व्यक्तिहरू र बचत गर्ने सेयर सदस्यहरुले निश्चिन्त भएर अगाडि बढ्न आग्रह गरे।

कार्यक्रममा लेखासुपरिवेक्षण समितिका संयोजक हरिप्रसाद ज्ञवालीले सहकारीको पारदर्शिता, सञ्चालकको निगरानी तथा सक्रियता र व्यवस्थापनले गर्दा सहकारी राम्रो रहेको धारणा राखेका थिए।
कोषाध्यक्ष अमृता कार्की पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीका सूचकाङ्क राम्रो रहेको जानकारी दिइन् भने आर्थिक प्रतिवेदन सर्वसम्मतले पारित गरेको थियो।

दिप हेल्थ क्लिनिक बुटवलले शेयर सदस्यहरु लाई निशुल्क मधुमेह तथा व्ल्डप्रेसरकाे स्वास्थ्य चेकजाँच गरेकाे थियाे।
कार्यक्रम सहकारीका सचिव श्यामप्रसाद राजभण्डारी को सञ्चालनमा सम्पन्न भएको थियो ।

छुटाउनुभयो कि ?

ढुक्क भएर मतदानमा सहभागी हुन गृहमन्त्री अर्यालको आग्रह

ढुक्क भएर मतदानमा सहभागी हुन गृहमन्त्री अर्यालको आग्रह

काठमाडौंगृहमन्त्री ओमप्रकाश अर्यालले ढुक्क भएर मतदानमा सहभागी हुन आग्रह गरेका छन् ।आम निर्वाचनको तयारीबारे जानकारी लिन ओखलढुङ...
सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै हुन् : रवि लामिछाने

सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै हुन् : रवि लामिछाने

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै भएको ब...
किन मनाइन्छ मगर दिवस ?

किन मनाइन्छ मगर दिवस ?

ललित बुढा मगरवर्तमान अवस्थालाई चित्रण गर्दा नेपाली जनता धेरै कुराले अधिकार सम्पन्न छन् । विभिन जात जाती, भाषा, धर्म, लिङ्ग आद...
भड्किला भाषणले मात्र देश बन्दैन, समस्या समाधानका लागि कानुन सुधार आवश्यक छ : गगन थापा

भड्किला भाषणले मात्र देश बन्दैन, समस्या समाधानका लागि कानुन सुधार आवश्यक छ : गगन थापा

बुटवलनेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भड्किला र उत्तेजक भाषणले मात्रै देश नबन्ने बताएका छन् । बुटवलमा शुक्रबार आयोजित...