शिक्षा

भारतविरुद्ध नेपाली महिला टिमको लगातार दोस्रो जित

भारतविरुद्ध नेपाली महिला टिमको लगातार दोस्रो जित

Breaking news 1, खेलकुद, जीवनशैली, ताजा अपडेट, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौँनेपाली महिला फुटबल टिमले भारतलाई मैत्रीपूर्ण खेलमा पराजित गरेको छ ।पाल्जोर रंगशाला, सिक्किममा सम्पन्न अनौपचारिक मैत्रीपूर्ण खेलमा नेपालले भारतलाई पेनाल्टी सुटआउटमा ३-० ले पराजित गरेको हो । यसअघि ९० मिनेटसम्मको खेलमा नेपाल र भारतले १-१ गोल गरेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो ।यसअघि सम्पन्न औपचारिक मैत्रीपूर्ण खेलमा पनि नेपालले भारतलाई २-१ गोल अन्तरले पराजित गरेको थियो । यस खेलमा दुवै देशले प्रमुख खेलाडीहरुलाई आराम दिएर दोस्रो रोजाईका खेलाडीलाई अवसर दिएका थिए । ...
विद्युत प्राधिकरणले लाइन काटेपछि रुपन्देहीका उद्योगी आन्दोलित

विद्युत प्राधिकरणले लाइन काटेपछि रुपन्देहीका उद्योगी आन्दोलित

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, विविध, शिक्षा, समाचार, समाज
रूपन्देहीरुपन्देहीका दर्जनबढी उद्योगमा विद्युत लाईन काटिएपछि उद्योगी व्यवसायीहरुले बुधबार आन्दोलनको घोषणा गरेका छन् । आफूहरुले माग नै नगरेको ट्रंकलाइनको नाममा जबरजस्ती विद्युत महशुल तिराउन खोजिएको र नतिरेपछि उद्योगको लाईट काटिएको भन्दै उद्योगीहरु आक्रोसित बनेका छन् । उनीहरुले काटिएको लाईन नजोडिएको भन्दै आन्दोलनको घोषणा गरेका छन् ।उद्योगहरुले पहिलो चरणको कार्यक्रम अन्तर्गत कार्तिक १३ गते बिहिवार धर्नामा बस्ने जानकारी दिएका छन् । बुधबार रुपन्देहीको भैरहवास्थित सिद्धार्थ उद्योग वाणिज्य संघमा बसेको उद्योगी–व्यवसायी सम्बद्ध विभिन्न संघ–संस्था, श्रमिक संगठनका प्रतिनिधि, लाईन काटिएका उद्योगका प्रतिनिधिसहितको बैठकले बिहिवार एक घण्टा धर्ना दिने निर्णय गरेको हो ।सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्र प्रसाद आचार्यले भोली बिहान ११ देखि १२ बजे नेपाल विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्र अग...
नेपाली श्रमिक लाई बन्धक बनाएर लगाइयो अनलाइन ठगीमा

नेपाली श्रमिक लाई बन्धक बनाएर लगाइयो अनलाइन ठगीमा

Breaking news 1, अपराध, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौँगत अप्रिल तेस्रो सातातिर ओमानस्थित गैरआवासीय नेपाली सोसल क्लबका अध्यक्ष सुरेश खड्कालाई काठमाडौंबाट एक महिलाले रुँदै फोन गरिन्, ‘मेरो छोरा दुई सातादेखि सम्पर्कमा छैन, खोजी गरिदिनुपर्‍यो ।’ ती महिलाका छोराले तीन महिनादेखि आफू ओमानको एक कम्पनीमा आईटी क्षेत्रमा काम गरिरहेको परिवारमा बताएका थिए । केही दिनको अवधिमै खड्कालाई आईटी क्षेत्रमा नै काम गर्ने आफन्त हराएको भन्दै अन्यबाट पनि तारन्तार फोन आउने क्रम बढ्दै गयो । पीडितले मस्कटस्थित नेपाली दूतावाससमक्ष पनि आफन्तको खोजी गरिदिन अनुनयविनय गरिरहेका थिए । ‘१०–१२ जना नै हराए भन्ने गुनासो आएपछि हामीलाई अचम्मै लाग्यो । ओमानमा यसअघि यस्तो गुनासो कहिल्यै सुनिएको थिएन,’ खड्काले भने, ‘खोज्दै जाँदा २० जना नेपाली सोहरको एक जेलमा कैदी अवस्थामा भेटिएका थिए ।’ मस्कटबाट झन्डै दुई सय किलोमिटर टाढाको सोहर क्षेत्रमा कार्यरत सोसल क्लबका केन्द्रीय...
सर्वोच्चमा बहस, अन्तरिम आदेशबारे बहस केन्द्रित गर्न न्यायाधीशहरूको आग्रह

सर्वोच्चमा बहस, अन्तरिम आदेशबारे बहस केन्द्रित गर्न न्यायाधीशहरूको आग्रह

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विविध, शिक्षा, समाचार, समाज
काठमान्डौ संवैधानिक इजलासमा रहेका न्यायाधीशहरूले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा बहसलाई अन्तरिम आदेशको विषयमा केन्द्रित गर्न आग्रह गरेका छन् । सर्वोच्च अदालतको संवैधानिक इजलासमा बुधबारसमेत उक्त मुद्दामाथि निरन्तर बहस जारी छ । आजका बहसकर्तामध्ये अधिवक्ता प्रेमराज सिलवाल र वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले आफ्नो पक्ष राखिसकेका छन् । बहसका क्रममा इजलासका न्यायाधीशहरूले कानुन व्यवसायीहरूलाई अन्तरिम आदेश जारी गर्ने विषयलाई मुख्यरूपमा स्पष्ट गर्न अनुरोध गरेका छन् ।न्यायाधीश कुमार रेग्मीले सोधेका छन्, “अन्तरिम आदेश दिएर निर्वाचन रोक्ने कुरा हो भने, त्यसले त मुलुककै कार्यसम्पादन ठप्प पार्ने होइन र ?” त्यस्तै न्यायाधीश सपना प्रधान मल्लले प्रश्न गरिन्, “अन्तरिम आदेश जारी गर्नुपर्ने कि नपर्ने ? यदि गर्नुपर्ने हो भने, कुन–कुन विषयमा आदेश दिन सकिन्छ ?”अन्य न्यायाधीशहरूले पनि यस्तै ...
प्रतिनिधिसभा विघटनविरुद्धका रिटमा सुनुवाइ आज

प्रतिनिधिसभा विघटनविरुद्धका रिटमा सुनुवाइ आज

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार
काठमाडौंप्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर परेका १६ वटा रिट निवेदनमा आजदेखि सुनुवाइ हुँदैछ ।सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार प्रधानमन्त्रीको नियुक्ति तथा संसद् विघटन बदर एवं संसद् पुनःस्थापना समेतमा उत्प्रेषण, परमादेश आदेशको माग गर्दै दायर भएका रिटमा प्रारम्भिक सुनुवाइ हुनेछ । ...
चक्रवात ‘मोन्था’ दक्षिणतर्फ सर्‍यो

चक्रवात ‘मोन्था’ दक्षिणतर्फ सर्‍यो

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौंचक्रवाती आँधी ‘मोन्था’ले मंगलबार राति आन्ध्र प्रदेशका मछलीपट्टनम र कालींगपट्टनमबीचको क्षेत्र हुँदै दक्षिणतिर रहेको काकीनाडा पार गरेको छ। भारतको मौसम विभागका अनुसार अहिले यो आँधी केही कमजोर भएको छ।यो भीषण चक्रवाती आँधी मंगलबार साँझ ७ बजे आन्ध्र प्रदेशको काकीनाडा नजिकै जमिनसँग ठोक्किएको थियो।मंगलबार साँझसम्म यो आँधीले आन्ध्र प्रदेशका धेरै क्षेत्रमा भारी वर्षा गराएको थियो।सोमबार उत्तर तटीय आन्ध्र प्रदेशमा विनाश मच्चाएपछि वर्षाको गतिविधि दक्षिण तटीय आन्ध्र प्रदेशका एसपीएसआर नेल्लोर र प्रकाशम जिल्लातर्फ सरेको भारतको मौसम विभागले जनाएको छ ।आन्ध्र प्रदेश भारतको दक्षिणपूर्वी तटमा पर्ने एउटा राज्य हो, जसको दक्षिणमा तमिलनाडु राज्य पर्छ। भारतीय मौसम विभागले गरेको संकेत अनुसार, आँधी अब तमिलनाडु वा बंगालको दक्षिणी समुद्री तट तर्फ सर्दैछ । ...
सोलुखुम्बुको लोबुचेमा हेलिकप्टर दुर्घटना, पाइलट सकुशल

सोलुखुम्बुको लोबुचेमा हेलिकप्टर दुर्घटना, पाइलट सकुशल

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार
काठमाडौंसोलुखुम्बुको लोबचेुमा हेलिकप्टर दुर्घटना भएको छ । अल्टिच्युड कम्पनीको हेलिकप्टर बुधबार बिहान सगरमाथा आधार शिविरनजिक लोबुचेमा दुर्घटना भएको हो ।हेलिकप्टर क्याप्टेन विवेक खड्काले चलाएका थिए । उद्धारका लागि गएको हेलिकप्टरमा अरु कोही यात्रु सवार थिएनन्।दुर्घटनाबारेको विवरण कम्पनी : अल्टिच्युड एयरविमान : ९एन–एएमएसक्याप्टेन : विवेक खड्कासेक्टर : लुक्ला–लोबुचे (उद्धार उडानका लागि गएको)समय : लुक्लाबाट उडान ०७:४३अपडेट : पाइलट सुरक्षित, हेलिकप्टरमा कुनै यात्रु थिएनन् । ...
प्रहरीको आन्तरिक छानबिन प्रतिवेदन : जेनजी आन्दोलनमा ४ हजार गोली र ८ हजार अश्रुग्यास प्रहार

प्रहरीको आन्तरिक छानबिन प्रतिवेदन : जेनजी आन्दोलनमा ४ हजार गोली र ८ हजार अश्रुग्यास प्रहार

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौँ२३ र २४ भदौमा प्रहरीतर्फ भएको क्षतिबारे छानबिन गर्न बनेको प्रहरी नायब महानिरीक्षक (डीआईजी) दीपक रेग्मी नेतृत्वको समितिले प्रतिवेदन बुझाएको छ ।प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङलाई बुझाएको प्रतिवेदनअनुसार, जेन-जी आन्दोलनको दुई दिनमा देशभर ४ हजार २४ ‘लाइभ एम्युनेसन’ (धातुका गोली) प्रहार भएको भेटिएको छ । प्रहरीको प्रारम्भिक प्रतिवेदनमा २ हजार ६ सय ४२ धातुका गोली प्रहार भएको उल्लेख थियो । तर, अन्तिम प्रतिवेदन तयार हुँदा देशभर झण्डै दोब्बर संख्यामा धातुको गोली प्रहार भएको पाइएको हो । ‘त्यसबेला प्रारम्भिक विवरण मात्र संकलन भएको थियो, भण्डारमा भएको गोलीगठ्ठासँग भिडाएर पूर्ण विवरण लिनै बाँकी थियो,’ समिति स्रोतले भन्यो, ‘सबै विवरण संकलन भएपछि उल्लेख गरेर प्रतिवेदन बुझाएका छौं ।’ प्रहरी उच्च स्रोतका अनुसार, प्रहरी प्रधान कार्यालयबाट खटिएको टोलीले मात्र ५५३, काठमाडौं उपत...
एमाले अध्यक्ष ओलीले अघि सारेका ६ बुँदे मार्गचित्र

एमाले अध्यक्ष ओलीले अघि सारेका ६ बुँदे मार्गचित्र

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक संकटको समाधानका लागि ६ बुँदे मार्गचित्र अघि सारेका छन्। मंगलबार एमालेनिकट मानव अधिकारवादी संस्था 'नेपाल मानव अधिकार अलायन्स' का प्रतिनिधिहरूसँगको भेटमा उनले मार्गचित्र अघि सारेको केन्द्रीय सदस्य विष्णु रिजालले बताए।रिजालका अनुसार ओलीले एमाले प्रतिनिधिसभा पुनः स्थापनाकै बटमलाइनमा रहेको र त्यसपछि आफूले नेतृत्व दाबी नगर्ने र जेनजी सहितको सर्वदलीय सरकारको पक्षमा आफू रहेको बताएका थिए। ओलीद्वारा प्रस्तुत ६ बुँदे मार्गचित्र यसप्रकार छन्ः १. असंवैधानिक रूपमा विघटित प्रतिनिधिसभा पुनः स्थापना। २. प्रतिनिधिसभाबाट तुरून्तै संविधान संशोधन गरी संसद सदस्य नरहेको व्यक्ति पनि चुनावी सरकारको प्रयोजनका लागि दलहरुको सहमतिमा राष्ट्रपतिबाट प्रधानमन्त्री नियुक्त हुन सक्ने व्यवस्था। ३. जेन–जी आन्दोलनका नाममा आफूलाई प्रधानमन्त...
मुख्यमन्त्री आचार्य र बेलायती प्रतिनिधि एन्ड्रु लङबीच भेटवार्ता, सुशासन र सहकार्यका विषयमा छलफल

मुख्यमन्त्री आचार्य र बेलायती प्रतिनिधि एन्ड्रु लङबीच भेटवार्ता, सुशासन र सहकार्यका विषयमा छलफल

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, विदेश, शिक्षा, समाचार, समाज, स्थानीय
दाङ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र बेलायती दूतावासका सुशासन तथा सामाजिक विकास विभागका प्रमुख एन्ड्रु लङबीच मंगलबार भेटवार्ता भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय देउखुरीमा भएको भेटमा प्रदेशमा सुशासन सुदृढीकरण, संघीयताको कार्यान्वयन र विकास सहकार्यका विषयमा विस्तृत छलफल भएको थियो । भेटका क्रममा मुख्यमन्त्री आचार्यले प्रदेश र स्थानीय सरकारहरूले आफ्ना निर्धारित कार्यक्रमहरू कार्यान्वयनको प्रक्रियामा अघि बढिरहेको जानकारी गराउनुभयो । उहाँले संघीयतालाई सुदृढ बनाउने र नागरिकको जीवनस्तर सुधार गर्ने दिशामा प्रदेश सरकार निरन्तर प्रयासरत रहेको बताउनुभयो । मुख्यमन्त्री आचार्यले नेपाल-बेलायतबीचको सम्बन्ध ऐतिहासिक र मित्रतापूर्ण रहेको उल्लेख गर्दै, पछिल्ला राजनीतिक परिवर्तनपछि मुलुकमा प्रत्यक्ष र अप्रत्यक्ष जटिलता देखा परेकाे र त्यसले प्रशासनिक तथा भौतिक ...