प्रहरीको आन्तरिक छानबिन प्रतिवेदन : जेनजी आन्दोलनमा ४ हजार गोली र ८ हजार अश्रुग्यास प्रहार


काठमाडौँ
२३ र २४ भदौमा प्रहरीतर्फ भएको क्षतिबारे छानबिन गर्न बनेको प्रहरी नायब महानिरीक्षक (डीआईजी) दीपक रेग्मी नेतृत्वको समितिले प्रतिवेदन बुझाएको छ ।
प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङलाई बुझाएको प्रतिवेदनअनुसार, जेन-जी आन्दोलनको दुई दिनमा देशभर ४ हजार २४ ‘लाइभ एम्युनेसन’ (धातुका गोली) प्रहार भएको भेटिएको छ ।

प्रहरीको प्रारम्भिक प्रतिवेदनमा २ हजार ६ सय ४२ धातुका गोली प्रहार भएको उल्लेख थियो । तर, अन्तिम प्रतिवेदन तयार हुँदा देशभर झण्डै दोब्बर संख्यामा धातुको गोली प्रहार भएको पाइएको हो । ‘त्यसबेला प्रारम्भिक विवरण मात्र संकलन भएको थियो, भण्डारमा भएको गोलीगठ्ठासँग भिडाएर पूर्ण विवरण लिनै बाँकी थियो,’ समिति स्रोतले भन्यो, ‘सबै विवरण संकलन भएपछि उल्लेख गरेर प्रतिवेदन बुझाएका छौं ।’

प्रहरी उच्च स्रोतका अनुसार, प्रहरी प्रधान कार्यालयबाट खटिएको टोलीले मात्र ५५३, काठमाडौं उपत्यकामा १ हजार ९९३, कोशी प्रदेशमा २९९, मधेश प्रदेशमा ६३९, बागमतीमा १६, गण्डकीमा ४४, लुम्बिनीमा १७०, कर्णालीमा २ र सुदूरपश्चिममा ३०७ धातुका गोली प्रहार भएको पाइएको छ ।
प्रतिवेदनमा उल्लेख भएअनुसार, २ दिनमा ८ हजार ६५४ अश्रुग्यास प्रहार भएको पाइएको छ । त्यसमध्ये प्रहरी प्रधान कार्यालयले मात्र १ हजार ३५७, काठमाडौं उपत्यका प्रहरी र अन्तर्गत ४ हजार ४९, कोशी प्रदेशमा ८४५, मधेशमा ३७४, बागमतीमा ७८, गण्डकीमा ३६६, लुम्बिनीमा ४४९, कर्णालीमा ४५५, सुदूरपश्चिममा ३८७ अश्रुग्यास प्रहार भएको पाइएको छ । प्रतिवेदनअनुसार, प्रहरी प्रधान कार्यालयले ५१६, काठमाडौं उपत्यकाले १ हजार ६८३, कोशीले १५१, मधेशले ६९, बागमतीले ११, गण्डकीले १७१, लुम्बिनीले २८, कर्णालीले १३६ र सुदूरपश्चिममा ११ वटा रबरको गोली प्रहार भएको थियो । प्रहरी प्रधान कार्यालय, उपत्यका र सातवटै प्रदेश गरेर २ हजार ९२० ब्ल्यांक फायरिङसमेत भएको थियो । यसरी दुई दिनमा १८ हजार ३७३ पटक फायरिङ भएको पाइएको छ ।

छुटाउनुभयो कि ?

ढुक्क भएर मतदानमा सहभागी हुन गृहमन्त्री अर्यालको आग्रह

ढुक्क भएर मतदानमा सहभागी हुन गृहमन्त्री अर्यालको आग्रह

काठमाडौंगृहमन्त्री ओमप्रकाश अर्यालले ढुक्क भएर मतदानमा सहभागी हुन आग्रह गरेका छन् ।आम निर्वाचनको तयारीबारे जानकारी लिन ओखलढुङ...
सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै हुन् : रवि लामिछाने

सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै हुन् : रवि लामिछाने

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै भएको ब...
किन मनाइन्छ मगर दिवस ?

किन मनाइन्छ मगर दिवस ?

ललित बुढा मगरवर्तमान अवस्थालाई चित्रण गर्दा नेपाली जनता धेरै कुराले अधिकार सम्पन्न छन् । विभिन जात जाती, भाषा, धर्म, लिङ्ग आद...
भड्किला भाषणले मात्र देश बन्दैन, समस्या समाधानका लागि कानुन सुधार आवश्यक छ : गगन थापा

भड्किला भाषणले मात्र देश बन्दैन, समस्या समाधानका लागि कानुन सुधार आवश्यक छ : गगन थापा

बुटवलनेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भड्किला र उत्तेजक भाषणले मात्रै देश नबन्ने बताएका छन् । बुटवलमा शुक्रबार आयोजित...