चक्रवात ‘मोन्था’ दक्षिणतर्फ सर्‍यो


काठमाडौं
चक्रवाती आँधी ‘मोन्था’ले मंगलबार राति आन्ध्र प्रदेशका मछलीपट्टनम र कालींगपट्टनमबीचको क्षेत्र हुँदै दक्षिणतिर रहेको काकीनाडा पार गरेको छ।

भारतको मौसम विभागका अनुसार अहिले यो आँधी केही कमजोर भएको छ।
यो भीषण चक्रवाती आँधी मंगलबार साँझ ७ बजे आन्ध्र प्रदेशको काकीनाडा नजिकै जमिनसँग ठोक्किएको थियो।
मंगलबार साँझसम्म यो आँधीले आन्ध्र प्रदेशका धेरै क्षेत्रमा भारी वर्षा गराएको थियो।
सोमबार उत्तर तटीय आन्ध्र प्रदेशमा विनाश मच्चाएपछि वर्षाको गतिविधि दक्षिण तटीय आन्ध्र प्रदेशका एसपीएसआर नेल्लोर र प्रकाशम जिल्लातर्फ सरेको भारतको मौसम विभागले जनाएको छ ।
आन्ध्र प्रदेश भारतको दक्षिणपूर्वी तटमा पर्ने एउटा राज्य हो, जसको दक्षिणमा तमिलनाडु राज्य पर्छ। भारतीय मौसम विभागले गरेको संकेत अनुसार, आँधी अब तमिलनाडु वा बंगालको दक्षिणी समुद्री तट तर्फ सर्दैछ ।

छुटाउनुभयो कि ?

४ मन्त्रीले दिए राजीनामा

४ मन्त्रीले दिए राजीनामा

काठमाडौंमधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । शुक्रबार एमालेबाट सरकारमा सहभागी ४ मन्त्रीले एकैपटक राजीनामा दिएका हुन...
बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बुटवल बडादसैँअन्तर्गत नवरात्रको छैटौँ दिन आज शुक्रबार नवदुर्गामध्येकी छैटौँ स्वरूप कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै ...
विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

बुटवलसार्वजनिक व्यक्तिको विवादास्पद अडियो बाहिरिएपछि त्यसलाई 'एआईले बनाएको' भन्दै खण्डन गर्ने प्रवृत्ति बढ्दो छ । अर्कातिर, ए...
महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...