एमाले अध्यक्ष ओलीले अघि सारेका ६ बुँदे मार्गचित्र



काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक संकटको समाधानका लागि ६ बुँदे मार्गचित्र अघि सारेका छन्।

मंगलबार एमालेनिकट मानव अधिकारवादी संस्था ‘नेपाल मानव अधिकार अलायन्स’ का प्रतिनिधिहरूसँगको भेटमा उनले मार्गचित्र अघि सारेको केन्द्रीय सदस्य विष्णु रिजालले बताए।
रिजालका अनुसार ओलीले एमाले प्रतिनिधिसभा पुनः स्थापनाकै बटमलाइनमा रहेको र त्यसपछि आफूले नेतृत्व दाबी नगर्ने र जेनजी सहितको सर्वदलीय सरकारको पक्षमा आफू रहेको बताएका थिए।

ओलीद्वारा प्रस्तुत ६ बुँदे मार्गचित्र यसप्रकार छन्ः

१. असंवैधानिक रूपमा विघटित प्रतिनिधिसभा पुनः स्थापना।

२. प्रतिनिधिसभाबाट तुरून्तै संविधान संशोधन गरी संसद सदस्य नरहेको व्यक्ति पनि चुनावी सरकारको प्रयोजनका लागि दलहरुको सहमतिमा राष्ट्रपतिबाट प्रधानमन्त्री नियुक्त हुन सक्ने व्यवस्था।

३. जेन–जी आन्दोलनका नाममा आफूलाई प्रधानमन्त्रीबाट हटाइए पनि थप तिक्तता बढ्न नदिन आफूद्वारा पुनः प्रधानमन्त्रीको दाबी नगरिने स्पष्ट।

४. जेन–जीसहितको सहभागितामा सर्वदलीय/सर्वपक्षीय सरकार गठन।

५. उक्त सरकारद्वारा तीन महिनाभित्र निर्वाचन। त्यसो गर्दा फागुन २१ कै घोषित मितिमा नयाँ प्रतिनिधिसभाको निर्वाचन गर्न सम्भव।

६. संविधान र लोकतन्त्रलाई लिकमा ल्याउन यी सबै कामको सुनिश्चितताका लागि राजनीतिक दलहरूबीच अग्रिम सहमति निर्माण

।

छुटाउनुभयो कि ?

४ मन्त्रीले दिए राजीनामा

४ मन्त्रीले दिए राजीनामा

काठमाडौंमधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । शुक्रबार एमालेबाट सरकारमा सहभागी ४ मन्त्रीले एकैपटक राजीनामा दिएका हुन...
बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बुटवल बडादसैँअन्तर्गत नवरात्रको छैटौँ दिन आज शुक्रबार नवदुर्गामध्येकी छैटौँ स्वरूप कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै ...
विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

बुटवलसार्वजनिक व्यक्तिको विवादास्पद अडियो बाहिरिएपछि त्यसलाई 'एआईले बनाएको' भन्दै खण्डन गर्ने प्रवृत्ति बढ्दो छ । अर्कातिर, ए...
महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...