तिलोत्तमा डिङ्गनगरमा ‘आहा रेष्टुरेन्ट एण्ड क्याफे’ सञ्चालनमा



रुपन्देही
रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ डिङ्गनगर विष्णुपुरमा ‘आहा रेष्टुरेन्ट एण्ड क्याफे’ सञ्चालनमा आएको छ । लामो समयदेखि होटल तथा रेष्टुरेन्ट व्यवसायमा आबद्ध रामबहादुर न्यौपानेले नयाँ व्यवस्थापन र थप सुविधासहित रेष्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् ।

शुक्रबार एक कार्यक्रमका बीच रेष्टुरेन्टको उद्घाटन गर्दै तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणले मुलुकको अर्थतन्त्र चलायमान बनाउन होटल तथा रेष्टुरेन्ट व्यवसायको महत्वपूर्ण भूमिका रहेको बताए । ‘होटल व्यवसायमा हजारौँ युवाले रोजगारी पाएका छन्,’ उनले भने, ‘यस क्षेत्रको विकासले रोजगारी सिर्जनासँगै स्थानीय अर्थतन्त्रलाई समेत चलायमान बनाउन सहयोग गरेको छ ।’
नगरप्रमुख खाणले होटल तथा रेष्टुरेन्ट व्यवसायलाई २४ सै घण्टा सञ्चालन गर्न सकिने वातावरण बनाउनुपर्नेमा जोड दिए । ग्राहकलाई अनावश्यक दुःख दिने गरी होटल तथा रेष्टुरेन्टमा प्रहरीबाट छापा मार्ने प्रवृत्ति अन्त्य हुनुपर्ने उनको भनाइ थियो । तिलोत्तमा नगरपालिका होटल तथा रेष्टुरेन्टसहित समग्र पर्यटन व्यवसायीको साथमा रहेको बताउँदै प्रमुख खाणले व्यवसाय प्रवद्र्धनका लागि आगामी दिनमा पनि नगरपालिकाबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।

तिलोत्तमा क्षेत्रमा पछिल्लो समय बढ्दै गएको सहरीकरणसँगै खानपिन तथा मनोरञ्जनका लागि नयाँ गन्तव्यको माग बढिरहेको अवस्थामा गुणस्तरीय सेवा दिने उद्देश्यले रेष्टुरेन्ट सञ्चालनमा ल्याइएको सञ्चालक न्यौपानेले बताए । ग्राहकको आवश्यकता र सुविधालाई प्राथमिकतामा राखेर सेवा प्रदान गर्ने उनले बताए । ‘होटल व्यवसायमा लामो समयको अनुभव छ । त्यही अनुभवलाई नयाँ अवधारणा र व्यवस्थापनसँग जोडेर ग्राहकलाई गुणस्तरीय सेवा दिने उद्देश्यले रेष्टुरेन्ट सञ्चालनमा ल्याएका हौँ,’ सञ्चालक न्यौपानेले भने, ‘ग्राहकको सन्तुष्टिलाई पहिलो प्राथमिकतामा राखेर स्वादिलो रैथाने खाना, राम्रो वातावरण र सहज सेवा प्रदान गर्ने हाम्रो प्रयास हुनेछ ।’

एक कठ्ठा क्षेत्रफलमा निर्माण गरिएको रेष्टुरेन्टमा खानाका परिकारमा विविधता, ग्राहकको सुविधा र आवश्यकतालाई ध्यानमा राख्दै विभिन्न संरचना तथा सेवा सुविधा उपलब्ध गराइएको छ । रेष्टुरेन्टमा विभिन्न कार्यक्रम आयोजना गर्न सकिने सुविधासम्पन्न हल, तीन वटा क्याविन र तीन वटा कटेजको व्यवस्था गरिएको छ ।


गाउँको रैथाने खानाका परिकारलाई प्राथमिकता दिँदै स्वाद, गुणस्तर र आतिथ्यलाई व्यवसायको मुख्य आधार बनाउने सञ्चालक न्यौपानेले बताए । रेष्टुरेन्टमा रैथाने खाना, लोकल चिकन, मटनलगायतका विभिन्न स्वादिष्ट परिकारका साथै खाजाका विभिन्न आइटम उपलब्ध छन् । ग्राहकको रुचिअनुसार खानाका परिकार छनोट गर्न सक्ने गरी मेनु तयार गरिएको सञ्चालक न्यौपानेले बताए । उनका अनुसार रेष्टुरेन्टमा खानाका परिकारको स्वाद र गुणस्तरसँगै स्वच्छता, सरसफाइ र ग्राहकको सेवामा विशेष ध्यान दिइएको छ । पारिवारिक वातावरणमा खानपिन गर्न चाहने ग्राहकदेखि साथीभाइको भेटघाट तथा विभिन्न कार्यक्रमका लागि समेत रेष्टुरेन्ट उपयुक्त हुने उनले बताए ।

रेष्टुरेन्टमा जन्मदिन, सामान्य पार्टी, पारिवारिक जमघट, बैठक तथा अन्य सामाजिक कार्यक्रम गर्न सकिने व्यवस्था गरिएको छ । कार्यक्रमका लागि छुट्टै हल तथा खुला वातावरणमा कटेजको समेत व्यवस्था भएकाले ग्राहकले आफ्नो आवश्यकता र रुचिअनुसार स्थान प्रयोग गर्न सक्नेछन् । आगामी दिनमा ग्राहकको सुझाव र मागका आधारमा सेवा तथा परिकार थप गर्दै लैजाने उनले जनाए ।

यस्तै कार्यक्रममा होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष माधवकुमार खनालले व्यवसायीले लगानी गरेअनुसारको प्रतिफल पाउन नसक्दा व्यवसायबाट पलायन हुनेक्रम बढीरहेको बताए । तिलोत्तमा क्षेत्रमा पर्यटन व्यवसायीहरूले अर्बौं लगानी गरेको बताउँदै उनले राज्यले व्यवसायीमैत्री वातावरण सिर्जना गरेर स्वदेशमै उद्यम गरी हजारौँ यूवालाई रोजगारी सिर्जना गरेका व्यवसायीहरुलाई पलायन हुनबाट रोक्नुपर्ने बताए । रूपन्देहीमा २ हजार ५ सय होटल तथा रेष्टुरेन्ट सञ्चालनमा रहेको अध्यक्ष खनालले बताए ।

होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रूपन्देहीका सल्लाहकार समुन्द्र जिसीले रेष्टुरेन्टले नाम अनुसारको स्वाद र सेवा प्रदान गरी ग्राहकको मन जित्ने विश्वास व्यक्त गरे । कार्यक्रममा संघका महासचिव केशवराज कंडेल लगायतले बोल्दै व्यवसायीक सफलताको शुभकामना व्यक्त गरे । हाल रेष्टुरेन्टमा ८ जनाले प्रत्यक्ष रोजगारी समेत पाएका छन् ।

छुटाउनुभयो कि ?

लुम्बिनीका चार सांसद जसपा नेपालको साधारण सदस्यसमेत नरहनेगरी निष्कासित

लुम्बिनीका चार सांसद जसपा नेपालको साधारण सदस्यसमेत नरहनेगरी निष्कासित

बुटवलजनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेशका ४ जना प्रदेशसभा सदस्यहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी नि...
तिलोत्तमा डिङ्गनगरमा ‘आहा रेष्टुरेन्ट एण्ड क्याफे’ सञ्चालनमा

तिलोत्तमा डिङ्गनगरमा ‘आहा रेष्टुरेन्ट एण्ड क्याफे’ सञ्चालनमा

रुपन्देहीरुपन्देहीको तिलोत्तमा नगरपालिका–३ डिङ्गनगर विष्णुपुरमा ‘आहा रेष्टुरेन्ट एण्ड क्याफे’ सञ्चालनमा आएको छ । लामो समयदेखि...
बाढीबाट सम्पर्कविहीनको संख्या ५ हजार नाघ्यो, १२ हजारभन्दा धेरैको उद्धार

बाढीबाट सम्पर्कविहीनको संख्या ५ हजार नाघ्यो, १२ हजारभन्दा धेरैको उद्धार

काठमाण्डौ — रसुवाको भोटेकोशीमा गएको १० गते आएको विनाशकारी बाढीका कारण पाँच हजार ८३ जना अझै सम्पर्कविहीन छन् । राष्ट्रिय वि...
भोटेकोशी बाढीबाट ३ खर्ब ८७ अर्बको प्रारम्भिक क्षतिको आँकलन

भोटेकोशी बाढीबाट ३ खर्ब ८७ अर्बको प्रारम्भिक क्षतिको आँकलन

काठमाडौंभोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट विभिन्न क्षेत्रमा प्रारम्भिक रूपमा ३ खर्ब ८७ अर्ब ५४ करोड रुपैयाँ बराबरको क्...