राजनीति

सरकारको पहलमा ८ हजार बचतकर्ताको पौने २ अर्व बचत रकम फिर्ता

सरकारको पहलमा ८ हजार बचतकर्ताको पौने २ अर्व बचत रकम फिर्ता

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएपछि हालसम्म ८१५५ जना सहकारीपीडितले आफ्नो बचत फिर्ता पाएका छन । भूमि व्यवस्था तथा सहकारी मन्त्री बलराम अधिकारीले संसदमा यस्तो जानकारी दिएका हुन् । मन्त्री अधिकारीले बर्तमान सरकार गठन भएदेखि फागुन २० गतेसम्म ८ हजार १५५ जना सहकारी बचतकर्ताको हिनामिना भएको रकम फिर्ता गराइएको तथ्य राखे । प्रतिनिधि सभामा सहकारी सम्बन्धी अध्यादेशमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री अधिकारीले ती बचतकर्ताको १ अर्ब ६७ करोड ७० लाख रुपैया बचत रकम फिर्ता गराइएको बताए । सरकारले सहकारी पीडितलाई केही गरेन भन्ने विपक्षीहरुको आरोपको खण्डन गर्दै मन्त्री अधिकारीले साउनदेखि फागुनसम्मको सो तथ्यांक पेश गरे । त्यस्तै ४ महिनाको बीचमा सहकारीका बचतकर्ता र सञ्चालकहरुबीच सहमति गराएर १ अर्ब १० करोड रुपैयाको हिसाब मिलान गरिएको जानकारी पनि दिए । उनका अनु...
प्रतिनिधिसभाले गर्याे  पाँचवटा अध्यादेश स्वीकार

प्रतिनिधिसभाले गर्याे पाँचवटा अध्यादेश स्वीकार

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौँ प्रतिनिधिसभाबाट पाँचवटा अध्यादेश स्वीकार भएका छन् । संघीय संसद्का दुवै सदनका हिउँदे अधिवशेनको पहिलो बैठक माघ १८ मा पेस भएका ६ मध्ये पाँचवटा अध्यादेश स्वीकार गरिएका छन् । सत्तारुढ दलभित्र नै विवाद उत्पन्न भएर राष्ट्रिय सभामा बहुमत नपुग्ने अवस्था आएपछि सरकारले एउटा अध्यादेश भने 'स्वीकार गरियोस्' भन्ने प्रस्ताव नै सदनमा राखेन ।  प्रतिनिधिसभाको बुधबारको बैठकले सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व, निजीकरण र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि अध्यादेश स्वीकार गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएका हुन् । यी अध्यादेश मन्त्रिपरिषद्को सिफारिसभा राष्ट्रपति रामचन्द्र पौडेलले गत पुस २९ मा जारी गरेका थिए । मन्त्रिपरिषद्‍बाट सँगै राष्ट्रपति कार्यालय पुगेको भूमिसम...
प्रतिनिधि सभामा ५ अध्यादेश निर्णयार्थ पेस गरिँदै : काँग्रेस, एमालेका सांसदलाई ह्वीप

प्रतिनिधि सभामा ५ अध्यादेश निर्णयार्थ पेस गरिँदै : काँग्रेस, एमालेका सांसदलाई ह्वीप

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौं प्रतिनिधि सभाको आज दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा सरकारले ल्याएको पाँच वटा अध्यादेश स्वीकृतिका लागि निर्णयार्थ पेस हुने भएको छ । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको मँगलबार सम्पन्न बैठकले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’,  र ‘निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१’ सहित पाँच वटा अध्यादेश स्वीकृतिका लागि निर्णयार्थ पेस गर्ने कार्यसूची तय गरेको छ ।    त्यसैगरी ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, र ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, ‘सुशासन प्रवर्द्धनसम्बन्धी अध्यादेश, २०८१’ स्वीकृतिका लागि निर्णयार्थ पेस गर्ने कार्यसूची त...
नेकपा रुपन्देहीद्वारा सहिद-बेपत्ता परिवारलाई सम्मान

नेकपा रुपन्देहीद्वारा सहिद-बेपत्ता परिवारलाई सम्मान

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
विनोद खनाल, बुटवल सहिद सप्ताह अन्तर्गत नेकपा रुपन्देहीले आईतवार एक कार्यक्रम गरी जनयुद्धका क्रममा रुपन्देहीबाट साहदत भएका सहिद तथा बेपत्ताका परिवारलाई सम्मान गरेको छ । २०५२ साल फागुन एक गतेदेखी सुरुभएको जनयुद्धका क्रममा रुपन्देहीबाट २०५५ साल कात्तिक २३ गते माधब घिमिरेको पहिलो साहदति भएको थियो भने एकै घरपरिवारका ६ जना सहित ७१ जनाले रुपन्देहीबाट बलिदानी गरेको नेकपा रुपन्देही सेक्रेटरी बिरन्द्र सीले बताए । सुपानेट झुल, खादा र नगद सहित सम्मान गरिएको उक्त कार्यक्रममा करिब ६० सहिदपरिवार उपस्थित भएका थिए । सो सम्मान कार्यक्रममा प्रमुख अतिथि नेकपाका पोलिटव्युरो सदस्य एवं रुपन्देही ईन्चार्ज बसन्त सीले महान सहिदहरुको बलिदानको जगमा जन्मिएको बर्तमान ब्यबस्थामा शाशन चलाउनेहरुलाई जनयुद्ध र सहिदहरुको अपमान गर्ने छुट नभएको बताए । उनले भने - "जनयुद्धको रगतको जगमा जन्मिएको ब्यबस्थामा केन्द्र, प...
काँग्रेसका शिर्ष नेताहरु रुपन्देहीमा, सभापति देउवा पनि आज आउँदै

काँग्रेसका शिर्ष नेताहरु रुपन्देहीमा, सभापति देउवा पनि आज आउँदै

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
रुपन्देही नेपाली काँग्रेसको दुई दिने प्रशक्षिण कार्यक्रमका लागि सभापति शेरबहादुर देउवा आज रुपन्देही आउँदै छन् । उनीसँगै परराष्ट्र मन्त्री तथा काँग्रेस नेतृ आरजु राणा देउवा पनि रुपन्देही आउने कार्यक्रम रहेको छ । देशभरका क्षेत्रीय सभापतिहरुको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न उनीहरु आज विहान ९ बजेको फ्लाइटमा भैरहवा आइपुग्ने कार्यक्रम रहेको काँग्रेस नेताहरुले बताएका छन् ।  प्रशिक्षण कार्यक्रमका लागि काँग्रेसका शिर्षनेताहरु आइतबार नै रुपन्देही आएर बसेका छन् । महामन्त्रीद्वय गगन कुमार थापा, विश्वप्रकाश शर्मा, उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री तथा काँग्रेस केन्द्रीय सदस्य रमेश लेखक, नेता डा शेखर कोइराला, कृष्ण सिटौला, विमलेन्द्र निधि, नेता बालकृष्ण खाँण लगायतका शिर्षतहका नेताहरु आइतबारनै रुपन्देही आएपछि काँग्रेस नेता कार्यकर्ताहरुको भेटघाट तथा चहलपहल बढेको छ । भैरहवाको पटुवा...
अध्यादेशको अनिश्चितताले संसदीय क्यालेन्डर बन्न नसक्दा क्यालेन्डरबिनै संसद्‌मा बैठक

अध्यादेशको अनिश्चितताले संसदीय क्यालेन्डर बन्न नसक्दा क्यालेन्डरबिनै संसद्‌मा बैठक

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौं अध्यादेश अगाडि बढाउने कार्यक्रमसम्बन्धी विषयको अनिश्चितताले संसदीय क्यालेन्डर बन्ने प्रक्रिया प्रभावित भएको छ । संघीय संसद् सचिवालयले प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकको प्रारम्भिक संसदीय क्यालेन्डर तयार भइसकेको छ । तर, अध्यादेश अगाडि बढाउनेसम्बन्धी कार्यक्रम कुन दिन राख्ने वा नराख्ने भन्नेमा सरकार र सत्तारुढ दलहरूले निर्णय दिन नसक्दा तयार क्यालेन्डर सार्वजनिक हुन सकेको छैन । अध्यादेशको अनिश्चितताले संसदीय क्यालेन्डर बन्न नसक्दा क्यालेन्डरबिनै संसद्‌मा बैठक बस्न थालेका छन् । आइतबार राष्ट्रिय सभाको बैठक क्यालेन्डरबिनै बस्यो । राष्ट्रिय सभाको अर्को बैठक यही फागुन २२ गतेका लागि राखिएको छ । तर, त्यसदिन के कस्ता विषय सभामा अगाडि बढ्छन् भन्ने विषय यकिन छैन ।यसअघि कुन बैठकमा के विषय अगाडि बढ्छन् भनेर क्यालेन्डरमा तय हुने गरेका थिए । यसपटक क्यालेन्डर नै बन्न नसकेको हो । ...
एमाले सचिवालय बैठक बस्दै, अध्यादेशबारे छलफल हुँदै

एमाले सचिवालय बैठक बस्दै, अध्यादेशबारे छलफल हुँदै

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौं सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक आइतबार बस्दैछ ।  दिउँसो २ बजे बस्ने बैठकमा मुख्यत: सरकारले ल्याएको अध्यादेशबारे छलफल हुनेछ । एमाले केन्द्रीय कार्यालय सचिव डा‍.भिष्म अधिकारीले अध्यादेशलगातयका विषयमा बैठकमा छलफल हुने बताए । सत्तारुढ दलकै असहयोगका कारण एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएका अध्यादेशहरु अलपत्र पर्दै आएको छ । पुस अन्तिम साता बसेको मन्त्रिपरिषद बैठकले भूमिसम्बन्धीसहित विभिन्न ६ वटा अध्यादेश ल्याएको थियो । ती अध्यादेश संसदमा दर्ता भएपनि राष्ट्रियसभामा सत्तापक्षको बहुमत नहुँदा दुवै सदनमा निर्णयार्थ पेस हुन नसकेको हो । ...
नेपालमा राजसंस्थाको पुनर्स्थापना हुनुपर्छ तर कार्यकारी अधिकार निर्वाचित प्रधानमन्त्रीलाई दिनुपर्छ : अध्यक्ष लिङ्देन

नेपालमा राजसंस्थाको पुनर्स्थापना हुनुपर्छ तर कार्यकारी अधिकार निर्वाचित प्रधानमन्त्रीलाई दिनुपर्छ : अध्यक्ष लिङ्देन

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
बुटवल  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालमा राजसंस्थाको पुनर्स्थापना हुनुपर्ने तर कार्यकारी अधिकार निर्वाचित प्रधानमन्त्रीलाई दिनुपर्ने धारणा राखेका छन्। ठुला पार्टी मिलेर बनेको सरकारले आशा जगाउने कुनै काम नगरेको बताएका छन् । राप्रपा लुम्बिनी प्रदेशले शनिबार बुटवलमा आयोजना गरेका बृहत् आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले मुलुकलाई स्थायित्व दिनका लागि भन्दै ठुला दल मिलेर बनेको सरकारको ७ महिनामा जनतामा आशा जगाउने कुनै काम गर्न नसकेको बताएका हुन् । उनले यसअघिदेखि गर्दै आएको भ्रष्टाचारलाई संस्थागत र संरक्षण गर्ने तथा पहिले गरेको भ्रष्टाचारका कारण कारबाहीमा परिन्छ की भन्दै आवश्यक कानुन बनाएर जोगिनका लागि वर्तमान गठबन्धन बनेको आरोप लगाए । सरकार बन्ने बित्तिकै ल्याएको भ्रष्टाचार निवारण ऐनमा पाँच वर्षभित्र उजुरी दिइसक्नुपर्ने व्यवस्थाले पन...
पश्चिमी वायु सक्रिय : मधेशबाहेक सबै प्रदेशमा तीन दिन पानी पर्ने सम्भावना

पश्चिमी वायु सक्रिय : मधेशबाहेक सबै प्रदेशमा तीन दिन पानी पर्ने सम्भावना

Breaking news 1, ताजा अपडेट, राजनीति, विविध, समाचार, सम्पादकिय, स्थानीय
काठमाण्डौ – आज,भोलि र पर्सि देशका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा र हिमपात हुने भएको छ । पश्चिमी वायु सक्रिय भएकाले आज बेलुकीदेखि पर्सिसम्म देशका धेरै ठाउँमा वर्षा हुने सम्भावना बढेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले पश्चिमी वायु तथा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक मात्र प्रभाव रहेकोले देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका थोरै ठाउँमा हुस्सु तथा कुहिरो लागेको छ । आज दिउँसोपछि  सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही ठाउँमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई ठाउँमा  हल्का हिमपातको सम्भावना रहेको छ । यसैगरी भोलि काठमाण्डौ उपत्यकासहित &nb...
माओवादी केन्द्रको  जागरण अभियान

माओवादी केन्द्रको जागरण अभियान

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
 झापाको केचनकवलबाट सुरु नेकपा (माओवादी केन्द्र)को हुलाकी राजमार्ग केन्द्रित तराई-मधेश जागरण अभियान मोरङ आइपुगेको छ । आज र भोलि मोरङमा कार्यक्रम हुनेछ । आज बिहान पथरी बजार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित नेताको स्वागत गर्ने कार्यक्रम छ । त्यसपछि कानेपोखरी बजारमा खाजा खाने कार्यक्रम छ, त्यहाँ भेटघाट पनि हुनेछ । बिहान ९ बजेदेखि ११ बजेसम्म कानेपोखरी – ६  को रमाइलो बजारमा जनसभा हुनेछ । रमाइलाेकाे सभापछि दिउँसो १२ बजे सुनवर्सी नगरपालिका -९ कदमगाछीमा प्रचण्डसहित नेताले कार्यकर्ताको घरमा खाना खानेछन् । त्यसक्रममा पनि भेटघाट हुनेछ । आज दिउँसो १ बजेदेखि ३ बजेसम्म हुलाकी मार्गकाे आमबाडीमा सभा हुनेछ । दिउँसो साढे ३ बजेदेखि हुलाकी मार्गकै कर्सीया बजारमा जनसभा हुनेछ । कर्सीयाकाे कार्यक्रमपछि दादरबेरीयामा प्रचण्डसहितका नेताहरु बास बस्नेछन् । भोलि विराटनगर केन्द्रित भेटघाट कार्यक्र...